महिलालाई धम्क्याएको आरोपमा पूर्वमन्त्री गुप्ता फेरि पक्राउ

ललितपुर २० भदौ ।

२०६८ सालमा व्यावसायी पवन संघाइलाई अपहरण गरेको आरोपमा ३ वर्ष कारागार बसेका पूर्वमन्त्री श्यामसुन्दर गुप्ता फेरि पक्राउ परेका छन् ।  गुप्तालाई ललितपुरको ताल्छिखेलबाट ललितपुर प्रहरी परिसरले सोमबार पक्राउ गरेको छ ।

महिला व्यवसायीलाई धम्क्याएर पैसा असुल गर्न खोजेको आरोपमा गुप्ता पक्राउ परेका ललितपुर परिसरका एसएसपी पिताम्बर अधिकारीका ले बताएका छन् ।

‘महिलालाई पटक-पटक धम्क्याउने र पैसा माग्ने गरेको उजुरी परेपछि हामीले गुप्तालाई पक्राउ गरेका हौं । थप अनुसन्धान भैरहेको छ,’ एसएसपी पिताम्बर अधिकारीले भने ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया