माओवादी केन्द्र ९९९ सदस्यीय बनाउने तयारी

काठमाडौं–१९ जेस्ठ

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति ९ सय ९९ सदस्यीय बन्ने भएको छ । पार्टीको संगठनसम्बन्धी प्रस्ताव तयार पार्ने जिम्मेवारी पाएको कार्यदलले महाधिवेशन आयोजक समिति बढाउने प्रस्ताव पार्टी हेडक्वार्टरलाई गरेको हो । पार्टी महाधिवेशन आयोजक समिति जम्बो बनाउनुपर्नाको कारण र परिस्थितिसमेतको व्याख्या गर्दै आयोजक समितिमा समेटिने नेताहरूको नामावली समाविष्ट गरेर कार्यदलले प्रतिवेदन बुझाएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवास लाजिम्पाटमा मंगलबार साँझ बसेको बैठकमा कार्यदलका तर्फबाट संयोजक वर्षमान पुन अनन्तले त्यस्तो प्रतिवेदन बुझाएका हुन् । माओवादी केन्द्रको यसअघि आयोजक समिति ६ सय ९९ सदस्यीय बनाउने निर्णय भएको थियो । जसमध्ये ५ सय ९९ सदस्य पहिले नै तोकिए पनि १ सय सदस्य पछि थप गर्ने बताइएको थियो । अहिले कार्यदलले रिक्त एक सयसहित चार सयको नामावली पार्टी हेडक्वार्टरमा प्रस्ताव गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया