मृत्यु कविता भित्र युगकवि सिद्धिचरण श्रेष्ठ

स्वयम्भू शाक्य

प्राणीले यो धर्ती छोड्ने अन्तिम क्षण नै मृत्यु हो । त्यसैले प्राणी जन्मिदा मृत्युलाई पनि आपैmले बोकेर आएको हुन्छ । कहिले, कहाँ, कसरी र कुनबेला तिथि–मितिसहित आपैmले बोकेर ल्याएको कालले हामीलाई कुरेर बसिरहेको छ । मृत्यु सत्य हो । सत्य अलौकिक रहेछ । गंगालाई साक्षी राखि पञ्चतत्वमैं हामी फेरि एक पटक लीन हुनुपर्ने रहेछ । दनदनी यो शरीरलाई आगो लगाएर मृत्यु पश्चात् हलचल विनाको यो शरीरलाई शब भनिन्दो रहेछ । आखीर खरानी न हो । गंगाले बगाएर कता कता खोज्नै नसकिने ठाउँमा कहाँ कहाँ पु¥याउन्दो रहेछ । रुनु, रुवाउनु अनि सम्झनामात्र बाँकी राखेर यो देह र छायाँ सधाका लागि अलग भएर फेरी एकचोटी हामी माटो हुनु पर्ने रहेछ ।
अनौठो छ, मृत्युको लागि प्राण कसरी निस्किन्दो रहेछ । बुझ्न गा¥हो छ, समाधी गर्नेहरू मृत्युवरण गर्दा आफ्नो इच्छानुसार मर्न सकिन्छ । त्यसैले मृत्यु, जन्मको जुम्लाहा भाइ हो । देह र छायाँ जस्तै एक अर्काको सारथी हो ।
मृत्यु, आपैmमा समाप्त हुनु हो । यो राम्रो कुरो होइन दुःख र पीडादायी छ । किनकि समाप्तले नयाँ अध्यायको शुरुवात गराउँछ । भएका लागि खरानी बनाएर सबैको मनमा हैरानी बनाउँछ । काम गरेर पनि जस नपाउने दुर्दशाबाट कहिल्यै भाग्न नसकिने यो कस्तो खराब चाल हो ? बुझ्नै नसकिने, बुझ्न खोज्दा पनि कसैले यस्तो हो भन्न नसकिने रहस्यैं रहस्यको त्यो ठूलो खाडल हो । के हो के हो मृत्युलाई मान्छेले कहिल्य पनि चिन्नै सकेन ।
मृत्यु आत्मालाई मोक्ष प्राप्त गर्ने माध्यम हो । जीवन्त हुँदा पुण्य कर्म गरी मरेपछि आत्मा भौतारिन नदिने महान मार्ग हो । आत्माले सन्तुष्टि प्राप्त गर्न नसकेपछि कहाँ मुक्ती प्राप्त गर्न सकिन्छ र ? मनै नलागी नलागी बाटोमा हिँडेपछि गतब्य कहाँ पुग्न सकिन्छ र ? त्यसैले आत्मसन्तुष्टि हुनु पर्नेरहेछ । जसरी आयो त्यसरी नै जानु पर्ने यो संसारमा मान्छेले बाँचुन्जेलसम्म प्रेमभाव राखी काम गर्नु पर्नेरहेछ । कसैको बन्धनमा नपरी स्वतन्त्र पवन भैंm उडेर जाने यो आत्मालाई मोक्ष प्राप्त गर्ने सबै कुरा अनित्य छ भनी माया र मोहबाट त्यागी बनाउँनु पर्नेरहेछ ।
यो कस्तो होला, दुःख के हो भनी थाहा नहुने ? सुख के हो भनी बुझ्नै नसक्ने ? कडा स्वभाबले होला कसैसँग मोल मोलाईजा नगर्ने ढुङ्गा जस्तो मन भएर होला आगो बाले पनि कहिले तातो नहुने निष्ठुरी तिम्रो मन रहेछ । प्राणीहरूको मुटुमा छियाछिया पारेर ह्वाल्ल रगत बगेको त्यो तिम्रो आँखाले कसरी हेर्न सक्यो ? त्यो तिम्रो हातले कसरी छिया छिया पार्न सक्यो ? आश्चर्य छ, तिमी त आगोलाई पोल्ने आगो रहेछ । रगत पिएर मात्र बाँच्ने रक्तपिपाशु रहेछ । तिमीलाई के थाहा, आँशुको मूल्य कति छ भनेर ? ईश्वरले पनि आँशुलाई कुल्चिन डराउँछ । त्यसैले तिमीलाई निष्पक्ष न्यायको तराजुमा जोख्नै नसक्ने, आफ्नै तिथि–मितिमा मात्र अडान लिने यो काल कस्तो ? कसैले पनि जित्नै नसक्ने, कहिले पनि शीर झुकाउँनै नजान्ने यो काल देखेर आँशु बगाउनु बाहेक अरु के पो बिकल्प हुन सक्छ र ? त्यसैले मृत्यु आगो रहेछ । सुख र दुःख थाहा नपाउने निर्जीब बस्तु पो रहेछ । प्राणीहरूको प्राण ताक्ने बेमतलबी पो रहेछ । संकटको बेला सहानुभूतिसमेत नदिई नागपासले बाँधेर लग्ने ढुङ्गाको मुटु पो रहेछ । त्यसैले होला, आज युगकवि सिद्धिचरण श्रेष्ठ रोएर बसिरहेको छ । मृत्यु कुरेर बाँच्नु पर्ने यो जिन्दगीमा थुप्रैं आँशुहरू लोचनबाट बगिसकेको छ । नदीको तीरमा एक्लो मनलाई सम्झाउँन नसकेर कतै आपूm पनि पानी भैंm बगिरहेको छ ।
हे मृत्यु तेरो छ खराब चाल
गर्ने सबैको मनमा ह्वाल
सम्झि कडा निष्ठुर काम तेरो
आँशु बग्यो लोचनबाट मेरो ।
बियोगमा हुने मानसिक कष्टले मान्छेको मनमा धेरै चिन्ता र पीर पर्दोरहेछ । डरलाग्दो, भयङ्कर भयाबहः समस्याले यो मनभित्र कडा से कडा चढ्नैं नसकिने विशाल पहाडले थिचेको हुन्छ । त्यसैले होला, दुःखको बेला नयनको काम आँशु बगाउँनु बाहेक अरु के पो हुन सक्छ र ? आफ्नै अगाडी उभिएको मान्छे पनि दृष्टिभ्रमले धेरै टाढा देख्ने गरिन्छ ।
हे यमराज मलाई इन्साफ चाहियो ? दूधको दूध पानीको पानी छुट्याई कसैलाई काखा र कसैलाई पाखा नगरी न्यायोचित र विवेकपूर्ण तरीकाबाट इन्साफ दिनु प¥यो ? मुटु कठोर अनि ढुङ्गा बनाएर मात्र होइन् अलिकता दया र माया राखी असाह्यहरूलाई सहायता दिन बिचार पु¥याएर मात्र इन्साफ गर्न सक्नु प¥यो ? त्यसैले तिम्रो त्यो इन्साफलाई मान्छेहरूले तौलिरहेका छन् । मनमा पीर अनि सुर्ता दिएर चिन्ताको आगोले मात्र किन जलाउँन खोज्छौं ? अग्नि साक्षी राखेर अग्नि नै पिलाई के गर्न खोजेको होला । हे मृत्यु ! तैंले हामीलाई सत्य, सत्य यो कस्तो सत्य, ईश्वरले पनि साथ नदिने यो कस्तो सत्य ? तिमी त दैत्य होनौें, यमराज तिमीमा अलिकता मनमा दया पलाई देऊ । आँशु के हो ? माया के हो ? अलिकता भए पनि बुझ्ने कोशिस गरिदेऊ । टुहुरो भएर होला ती लालाबालाहरू आज रोइरहेका छन् । भोलि के गरेर खाने हुन् । आमा बाबु नै परलोक भएपछि ती टुहुराहरू कसरी बाँच्छ होलान् । हे दैव ! धिक्कार छ तँ यमराजलाई पनि । यति कठोर नभईदिए हुन्थ्यो । बाँच्नु पर्ने जीवनमा धेरै आँधीबेरी नल्याई दिए हुन्थ्यो । त्यसैले के भो के भो दैव नै बैरी भए जस्तो यमराज तिम्रो मनमा एक थोपा रगत नै छैन कि के हो ? बिन्ति गरे, बिचार पु¥याएर अब न्याय इन्साफ गर्ने गर । कडा होइन् अलिकता नरम भएर पनि सोच्ने गर । डरलाग्दो रूप मान्छेलाई हेर्न मन लाग्दैन । त्यसैले अलिकता दया र माया राखी न्याय गर्नु है !
