मजाक गरिए पनि केपी ओलीका मुद्दा सही छन्: डा भट्टराई
धनगढी- १४ श्रावण
पूर्व प्रधानमन्त्री एबम नयाँ शक्ती नेपालका संयोजक बाबुराम भट्टराईले मजाक गरीए पनि आर्थिक सम्वृद्धी र विकासका लागि प्रधानमन्त्री ओलीले उठाएका मुद्दा सही भएको बताएका छन।
शुक्रवार धनगढीमा कार्यकर्ता भेलामा बोल्दै भट्टराईले सो बताएका हुन् । ‘केपी ओलीले सम्वृद्धी र विकासका लागि वोल्दा मजाकमा उडाए, उनले उठाएको सम्वृद्धी र विकासको एजेण्डा सही हो’ भट्टराईले भने। भट्टराईले आर्थिक क्रान्ती नै आवश्यक भएको उल्लेख गर्दै विकास र सम्वृद्धीका मुद्दा अघि सार्न केपी ओलीलाई सल्लाहकारहरुले राम्रो सुझाव दिएको बताए ।
८० बर्ष सम्मको संघर्षले राजनीतिक व्यवस्था मात्र परिवर्तन भएको भन्दै अवको आवश्यकता आर्थिक सम्वृद्धी र विकास नै रहेको उनको भनाई छ। ७ बर्षमा गरीवीको अन्त्य, १५ बर्षमा मध्यम स्तरको विकास र २५ बर्षमा सम्वृद्धी मुलुक बनाउने स्पष्ट मागचित्र नयाँ शक्ती पार्टीले बनाएको उनले बताए। पुराना राजनीतिक दलवाट यो सम्भव नभएकाले सर्वै पार्टीका मान्छे अटाउने गरी नयाँ बिचारका साथ नयाँ शक्ती बनाएको उनले बताए। पुजिवाद र समाजवाद दुवै बिचार पुराना भएकाले अहिलेको आवश्यकता अनुसार बाम समाजवाद बिचार अघि सारेको बताए। वाम समाजवाद अहिलेको भन्दा वैज्ञानिक अग्रगामी विचार भएको चर्चा गर्दै यो विचारले मात्र अहिलेको समस्या र जनचाहाना सम्बोधन गर्न सक्ने उनको भनाई थियो। नयाँ शक्तीका कार्यकर्ताले जनताका समस्यासँग जोडिनु पर्ने समेत सो भेलामा बताए।
फेसबुकबाट तपाईको प्रतिक्रिया