भिजिट भिसाको आवरणमा महिला हरुलाई मानव तस्करी गरिदै

काठमाडौंं, फागुन २२, २०८१ । भिजिट भिसाको आवरणमा सुरक्षाकर्मी, अध्यागमन टोली र नेपाल एयरलाइन्सका कर्मचारीको मिलेमतोमा मानव तस्करी हुने गरेको विषय खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको अनुसन्धानमा यस्तो देखिएको प्रहरी स्रोतको दावी छ । भिजिट भिसामा हुने मानव तस्करी नरोकिएपछि प्रहरी प्रधान कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मानव बेचबिखन तथा अनुसन्धान ब्युरो नै केही समय खटाए पनि त्यसलाई पुर्ण रुपमा नियन्त्रण गर्न नसकिएको प्रहरी बताउँछ । विमानस्थलबाट भिजिट भिसामा दुबईमा मात्रै दैनिक २५० जनाभन्दा धेरै मानव तस्करी हुन थालेपछि ब्युरोले डेढ वर्षअघिबाटै टोली परिचालन गरे पनि अध्यागमन कर्मचारीले विरोध गरेपछि फिर्ता भएको थियो । तर, पछि अनुसन्धानमा खटिएको प्रहरीले अध्यागमनकै कर्मचारीको मिलेमतोमा भिजिट भिसामा मानव तस्करी हुने गरेको फेला पारेपछि पुनः ब्युरोको टोली परिचालन गर्न लागिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमालस्थलबाट ओमन हुदैं कुवेत, दुवई , साउदी अरेविया , कतार ,सिरिया, इराक, बहराइनमा नेपाली महिलाहरुको तस्करीको क्रम निरन्तर बढिरहेको छ । दुवई सरकारले भिजिट भाषामा कडाई गरेपछि विभिन्न नेपालका ट्राभल एजेन्सीहरुले ओमनलाई ट्रान्जिट प्वाइट बनाएर मानव तस्करी  गर्ने गरेको प्रहरीले बताएको छ । नेपालका विभिन्न एयरलाइन्स कम्पनीहरुको संलग्नतामा मानव तस्करी गर्ने गरिएको छ ।  कुवेत एयरवेज र जजिरा एयरवेजमा विशेष गरी मानव तस्कर हुने गरेको पाइएको छ  ।

काठमाण्डौंबाट कुवेत, कुवेतबाट कतारको टिकट जारि भए पनि विचमा कुवेत ट्रान्जिट भएकाले ती महिलाहरु कुवेतमै वाहिर निस्कने गरेका छन् । यसमा एयरलाइन्सको मिलेमतोमा मानव तस्करी हुने स्रोतको दावी छ । २०७३ सालबाट खाडी मुलुकमा महिलालाई घरेलु कामदारको रुपमा जान सरकारले रोके पनि दिनप्रतिदिन महिलाहरु खाडी मुलुकमा दैनिक जसो विभिन्न माध्यमबाट गैर कानुनी रुपमा तस्करीको सिकार भइरहेका छन् ।

विशेष गरेर ग्रामीण क्षेत्रका महिला एवम् किशोरीहरुलाई रोजगारीको प्रलोभनमा तस्करी गर्ने गरिएको छ ।  सरकारले भिजिट भिषामा जानको लागी ६ बुद्धे मापदण्डलाई आधार बनाएर काठमाण्डौंका विभिन्न ट्राभल एजेन्सीले महिलाहरुलाई खाडि मुलुकमा पुर्याइरहेका छन् । सरकारले जारी गरेको ६ बुदे मापदण्ड २०८० माघ १० गते देखि लागु हुने गरी भिजिट भिषा तथा पर्यटक भिषामा विदेश यात्रामा आवश्यक कागजपत्रहरु  विवरण तोकेको भए पनि त्यसलाई नै नक्कली बनाउने गरिएको छ ।

प्रहरीका अनुसार दुबईमा मात्रै कम्तीमा दैनिक २५० महिलाको तस्करी हुन्छ । जसका लागि प्रयोग हुने भिजिट भिसा हो । पहिला भिजिट भिसामा दुबई जानेका लागि प्रहरी रिपोर्ट, १२ कक्षा पास गरेको शैक्षिक प्रमाणपत्र, बैंक स्टेटमेन्ट अनिवार्य गरिएको थियो । तस्कर समूहले यस्ता कागजात नक्कली बनाएर पठाउने गरेको थियो । जसमा अध्यागमनका कर्मचारीसँग पनि सेटिङ मिलाउनुपथ्र्यो । अहिले भिजिट भिसामा जान चाहनेका लागि होटेल बुकिङ, जहाजको टिकट र भिसा भए पुग्छ । जसमा विगतमा जस्तो धेरै खर्च पनि नलाग्ने भएकाले तस्करी थप सहज भएको छ । तस्करले सहजतामा खेलेर मानव तस्करी गरिरहेका छन् ।

नेपाल सरकारले २०८० माघ १० गते देखि लागु हुने गरी गरिएको भिजिट भिषाको कार्यविधिमा टेकेर विभिन्न दलाल , विभिन्न ट्राभल एजेन्सीले मानव तस्किरी गर्नको लागी नेपाली महिलालाई खाडि मुलुकमा अबैधानिक रुपमा पठाइरहेको छ । यस ६ बुद्धे मापदण्डमा दुई तर्फी हवाई टिकट नक्कली हुने गरेको तथ्य फेला परेको छ । यसमा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलका  एयर लाइन्सका कर्मचारी हरु प्रत्यक्ष रुपमा विभिन्न ट्राभल एजेन्सीका सञ्चालक, मानव तस्कर गर्न सघाउने दलाल सगँ प्रत्यक्ष संलग्नता भई एक तर्फी मात्र हवाई टिकटमा बोडिङ पास जारी गरि महिलाहरु पठाउन संलग्न भएको र विभिन्न टार्भल एजेन्सीका सञ्चालकसगँ एक जना महिला पठाउन एयरलाइन्सका कर्मचारीले १० हजारसम्म रकम असुल्ने गरेको यसमा दुई तर्फी टिकटमा एक तर्फी टिकटमा बोडिङ पास जारी गरिने र रिटन टिकट नक्कली बनाउने गरिएको पाइएको छ ।

मापदण्डमा अनिवार्य रुपमा ५०० डलर हुने भनिएता पनि ५०० अमेरिकी डलर विना नै एलाइन्सका कर्मचारीले बोर्डिङ पास जारी गर्ने गरेको । यसमा प्रत्यक्ष रुपमा एयरलाइन्सका कर्मचारीको संलग्नता हुन सक्ने आशंकाहरु प्रशस्तै रहेका छन् । भिजिट भिषामा भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसगँ रहने भएका एकै घरका तीन पुस्ते नाता खुल्ने सम्पुर्ण प्रमाणहरु नक्कली हुने होटल बुकिङ विभिन्न अनलाईनबाट नक्कली बनाउने गरिएको छ  । यी सबै मापदण्डलाई टेकेर भिजिट भिषामा दैनिक जसो २०० जना महिलाहरुको मानव तस्कर हुने गरेको छ । यसमा अध्यागमन विभाग, गृह मन्त्रालय, विभिन्न एलाइन्स का कर्मचारी सबैको संलग्न भएको आशंका गर्ने ठाउँ प्रस्तै रहेका छन् जसमा लाई नियन्त्रण गर्ने दायित्व  गृह मन्त्रालयको छ । भिजिट भिषामा सरकारले लचिलो मापदण्ड बनाएर नेपाली महिलालाई घरेलु कामदारमा पठाइरहेको कारण विभिन्न नेपालीले हरुले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा कामदारले विभिन्न समस्या भोग्नुपरेको छ । श्रम स्विकृति लिएर पठाउनु पर्ने मा भिजिट भिषामा पठाएको ले ति महिला कति गए ? कहाँ गए ? के गर्दै छन् भन्ने यकिन तथ्याङक सरकारी निकाय सगँ नहुने भएकाले यो भिजिट भिषालाई कडाई गरी जान चाहने इच्छुक महिलालाई श्रम स्विकृती प्रदान गरी खाडी मुलुकमा महिला घरेलु कामदारमा पठाउदा सरकारसगँ एकिन तथ्याङक हुने भएकाले सो बमोजिम गर्न जरुरी छ । खाडी मुलुकमा २०७३ सालदेखि हालसम्म २ लाख नेपाली महिला घरेलु कामदारमा अवैधानिक रुपमा गएको पाइएको छ । अबैधानिक रुपमा ति महिलाहरु जादाँ सरकारसगँ यकिन तथ्याङ्क समेत छैन । यसतर्फ गृह तथा श्रम मन्त्रालयको ध्यान जान जरुरी छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया