माछापुच्छे्को रियल टाइममानै खाता खोल्न मिल्ने थप २ शाखा रहित बैकिङ्ग सेवा

बिजनेसपाटी १७ कार्तिक
माछापुच्छ«े बैंक लिमिटेडले कार्तिक १५ गते दाङ स्थित गढवा गाउँपालिका वडा नं १ कालाकाँटे र लमही नगरपालिका वडा नं ८ सतबरीया गरी २ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ ।
बैंकले यूकेएड सक्षमसँगको सहकार्यमा उतm स्थानहरुमा २ शाखा रहित बैकिङ्ग सेवा सुचारु गरेको हो । यो सहित माछापुच्छ«े बैंक लिमिटेडको हालसम्म ६ शाखा रहित बैकिङ्ग सेवा सुचारु भईसकेको छ । ग्राहक सेवा केन्द«को रुपमा संचालित उतm शाखा रहित सेवा केन्द«हरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।
यूकेएड सक्षमको सहकार्यमा बैंकले २० वटा ग्राहक सेवा केन्द«हरु स्थापना गर्ने, १४ जिल्लामा विपन्न वर्ग कर्जाहरु प्रदान गर्ने तथा वित्तीय साक्षारता अभियान संचालन गर्ने जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया