म प्रचण्ड भएको भए प्रधानमन्त्री हुन्नथेँ-डा भट्टराई
काठमाडौं १८ भदौ ।
नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले तेस्रो दलले सरकारको नेतृत्व गर्न छाड्नु पर्ने बताएका छन् । साथै उनले सरकार बनाउने र गिराउने खेलमा दलहरु लाग्दा संविधान कार्यान्वयन नहुने खतरा रहेको बताए ।
आगामी डढे वर्षभित्र तीन वटै निर्वाचन गरेर संविधान कार्यान्वयन गर्नु पर्ने बाध्यता रहेको उनले बताए ।
पत्रकार अनिल थापाको पुस्तक ‘अविराम बाबुराम’ विमोचन कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले तीन दललाई चुनाव गराउन किन आफ्नै नेतृृत्वमा सरकार चाहियो भनेर प्रश्न गरे ।
चुनावका लागि कांग्रेस, एमाले र माओवादीलाई आफ्नै नेतृत्वमा सरकार चाहिएको भन्दै उनले भने, त्यसको अर्थ त धाँधली गरेर मात्र चुनाव जितिन्छ भनेको हो नि ।’
उनले अघि भने, ‘जसको नेतृत्वमा भएपनि हुन्छ । मिलेर जाउँ, छिटो चुनाव गरौं र संविधान संशोधन गरेर मधेसी जनजातिका मागलाई सम्बोधन गरौं पो भन्नु पर्ने हो ।’
भट्टराईले यदि आफू प्रचण्डको ठाउँमा भएको भए प्रधानमन्त्री नबन्ने बताए । धेरै वर्ष काम गरेका प्रचण्डले सम्मान नै गर्ने भन्दै उनले भने, यदि प्रचण्डको ठाउँमा म भएको भए म सत्तामा जान्नँ । यि कुरा गरौं, म समर्थन गर्छु भन्नुपथ्र्यो ।’ उनले अघि भने,’एमालेले पनि त्यसो भन्नुपथ्र्यो कि कांग्रेसले भन्नुपथ्र्यो ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया