माओवादी केन्द्रमा ९ सय ९९ जनाको केन्द्रीय समिति बन्दै

काठमाडौँ १८ जेष्ठ
माओवादी केन्द्रको संगठनात्मक विधि र नेतृत्व टुंगो लगाउन गठित कार्यदलले थप ३ सय केन्द्रीय सदस्यको नामावली अध्यक्ष पुष्पकमल दाहाललाई बुझाएको छ । कान्तिपुर दैनिकमा समाचार छ।
वर्षमान पुनको नेतृत्वमा गठित १३ सदस्यीय कार्यदलले तयार पारेको सूची सोमबार साझ दाहाललाई बुझाएको हो । उक्त सूचीबारे दुई दिनभित्र हेडक्वार्टरले अन्तिम निर्णय गर्ने पुनले बताए ।
६ सय ९९ केन्द्रीय सदस्य रहेको केन्द्रीय समितिमा कार्यदलको सिफारिसबमोजिम सदस्य थपिएपछि केन्द्रीय समिति ९ सय ९९ जनाको बन्नेछ । कार्यदलले थपेका ३ सयमध्ये अधिकांश एमाओवादी पक्षका रहेको स्रोतले बतायो । नामावलीको अन्तिम टुंगो लगाउने क्रममा कार्यदल सदस्यबीच सामान्य विवाद समेत भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया