मिर्मिरे माइक्रोफाइनान्सको हकप्रद आउदै

बिजनेसपाटी ८ फागुन

मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक हकप्रद निष्काशनको अनुमाति माग्दै  नेपाल धितोपत्र बोर्ड पुगेको छ। २ बराबर १ कित्ता अर्थात ५० प्रतिशत हकप्रद निष्काशनको अनुमति माग्दै मिर्मिरे माइक्रोफाइनान्सले आबेदन दिएको धितोपत्र बोर्डले जनाएको छ।  माइक्रोफाइनान्सले प्रति कित्ता १ सय रुपैयाँका दरले १ करोड ५० लाख रुपैयाँ बराबरको १ लाख ५० हजार कित्ता हकप्रद बिक्रि गर्न लागेको हो। माइक्रोफाइनान्सको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

५० प्रतिशत हकप्रद बिक्रि पश्चात माइर्कोफाइनान्सको चुक्ता पुंजी ४ करोड ५० लाख पुग्ने छ। माइक्रोफाइनान्सले गत आर्थिक बर्षको कमाईबाट ५० प्रतिशत बोनस सेयर वितरण गरेको छ। बोनस वितरणपश्चात माइक्रोफाइनान्सको चुक्ता पुंजी ३ करोड पुगेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया