म कम्युनिष्ट नेता : समानता, न्याय र उत्पीडनको कुरा गर्छु (कविता)
नन्दलाल खरेल
म कम्युनिष्ट नेता समानता, न्याय र उत्पीडनको कुरा गर्छु,
तर असमानता, अन्याय र शोषणको बाटो अँगाल्छु ।
म कम्युनिष्ट नेता जनतावादी केन्द्रीयताको कुरा गर्छु,
तर बुर्जुवा लोकतन्त्रीक पद्धतिको अनशुण गर्छु ।
म कम्युनिष्ट नेता श्रमजिवि जनताको कुरा गर्छु,
तर बुर्जुवा पूँजीपतीहरुलाई हितहुने नीति बनाउछु ।
म कम्युनिष्ट नेता जनवाद, समाजवाद, साम्यवादको कुरा गर्छु,
तर व्यवहारमा सामान्तवादको चरित्र अनुशरण गर्छु ।
म कम्युनिष्ट नेता आमूल परिवर्तन कुरा गर्छु,
तर प्रतिक्रियावादी आमूल परिवर्तन कुरा गर्छु ।
म कम्युनिष्ट नेता संसदीय प्रणालीको घोर विरोध गर्छु,
तर त्यही प्रणालीकै सांसद हुन करोडौं खर्च गर्छु ।
म कम्युनिष्ट नेता लेनिनवादी संगठनको सिद्धान्त अपनाउछु,
तर व्यवहारमा निर्मम अन्तरघातको अनुशरण गर्छु ।
म कम्युनिष्ट नेता माक्र्सवाद, लेनिनवाद माओवादको कुरा गर्छु,
तर व्यवहारमा गैह्र माक्र्सवादी कृयाकलाप अपनाउछु ।
म कम्युनिष्ट नेता हरदम वर्ग संघर्षको कुरा गर्छु,
तर व्यवहारमा वर्ग समन्वयको बाटो अपनाउछु ।
म कम्युनिष्ट नेता महिला हक अधिकारको कुरा गर्छु,
तर तिनै महिलाहरुमाथि शोषण र गीद्धे दृष्टि लगाउछु ।
म कम्युनिष्ट नेता युवा नेतृत्वको कुरा गर्छु,
तर नमरुन्जेल मुख्य नेतृत्वमै रहिरहन्छु ।
म कम्युनिष्ट नेता राष्ट्रियता र जनताको कुरा गर्छु,
तर सत्तामा टिक्न अराष्ट्रिय तत्वहरुकै पाउ मोल्छु ।
म कम्युनिष्ट नेता वैज्ञानिक भूमिसुधारको कुरा गर्छु,
तर सबैभन्दा धेरै जग्गाजमिन आफू र आफन्तको नाममा राख्छु ।
प्रकासित मिति २०७८–१-
फेसबुकबाट तपाईको प्रतिक्रिया