मधेसी मोर्चाको दुई घटकबीच कुटाकुट

काठमाडौं २३ जेस्ठ
तराई मधेस लोकतान्त्रिक पार्टीका सांसद जंगीलाल राय र संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष अशोककुमार यादबबीच जग्गाको कम्पाउन्ड लगाउने विषयमा झडप हुँदा चार जना घाइते भएका छन् । झडपमा परेर टाउकोमा चोट लागेका राधेश्याम रायलाई हेटौंडास्थित अस्पताल भर्ना गरिएको संघीय समाजवादी फोरमलाई जानकारी दिइएको छ । झडपमा परी बृजनन्दन राय, कपिलदेव राय र अजयकुमार यादव घाइते भएका छन् । जंगीलाल राय सर्लाही क्षेत्र नं ५ बाट तमलोपाका निर्वाचित संसाद हुन् । प्रहरीले तमलोपा सांसद रायबाट एक थान बाह्र बोर बन्दुक बरामद गरेको छ । सांसद जंगीलाल रायले सर्वोच्च अदालतले गरेको फैसलाअनुसार जग्गा छु । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया