मधुमेह रोगका डा दिपेन्द्र भन्छन् “यसरी गरौ उपचार”

रिसब गौतम,काठमाडौँ

के हो मधुमेह ?

डा दिपेन्द्रका भन्छन्‘रगतमा चिनीको मात्रा बढी भयो भने त्यसले शरिरमा नकारात्मक असरहरु देखाउँछ । जसलाई मधुमेह भनिन्छ’ । मधुमेह रोग शरिरमा एउटा पेनक्रियाजग्रन्थी हुन्छ त्यसले इन्सुलिन बनाउँछ । इन्सुलीनको काम खानाखाइसकेपछी खाएको कुरा रगतमा परिणत गर्ने हुन्छ ग्लुकोजलाई युज गर्छ । इन्सुलिनको काम त्यो ग्युकोजलाई हरेक कोशिकाले इर्नजीको रुपमा लिन मद्धत गर्छ । मधुमेह भन्ने रोगमा कि त इन्सुलिन नर्मर्ली रुपमै बनिरहेको हुन्छ कि त कम बनाउँछ । त्यो आधारमा दुइप्रकारका डाइभिटिज भन्छौ हामी । पहिलोमा कि प्यानक्राजले थोरै मात्रामा इन्सुलिन बनाउँछ । या त बनाउँदै बनाउँदैन । जसले गर्दा शरीरले ग्युकोज प्रयोग गर्न सक्दैन । त्यसकारण त्यो समस्या देखा पर्दछ । दोश्रो खालको डाइभिटिजमा शरीरले इन्सुलिन बनाउँछ । तर इन्सुलिन शरीरले प्रयोग गर्न सकिरहेको हुदैन । त्यसलाई जेष्टेस्टनल डाइभिटिज भनिने उनी बताउँछन । यो विशेषगरी गर्भ अवस्थामा हुने डा दिपेन्द्र बताउँछन ।

मधुमेहभएको कसरी थाहापाउने ?

सामान्यतया धेरै तिर्खा लाग्नु, धेरै खान मन लाग्नु, पिसाव बढी लाग्नु, कमजोरी आलस्य र थकान महसुस हुनु, घाउचोट निको हुन धेरै समय लाग्नु, दृष्टि धमिलो हुने र हातगोडा पोल्ने, मान्छेमा अरु रोग नभएपनि तौल घटदै जाने लगायत लक्षण देखिए डाइभिटिज भएको हुनसक्छ ।

मधुमेह र अन्य रोगबीच सम्बन्ध
अरु रोगसँगमधुमेहको सम्बन्ध हुन्छ भन्ने हुदैन । तर डाइभिटिज रोगसँग–सँगै अरु रोगहरु पनि भए बढी नकारात्मक असर हुनसक्ने डा दिपेन्द्र बताउँछन । डाइभिजिट पुरै सञ्चो भैहाल्ने रोग नभएको पनि दिपेन्द्रले बताए । यसलाइ औषधी खाएर वा इन्सुलिन लिएर कन्ट्रोलमा राख्न सकिने उनले बताए । औषधी खाने अनि निको हुन्छ र छाड्ने भन्ने चाँही सामान्यतया हुदैन उनले भने ।

मधुमेहको उपचार पद्धती
डाइभिटिज टाइप वान र टु भन्ने छ । टाइप वान जसको इन्सुलिन नै बन्दैन । त्यसको उपचार पद्धती भनेको हामीले इन्सुलिन दिनुपर्ने डा दिपेन्द्रले बताए । टाइ टु डाइभिटिज भनेको सामान्यतया चालिस बर्ष भन्दा पछिको मान्छेलाइ लाग्ने गर्दछ । यसमा मुखबाट खाने ट्यालेट दिनुपर्छ कि इन्सुलिन दिनुप¥यो ।

मधुमेहका विरामीलाई सल्लाह
विरामीहरुलाई सुगर अथवा चिनी रोग भनेर डराउनु पर्ने र एकदमै नराम्रो असर गर्छ भन्ने जुन जनमानसमा डर फैलिएको छ । त्यो सत्य भएको डा दिपेन्द्र बताउँछन । तर यसले विस्तारै गरेर असर गर्ने उनी बताउँछन । त्यहीभएर आफुलाई लक्ष्यण देखिएको खण्डमा तुरुन्तै उपचार गराउनुपर्ने उनी बताउँछन । गोसाइकुण्ड स्वास्थ्य केन्द्रमा कार्यरत उनी सो सस्थामा आउने सबै विमारीका लागि सहज परामर्श र उपचारको लागि सदैव सहयोग गर्न तत्पर रहेको पनि जानकारी गर्दछन् ।

(गोसाइकुण्ड स्वास्थ्य केन्द्रमा कार्यरत डा दिपेन्द्र कार्कीसंगको कुराकानीमा आधारित)

फेसबुकबाट तपाईको प्रतिक्रिया