भूकम्पपीडितहरु शिविरमै गलैंचा बुन्न थाले
काठमाडौँ १९ कार्तिक
पहिराले गाउँ फर्कन नसक्ने अवस्था सिर्जना भएपछि घर खर्च चलाउन भूकम्पपीडितले शिविरमै व्यवसाय सुरु गरेका छन् । भूकम्पको डेढ वर्ष बित्दा पनि सरकारले पुनर्वास व्यवस्था नगरेपछि छाप्रोमै पीडितले गलैंचा बुनेर जीवन गुजारा गर्न थालेका हुन् ।
जिल्लाको मध्य भेकका गाउँबाट आएका झन्डै ८० परिवारका महिलाले गलैंचा बुन्न थालेका हुन् ।
भूकम्पले बस्ती चिराचिरा परेपछि भागाभाग गर्दै स्थानीय बाँसखर्क भन्ने स्थानमा छाप्रो हालेर बसेको पीडितहरू घर बनाउन गाउँ फर्कन सकेका छैनन् । ‘के गर्नु र ? जीवन चलाउनैपर्यो,’ शिविरकी सिर्जना तामङले भनिन्, ‘गलैचा बुनेर महिनाको आठ हजारसम्म कमाउँछु ।’ सेलाङ ७ बाट विस्थापित सिर्जनाका पति मजदुरी गर्छन् ।
आम्दानीले बिहान बेलुकीको गुजारा चलाउन कठिन भएपछि उनले दुई छोरीलाई पनि गलैंचा बुन्न लागेकी छन् । उनका अनुसार गलैंचा बुन्न सिक्नेहरू पनि धेरै छन् ।आजको कान्तिपुरमा खबर छापिएको छ ।
स्थानीय चेवे गाउँकी माइली तामाङका अनुसार गलैंचा बुन्ने व्यवसाय विस्थापितको जीवन धान्ने माध्यम बनेको छ । उनी भन्छिन्, ‘सरकारले पहिरो नजाने ठाउँ देखाएन, अब केही नगरी गुजारा नचल्ने भयो ।
विदेशी प्राविधिक सहयोगमा सुदूरपश्चिमकी एक महिलाले सुरु गरेको उक्त कारखाना माइली र सिर्जना मात्र होइनन्, विस्थापित सबैजसो महिलाको आयआर्जनको थलो बनेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया