महालक्ष्मी विकास बैंकद्वारा भूकम्पपीडितलाई १०लाख सहयोग
काठमाडौँ २३ कात्तिक २०८०-महालक्ष्मी विकास बैंकले जाजरकोट, रुकुमपश्चिम र वरपरका जिल्लाका भूकम्पपीडितहरुको सहायताका लागि दशलाख आर्थिक सहयोग प्रदान गरेको छ ।
बैंकले उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवीप्रकोप राहत उद्दार कोषमा रु. १० लाख सहयोग रकम प्रदान गरेको छ ।शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट, रुकुम पश्चिम
लगायत वरपरका जिल्लामाठूलो जनधनको क्षतिभएको छ ।महालक्ष्मी विकास बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय र प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले अर्थ मन्त्री प्रकाश शरणमहतलाई उक्त रकमबाराबरको चेक हस्तान्तरण गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया