मिर्गौला साटासाट गर्नेको स्वास्थ्यस्थिति राम्रो
काठमाडौँ १४ साउन –
आपसी सहमतिबाट मिर्गौला साटासाट गरी प्रत्यारोपण गरिएका बिरामीको स्वास्थ्यस्थिति हाल राम्रो भएको नेपाल मानवअङ्ग प्रत्यारोपण केन्द्रले जनाएको छ। नेपालमा नै पहिलो पटक भक्तपुरस्थित मानवअङ्ग प्रत्यारोपण केन्द्रमा यही साउन १२ गते दुई परिवार बीचको आपसी सहमतिबाट मिर्गौला साटासाट गरी प्रत्यारोपण गरिएको थियो।
ताप्लेजुङ जिल्ला फूलबारीका ४९ वर्षीय खेमराज निरौलाले गोर्खा जिल्ला मनकामनाका ५२ वर्षीया माया थापाबाट र गोर्खा मनकामनाकै ४० वर्षीय विष्णुबाबु श्रेष्ठले ताप्लेजुङ जिल्ला फूलबारीका ४५ वर्षीय मात्रिकादेवी चापागाईंसित मिर्गौला प्राप्त गरेका थिए। प्रत्यारोपणका लागि एकै परिवारका सदस्यमध्ये अङ्गदाता र ग्रहणकर्ताबीच मेल (म्याच) नभएमा दुई परिवारका बीचमा आपसी सहमतिद्वारा अङ्ग साटासाट गर्न सकिने प्रावधान रहिआएको छ। मिर्गौला रोगी खेमराज निरौलाको रक्त समूह ‘ए’ र उनकी श्रीमती मात्रिकादेवी चापागाइँको रक्त समूह ‘बी’ रहेको थियो भने माया थापाको रगत समूह ‘ए’ र उनका भाइ मिर्गाैला रोगी विष्णुबाबु श्रेष्ठको रगत समूह ‘बी’ रहेको थियो।
केन्द्रका कार्यकारी निर्देशक एवम् वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा पुकार श्रेष्ठले प्रत्यारोपित ती दुवै बिरामीको हाल स्वास्थ्यस्थिति राम्रो भएको जानकारी दिए। उनकै नेतृत्वमा ती प्रत्यारोपण एकैसाथ सम्पन्न भएका थिए।कार्यकारी निर्देशक डा श्रेष्ठसहित सो प्रत्यारोपण समूहमा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा कल्पना श्रेष्ठ, सिनियर कन्सल्टेन्ट सर्जन प्रा डा राकेश वर्मा, मुटुका शल्यचिकित्सक डा मोहन देव भण्डारी र डा सम्पूर्ण तुलाधर, डा प्रेम वैद्य तथा ऐनेस्थेसिया विभागका डा महालक्ष्मी देउजा र डा किरण अधिकारी, सर्जन डा वीरेन्द्र यादव, डा प्रविण जोशी, डा नारायण भुसाल, नेफ्रोलोजिस्ट डा लुसनसिंह, डा सन्तोष गुरुङ र डा सागर श्रेष्ठ सहभागी थिए। हाल केन्द्रमा वार्षिक रुपमा एक सयजना भन्दा बढीको मिर्गाैला प्रत्यारोपण हुने गर्दछ। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया