माछापुच्छ्रे बैंकको नाफामा उलेख्य बृद्दि

बिजनेसपाटी २८ कार्तिक

माछापुच्छ्रे बैंकले चालु आबको असोजसम्म २४ करोड ६९ लाख रुपैयाँ खुद नाफा गरेको छ ।  यसै अवधिमा बैंकले गत बर्ष १७ करोड ३१ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले ४४ अर्ब ७० करोड रुपैयाँको निक्षेपलाई ५८ अर्ब १३ करोड रुपैयाँ पुर्याएको छ भने कुल कर्जा लगानी ४९ अर्ब ८७ करोड रुपैयाँ गरेको छ।  यसै अवधिमा अघिल्लो बर्ष बैंकको कर्जा ३६ अर्ब ९६ करोड रुपैयाँ मात्र थियो । कर्जा विस्तारका कारण खुद ब्याज आम्दानी ५३ करोड ५२ लाख रुपैयाँ पुगेको छ। अहिले ४ अर्ब ६६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको प्रति सेयर आम्दानी २१ रुपैयाँ हाराहारी छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया