माछापुछ्रे बैंक र एसएमए ईन्टरनेशनल बिच सम्झौता

बिजनेसपाटी २० असार ।
माछापुछ्रे बैंक लिमिटेड र हङ्गकङ्ग स्थित एस्. एम्. ए. ईन्टरनेसनल बिच छिटो, छरितो र झन्झट रहित रेमिट्यान्स सेवाको सम्झौता भएको छ । ग्राहकहरुले उक्त रेमिट्यान्स सेवा एसएमए ईन्टरनेस्नलद्वारा सञ्चालित WorkerAppz बाट लिन सक्नेछन् । WorkerAppz एउटा वेब र मोबाईल App-based पैसा ट्रान्सफर र बिल भुक्तानी गर्ने रेमिट्यान्स सेवा हो ।
WorkerAppz का संस्थापक तथा सि.इ.ओ. प्रबिन चन्दिरामनिले माछापुछ्रे बैंक लिमिटेडसँग रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता गर्न पाउनु गौरवको कुरा रहेको बताए । उनले यस सहकार्यबाट देश विदेशमा रहेका ग्राहकहरु लाभान्वित हुने बताउँदै मानिसहरुको जीवनस्तर समेत उकास्न मद्दत पु¥याउने बताए ।
यो सम्झौतासँगै यु.ए.ई., कुवेत, बहराईन्, कतार, ओमन, क्यानेडा र सुडानमा कार्यरत नेपालीहरुले छिटो, छरितो र सुलभ तरिकाले पैसा पठाउन सक्नेछन् र रेमिट मार्फत स्वदेशमा पठाएको रकम माछापुच्छ«े बैंकका सबै शाखाहरु मार्फत सहजै भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

बंैकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना ८३ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १०६ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर ९१ वटा एटीएमहरु संचालनमा रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया