माछापुछ्रे बैंकको नयाँ प्रमुख कार्यकारीमा निरज श्रेष्ठ

बिजनेसपाटी २० अशोज

माछापुछ्रे बैंकमा निरज श्रेष्ठले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका छन् । बैंक सञ्चालक समितिले श्रेष्ठलाई यहि असोज २८ गतेदेखि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवपारी दिने निर्णय गरेको हो । सन् १९८९ मा ग्रिनलेज बैंक (हालको स्टाण्डर्ड चार्टर्ड बैंक) बाट सेवा सुरु गरेका श्रेष्ठले ग्लोबल आईएमई बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत, एनआईसी एशिया बैंकमा महाप्रबन्धक तथा तत्कालिन एस फाइनान्समा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालि सकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया