माछापुच्छ्रे बैंकको परासी शाखा संचालनमा

बिजनेसपाटी ११ जेस्ठ

माछापुच्छ्रे बैंक लिमिटेडले बैंकको परासी शाखालाई महेशपुरचोक, परासीबजार वडा नं ५ साबिकको भवनबाट दक्षिणतर्फ संगैको नयाँ भवनमा स्थानान्तरण गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष  रोशन के.सी ले गरेका हुन् ।

नयाँ सुविधासम्पन्न भवनबाट बैंकले आफ्नाग्राहकहरुलाइकर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । यसका साथै २४ घण्टा नै रकमझिक्न सकिने आफ्नै एटिएमको सुबिधा समेत उपलब्ध गराएको बताएको छ ।

रु. ६ अर्व ५९ करोड ८७ लाख चुक्ता पुंजी रहेको यस बैकले २०७३ सा लचैत्र मसान्त सम्म रु ५८ अर्व ४ करोड निक्षेप परिचालन गरी रु. ५३ अर्व ५ करोड कर्जा प्रवाह गरेको छ भने सो अबधिमा रु. १ अर्व ५१ लाख खुद मुनाफा गरेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया