माछापुच्छ्रे बैंकको १२ प्रतिशत हकप्रद साउन ५ देखि, : चुक्तापूँजी ७ अर्ब ३९ करोड पुग्ने
बिजनेसपाटी २० असार ।
लगानीकर्तालाई माछापुच्छ्रे बैंक लिमिटेडले १२ प्रतिशत हकप्रद शेयर दिने भएको छ । बैंकले सय रुपैयाँ अंकित मूल्यमा ७९ लाख १८ हजार ४४० कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो ।
जेठ १६ गतेसम्म बैंकको हकप्रदमा कायम शेयरधनीले साउन ५ गतेदेखि भदौ ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।
हकप्रद निष्काशनका लागि बैंकको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । माछापुच्छ्रे बैंकका सम्पुर्ण शाखा एवं एनएमबि क्यापिटल नागपोखरीबाट हकप्रद शेयरमा आवेदन दिन सकिने जनाइएको छ। हाल बैंकको चुक्ता पूँजी छ अर्ब ५९ करोड ८७ हजार रुपैयाँ रहेको छ । १२ प्रतिशत हकप्रद बिक्री पश्चात बैंकको चुक्तापूँजी ७ अर्ब ३९ करोड पाँच लाख ४४ हजार रुपैयाँ पुग्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया