भूकम्पको क्षति विवरणसहित जिल्ला प्रशासन कार्यालयले निकाल्यो विज्ञप्ति

काठमाडौं १६ फागुन, २०८१ । सिन्धुपाल्चोकको भोटकोशी–२ भैरवकुण्ड आसपाल भएर शुक्रबार विहान २ः५१ आएको भूकम्पको क्षतिको विरण जिल्ला प्रशासन कार्यालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ । ६.१ रेक्टरस्केलको भूकम्प आए पनि यसले अहिले सम्म कुनै पनि मानवीय क्षति नभएको विज्ञप्तिमा उल्लेख छ । भूकम्पले जोडले हल्लाएको भए पनि अनुमान गरिएजस्तो भौतिक क्षति पनि देखिँदैन । भूकम्प आउँदा आउँदै आत्तिएर भाग्ने क्रममा सिन्धुपाल्चो कारगारमा रहेका एक बन्दी घाइते भएका र उनको स्थिति सामान्य रहेको उल्लेख छ । भूकम्पका कारढा भोटेकोशी गाउँपालिका –३ दुगुनागढीमा सुख्खा पहिलो गएको छ भने इलाका प्रहरी कार्यालय गोदारीको भवन चर्किएको छ ।

यस बाहेक थप विरण संकलनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र पैहरीका सुरक्षा टोली परिचालन गरिएको जानकारी समेत जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया