भिकारीको के स्वाभिमान ?

लक्ष्मण गौतम

उत्तर कोरिया सानो देश छ तर बिश्व थर्काउछ किनकी उ शक्तिशाली छ । हामी भारतले नाकाबन्दी गर्दा भारतको बिकल्प खोज्न सक्दैनौ , यो २१औ सताब्दीमा सरकार जनतालाई दाउरा बेच्न थाल्छ , गाडी गुडाउने ईन्धन हुदैन , भात पकाउने ग्यास हुदैन , औषधि खान नपाएर बिरामी मर्छन , स्कुल / उधोग बन्द हुन्छन । देशमा बाढी आएर खोला थुनिदा भारत चाहिन्छ , अन्तराष्ट्रिय बिमानस्थल मा जहाज खस्दा बिमानस्थल ४ दिन बन्द हुन्छ अनि फेरी भारत नै चाहिन्छ । हामीले लगाउने लुगा देखि खाने नुन , तेल सबै बाहिरै बाट आउछ , देशमा उत्पादन केही छैन , ठुलो ब्यापार घाटा छ । देशले निर्यात गर्ने भनेको युवा शक्ति हो, देशको अर्थतन्त्र को ३५-४०% रेमिटान्स बाट चलेको छ । देशमा महिनौ देखि कालो बजारी मौलाएको छ । देशको आन्तरिक समस्या को समाधान गर्न सक्दैनौ तर छिमेकी लाई गाली गर्छौ । नेताहरु ले काम होईन भाषण गर्छन ।

आत्मसम्मान र स्वाभिमान सबैलाई प्यारो हुन्छ तर कटु सत्य दुनियाको सामुन्ने हात फैलाउने भिकारी को आत्मसम्मान हुदैन । भारत , युरोप , अमेरिका वा अन्य कुनै देशले नेपाललाई हेप्दा मेरो पनि खुन तातेर आउछ तर खुन तातेर मात्र के गर्ने हाम्रो औकात बीच चौराहा मा कचौरा समातेको भिकारी को जस्तो छ । कमजोर लाई सबैले हेप्छन तेसैले पहिले देश बनाउ अनि बिश्व थर्काउला । भोको पेट र खाली खल्ती मा स्वाभिमान बाच्दैन , हात फैलाउनेको आत्मसम्मान हुदैन । नेपालमा सम्भावना छ । कृषि , पर्यटन , हाईड्रो उर्जा , खनिज , जडिबुटी हरेक कुराले नेपाल भरिपूर्ण छ तर हामीमा देश बनाउन पर्छ भन्ने भावना-उर्जा-अठोट-राष्ट्रिय संकल्प छैन ।

हामी बिकासमा पनि राजनिती गर्छौ , हामी आफैमा विभाजित छौ , हामी जात र धर्मको आधारमा गुटबन्दी / राजनिती गर्छौ । हामीमा गलत को बिरोध गर्ने क्षमता छैन , हामी नेपाली होईन कुनै पार्टीका बफादार कार्यकर्ता हुन रुचाउछौ । हामी सबै नेपाली बन्न सिकौ , बिकासमा राजनिती नगरौ , राम्राको समर्थन र गलतको बिरोध गरौ , पार्टीको होईन देशको झण्डा छातीमा राखौ अब को १०-१५ बर्ष भित्र नेपाललाई एक बिकसित र समृद्ध राष्ट्र बनाउछ सकिन्छ तर बिकास र समृद्धि लाई केन्द्रमा राखेर सबैले राष्ट्रिय संकल्प गरौ गर्न जरुरी छ । अब नगरे कहिले गर्ने ? हामीले नगरे कसले गर्ने ?   बुटवल मणिग्राम

फेसबुकबाट तपाईको प्रतिक्रिया