भारतीय राष्ट्रपतिको जनकपुर भ्रमणमा सुरक्षा जोखिम
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_721,h_476/https://businesspati.com/wp-content/uploads/2016/10/mukharji.jpg)
काठमाडौं १४ कार्तिक ।
कात्तिक १७ गतेदेखी नेपालको भ्रमणमा रहने भारतीय राष्ट्रपतिको जनकपुर भ्रमणमा सुरक्षा चूनौति देखिएको छ ।
राष्ट्रपति प्रणव मुखर्जीको तीन दिने भ्रमणको सुरक्षा प्रवन्ध अनुगमन गर्न गृहमन्त्री विमलेन्द्र नीधि शुक्रबार सुरक्षा संगठनका प्रमुख सहितको टोली लिएर जनकपुर र पोखरा पुगेका थिए ।
स्थानीय विकास मन्त्री हितराज पाण्डे, मुख्य सचिव सोमलाल सुवेदी, नेपाल प्रहरीका आइजीपी उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रमुख दुर्जकुमार राई, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मी र नेपाल आर्मीका रथी बलदेवराज महत सहभागी टोली शनिवार दिउस काठमाडौं फर्कियो ।
बाटोको अवस्था र सांघुरो सडकका कारण पोखरा र काठमाडौंको तुलनामा जनकपुरको भ्रमणमा सुरक्षा प्रवन्ध चुनौतीपूर्ण देखिएको थियो । ग्राभेल र खाल्डाखुल्डी रहेको विमानस्थलदेखी जानकीमन्दीरसम्म पुग्ने सडक पिच भइसकेको छ ।
जनकचोकदेखी जानकीमन्दीरसम्म जाने बाटो २ सय मिटरको बाटो सांघुरै छ । मन्दीरजाने बाटो र मन्दीर नजिकैको घना बस्तीका कारण सुरक्षा प्रवन्ध थप बढाउनुपर्ने देखिएको स्रोतले जानकारी दियो । अाजकाे कान्तिपुर दैनिकमा समाचार छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया