‘माटो ब्राण्ड अर्ग्यानिक उत्पादनको घर हो’


मिरा रोका मगर
सञ्चालक
जिमिसा अर्ग्यानिक सप्लायर्स, सामाखुशी

तपाइले माटो ब्राण्डबाट अग्यानिक कृषिजन्य प्रोडक्टहरु लिएर काम गरिरहनु भएको छ । यो काम शुरु गर्न कसरी प्रेरणा मिल्यो ?
खासगरी कृषिमा चासो भएर नै हो । हाम्रो पृष्ठभुमी किसान परिवार हो । हाम्रो गाउँ रोल्पा हो । मेरो बुवा आमाहरु खेती किसानी नै
गर्नुहुन्छ । हामीले अहिलेसम्म पनि परम्परागत तौरतरिकाले खेती किसानी गरिरहेका छौ । त्यसलाई कसरी आधुनिकिकरण गर्ने, विशादी रहीत खेतीपातीमा कसरी जाने भन्नेमा पहिला देखि नै मेरो चासो थियो । गोल्यान गु्रपसँग एनएमबी बैकमार्फत चिनजान भयो । बैंकको अध्यक्ष पवन गोल्यान हुनुहुन्छ । उहाँहरुसँग चिनजान भयो । पवन सरले कृषिमा आधुनिक एवं व्यवसायिक ढंगले काम गर्दै आउनु भएको रहेछ । उहाँहरुले कृषिमा लगानी गरिरहेको कुरा पनि मैले थाहा पाएको थिए । मेरो घर रोल्पा भएकोले रोल्पाबाट अग्र्यानिक रुपमा उत्पादन पनि गरेर निर्यात गर्न पाए हुन्थ्यो भनेर अघि बढेकोे हौं ।

अग्र्यानिक उत्पादन गर्नु राम्रो कुरा हो । सरकारले पनि यी कुरा उठाइरहेको हुन्छ । विसादी रहीत प्रोडक्टहरु चेकजाँचको कुरा सरकारले उठाएको हो । तर, कार्यान्वयन हुन सकेन । यस्ता वस्तु उत्पादन र विक्रि वितरणका चुनौती के छन् ?
चुनौती नै छ । धेरै त शहर बजारमा चुनौतीको कुरा हो । गाउँतिर त्यो सामान्य कुरा हो । त्यसो हुँदा गाउँमा त अहिलेसम्म कहीँकतै विशादी प्रयोग हुँदैन । जस्तो कोदो, फापर, आलु, टिमुर, भटमास पुरै अग्र्यानिक हुन्छ विशेषगरी मेरो गाउँ रोल्पामा । तीनीहरु यहाँ ल्याउने प्रक्रियामा छु । प्रत्येक बर्षको कार्तिकदेखि मंसिरसम्म त्यो ल्याउने सिजन हुन्छ । त्यस्ता वस्तुहरु पनि माटो ब्राण्डलाई दिएर त्यसमार्फत मेरो आउटलेटमा ल्याएर विक्रि गर्ने पक्षमा छु ।
अहिले कुन–कुन प्रोडक्टहरु बेचिरहनु भएको छ । चलेका प्रोडक्टहरु ?

यो गोल्यान एग्रोकै माटो ब्राण्ड भएको हुनाले हामी त्यही ब्राण्ड अन्र्तगत रहेर प्रोडक्ट बेच्छौ । अरुको बेच्दैनांै । हामीले स्टाफहरु पनि बढाएर, यस सामाखुशी टाउन प्लानिङ क्षेत्रमा डोर टु डोर गएर मार्केटिङ गर्ने तयारीमा छौ ।

माटो ब्राण्डको उत्पादनहरु मात्रै बेच्दा उपभोक्ताहरुको आवश्यकता पुरा होला त ? उनीहरुले धेरै किसिमको आइटमहरु खोजिरहेका हुन्छन् कत्तिको मिट गर्नुहुन्छ दिनलाई ?

हाम्रो कम्पनीको खासगरी अहिले धेरै आइटम छन् । केही आइटम आएको छ । के गरिरहेको छ भने गोल्यान एग्रोले नयाँ नयाँ प्रोडक्टहरु आफै ल्याब टेष्ट गर्ने, गाउँमा परम्परागत रुपमा उहिलेदेखि पकाइरहेका चीजहरुलाई अलिकति ब्राण्डिङ गरेर, नयाँ उत्पादनलाई ब्राण्डिङ गर्न हाम्रो गाउँमा उत्पादन भएका कुरामा मसँग सहकार्य गर्दै हुनुहुन्छ । अलिकति स्याम्पलिङहरु पनि दिएका छन् । त्यसलाई नै माटो ब्राण्ड अन्र्तगत ल्याएर बेच्न खोजिरहनु भएको छ । अहिले चाँही अचार, चामल, दाल, ब्रेडहरु छन् यहाँ । तरकारी आइटम सबैजसो छ । फलफुलहरु पनि छन् ।


उपभोक्ताहरुले सस्तो चीज खोजिरहेका देखिन्छन् । विशादी रहित सामानहरु अलिकति महंगो पनि हुनसक्छ । उपभोक्ताले यसलाई कत्तिको स्वीकार गर्न सक्छ होला त ? बजार धान्न र वस्तु विक्रि गर्न कत्तिको गाह«ो र सजिलो होला त ?

खासगरी अग्र्यानिक प्रोडक्टहरुको जसले महत्व बुझछ, उसले त्यस्ता प्रोडक्ट खोज्ने हुन । किनभने हामी पनि सुरुमा जे सस्तो छ त्यही खोज्छौ । तर सस्तो र विशादीयुक्त वस्तुको दिर्घकालिन असर कस्तो हुन्छ त्यो थाहा पाएपछि मान्छेले अग्र्यानिक उत्पादन खोज्छन् । अलिकति उमेर बढ्दै गएपछि, स्वास्थ्यमा पनि समस्या आउन थालेपछि मान्छेले यस्ता वस्तुहरु खोज्ने गरेका छन् । तर भर्खर सुरु गरेका हुनाले यस ब्यवसायको अनुभव भएको छैन । राम्रै होला भन्ने लागेको छ ।
तपाइले जस्तो एनएमबी बैकसँग जोडिएको कुरा गर्नुभयो । तपाइले सुरु गर्नु भएको यस ब्यवसायमा एनएमबी बैकले पनि लगानी गरेको छ कि । केही सुविधा पाउनु भएको छकि ?
एनएमबी बैकको लगानी छैन । एनएमबी बैकको अध्यक्ष नै गोल्यान एग्रोको अध्यक्ष भएको हुनाले बैकमार्फत नै चिनाजानी हुँदाखेरी जोडिएको हो । अर्को रोल्पामा एनएमबी बकैको शाखा राख्नुपर्ने थियो । त्यसले पनि हामीलाई जोड्यो सहकार्यमा । उहाँहरुले कृषि क्षेत्रमा सक्दो लगानी पनि गरिरहनु भएको देखिन्छ । सस्तो दरमै कृषिमा, महिला उद्यममा लगानी गरिरहनु भएको छ । यो आउटलेट पनि लोनबाट गरेको हो महिला उद्यमी अन्र्तगत । पौने आठ प्रतिशत ब्याजदरमा दिएको छ लोन ५ बर्षका लागि । त्यसमा पनि ५ प्रतिशत रिफण्डएबल हुन्छ । त्यसकारण सस्तो पनि छ ।
बजारमा कतिपय अग्र्यानिक प्रोडक्टहरुको सुरुमा आउटलेट हुन्छ । सुरुमा अलिकति निकै जोशजाँगर बोकेका हुन्छन् । भाडाहरु पनि धेरै महगों हुन्छ । टिक्न गारो भएपछि ६ महिना नबित्दै उठेर गएका पनि हुन्छन् । तपाइहरु कत्तिको तयारी सहित आउनु भएको छ त ?

समस्या चाँही छ । भाडा महगों छ । स्टाफहरुलाई पैसा दिनुपर्रो । बैकको ब्याज भयो । त्यो गर्दाखेरी गाह«ो त छ । मेरो चाँही रोल्पाका चीजहरु पनि ल्याउने र निर्यात पनि गर्ने सोच छ । मैले गाउँको उप्तादन गोल्यान एग्रोलाई नै दिन्छु । त्यहाँबाट ल्याब टेष्ट गरी माटो ब्राण्डमा हामीकोमा आउँछ । र, हामी बेच्छौ । त्यसो गर्दाखेरी केही होला भन्ने लागेको छ ।

तपाइले अनलाइन मार्केटिङ पनि गर्नुहुन्छ भनेको सुने । अलिकति बताइदिनुहोस् न ?

गोल्यान गु्रपकै अनलाइन भएको हुनाले सम्पर्क उतै हुन्छ । अर्डर चाँही कम्पनीमै हुन्छ । हाम्रो ब्यक्तिगत अर्डर पनि हुने नै भयो चिनजानको हिसावले । कम्पनीबाट अर्डर जाँदाखेरी कुन क्षेत्राबाट जान्छ त्यहाँको आउटलेटलाइ दिने गरेको छ । जस्तै माटो नेपालको पनि गयो भने उतैबाट यो सामाखुशी, गंगबु एरियाको छ भने हामीले त्यहाँ सप्लाई गर्नुपर्छ ।

यसको सफलता भएमा अरु पनि आउटलेट विस्तार गर्नुहुन्छ कि ?
हेर्दै जाउँ । यसबाट राम्रो मार्केट लियो वा डाउन भयो भनेपनि यसमै लागिसकेपछि त यसैलाई निरन्तरता दिने हो । राम्रो मार्केट पनि हेर्नुपर्ला ।

अरु युवाहरु देशमा संम्भावना नदेखेर विदेशीएका छन् । तिनीहरु चर्को खाडीको गर्मीमा पनि पशिना बगाइरहेका छन । के भन्नु हुन्छ त अरु युवाहरुलाई ?
हामीले विदेश जानु भन्दा देशमै भविष्य खोज्नुपर्छ । देशमै केही गरौं भनेर लागेको हो म पनि । म विभिन्न संघ सस्था र सहकारीमा पनि आबद्ध छु । वाहिर जानेहरुको के देखिन्छ भने एउटा ब्यक्ति बाहिर जान्छ र उसले केही कमाएको जस्तो देखिन्छ । उसको कमाइमा पुरै परिवार निर्भर हुन्छ । उसले कमाइदिन्छ भन्ने अनि परिवारका सदस्य कसैले केही नगर्ने खालको प्रवृत्ति पनि बनेको छ । उसले कमाउँदा र विदेशमा हुँदासम्म त त्यो परिवार चल्यो । उ आउने वित्तिकै फेरी उस्तै हुन्छ । बानी ब्यहोरा सबैको विग्रिइसकेको हुन्छ । त्यसले गर्दा आफनै देशमा श्रम र सीप उपयोग गर्न सक्यौ भने हाम्रा छोराछोरीले पनि त्यही सिक्छन् । त्यसले राम्रो गर्छ । बिजनेस गर्ने तौरतरिका सिक्छन् ।
मेरो यस ब्यवसायको हिसावले कुरा गर्दा चुनौती छन् । मान्छे सोझै पस्ने खालको ठाउँ छैन । तर घरघरमै गएर मार्केटिङ गर्ने, अग्र्यानिकको महत्व उज्जागर गराउने सोचमा छौ । यस टाउन प्लानिङमा करिव ६ सय जति घरहरु छन् । यो ६ सयवटै घरहरुमै पुगेर मार्केटिङ गर्ने र कम्तिमा २ सय हाराहारीलाई ग्राहक बनाउने मेरो योजना छन् । उनीहरुलाई दैनिक हाम्रो प्रोडक्ट खुवाएपछि अलिकति हुन्छ कि भन्ने छ । अहिले २ जना स्टाफ छन् अरु दुइ जना थपेर त्यो गर्ने सोचमा छु । दुइ चार महिना अलिकति मिहिनत गर्ने सोचमै छौ । हेरौ के हुन्छ ।

प्रस्तुती नन्दलाल खरेल

प्रकासित मिति २०७८–५–११

फेसबुकबाट तपाईको प्रतिक्रिया