ज्यादा कडा, भीषण, शोक मात्र
इन्साफ तेरो हुन गैरहेछ
तस्मात् दया एक सहाय राखी
गर्ने गरेस् न्याय अली बिचारी ।
प्रेम, माया र स्नेहमा बियोग पारेर कहिल्यै नजोड्ने गरी बिछोडको बेदना दिनु नै तिम्रो उद्देश्य रहेछ । तिमी त बैरागी हौ । त्यसैले तिम्रो आँखाले सबैलाई त्यस्तै ठान्छौं । तिम्रो न्याय यो धर्तीमा होइन्, स्वर्गमा उचित हुन सक्ला । तर तिम्रो न्यायमा कतै आकाश खसे पनि कतै यो धर्तीमा भूकम्प आई तहस नहसैं भए पनि कुनै मतलबै नहुने रहेछ । स्वार्थी, आफ्नो काम फत्य गर्नका लागि अर्काको दुःख र कष्टमा हाँस्ने तिमी त बेमतलवी रहेछौं । न्यायको नाममा प्राणीहरूको मुटुमा प्वाल पारी छिया छिया बनाउँने तिम्रो बानी ब्यहोरालाई प्राणीहरूले धिकार्न खोज्छौं । आखीर के छ, तिमी त वियोजक बनेर तिम्रै खतनपतनमा यो संसार चल्दोरहेछ । त्यसैले हामीले दुई हात जोडी बिन्ति गरेर तिम्रै पाऊमा नमन गर्छौ । केवल इन्साफ गर्दा नीति र नियम मात्र होइन करुणालाई पनि साथ राखी इन्साफ गर्ने गर । करुणा, दया हो । करुणा, माया हो । यो दया र मायालाई तिमी एक छिन आत्मसाथ गरेर हेर ? तिमीले के पाउने छौं ? तिमीले के गुमाउने छौं ? तिमी आपैmले थाहा पाउने छौं । त्यसैले न्यायको लागि मुटुमा प्वाल पारेर नहेर । कति पीडा हुन्छ भने कुरा तिमी आपैmले पनि मुटुलाई प्वाल पारेर हेर । अनि थाहा पाउँने छौं । प्राणी भएर बाँच्न कति गा¥हो हुन्दोरहेछ ।
आखीर मृत्यु न हो, जति रोए कराए पनि समय आए पछि यमदूतले प्राणलाई टपक्क टिपेर लग्दोरहेछ । स्वर्ग र नर्क अनि कर्मको फल भोग्नका लागि हामी तयार हुनु पर्नेरहेछ । के थाहा स्वर्ग र नर्क कस्तो हुन्दोरहेछ । यो त आपैm मरेपछि मात्र थाहा पाउने कुरा रहेछ ।
प्रेमीहरूको तँ वियोग पार्छस्
जो न्याय हाम्रो मुटु प्वाल पार्छन्
बिन्ति तँलाई दुई हात जोडी
इन्साफ गर लौ करुणा नछोडी
मान्छेको जीवन न हो, कर्कलाको पानी जस्तो आज मरे भोलि दुई दिन हुन्दोरहेछ । हाम्रो यात्रा कति छोटो रहेछ । कोहि दिनमै चोला फेर्दो रहेछ । कोही रातमै चोला फेर्दो रहेछ । यो त नाटक पो रहेछ । अभिनय गर्दा गर्दै परिदृष्य फरक भए पछि अन्तै गएर बस्नु पर्ने रहेछ । त्यसैले यो संसारमा हामी त नाटक पो हेर्न आएका रहेछौं । खुशीले रमाएर होला नाटक भित्रको बिचित्र कथा हेर्न थाल्छौं । अकस्मात पर्दा गिर्नु भन्दा अगावै एकासी तँ आएर होला मान्छेहरू आपूmलाई चपाउँछ भनी डराएर नाटक छोडेर भाग्न खोज्छन् । किन होला तिम्रो त्यो रूप देखेर मान्छेहरू किन भाग्न खोज्छन् ? तिम्रो नाम सुन्दा पनि मान्छेहरू किन मुख बिगार्न खोज्छन् ? तँमा त्यस्तो के छ गुण ? दानव होइन् तिमी को हौ ? काम तामेल गर्ने तामेलीदार पो हो कि ? खतन पतनमा मात्र चल्ने यमराजको दूत पो हौ कि ? तिमी को हौ ? किन भन्न चाहन्न । संसारले तिमीलाई उग्र भनी किन बोलाउँन चाहन्छ ? त्यसैले तिमीले बिचार गर्नुपर्छ, मान्छेहरूलाई जहाँ पायो त्यही चपाई चपाई खान छोड्नु पर्छ । डर त्रासले आक्रान्त पारी तिम्रो नाम सुन्दाखेरी पनि प्राणीहरू भयभीत हुने गरिन्छ । संसार रमाईलो छ । नाटकमा खेल्ने पात्रहरूले मन भुलाउँन सक्छ । म भित्र तिमी बसेर तिमीभित्र पनि अरुलाई अटाउँन सक्नुपर्छ । दया र माया बाँडेपछि, सबैमा करुणा पलाउँन थालेपछि यो संसार त्यसै रमाइलो हुने नै भो । बटुवाहरूलाई तीर्खा लागेको बेला पानी पिलाई दिए पछि यो मन हरियो भएर वसन्तले राम्रो त्यसै पार्ने भो । भन्छन् मान्छे, जीवन एउटा नाटक पो रहेछ । हामी त अभिनय गर्न आएको पात्र पो रहेछ । खेल्दा खेल्दै यो जीवन लीला सक्ने पो हो की ? कोहि म अगाडी कोही पछाडी दुई दिन मात्र फरक हुने पो हो की ?
संसारको नाटक हेर्नलाई
आई रहेछौ बहुते रमाई
पर्दा नगिदैं तँ चपाइ हाल्छस्
हेरि सकेका बरु छाडी जान्छस् ।
के गर्न सक्छ तिमीले उनीहरूलाई जसले जगतको नाटक बुझ्ने गरेको छ । के बिगार्न सक्छ तिमीले उनीहरूलाई जसले यो लोक र परलोकको आत्मज्ञान बुझेको छ । त्यसैले जीवनबाट बिरक्त भएर कोही मान्छे पागल बन्न सक्छ । कोहि दिव्यचक्षुले बुझेर होला सुख र दुःख अनि मृत्युलाई पनि जित्न सक्छ । यो त आ–आफ्नो आत्माले बुझेर मनले गर्ने काम हो । भौतिक सुख भन्दा अध्यात्मिक सुखले जीवन बिताउँने कुरो हो । त्यसैले हामीले यो लोकमा मात्र होइन परलोकसम्म हिँड्ने बाटो बनाउँनु पर्छ । दया, माया र पुण्य कार्यगरी मानव धर्म अपनाउँन सक्नुपर्छ । डराएर के गर्नु एक दिन मृत्युको मुखमा जानु छ । बाँचेपछि मर्नु पर्ने कसले कहाँ रोक्न सक्छ र ? सत्कर्म गरी आपूmभित्र अरुलाई पनि राखेर हेर । दया र माया भन्ने चीज त्यसै पलाएर आउने गर्छ । आफ्नो पीडा आपैmलाई मात्र थाहा होला । त्यसैले म भित्र तिमी पनि राखेर हेर । खाईलाई जति फुर्ति गरे पनि यो बिचित्र संसारमा आखिर खेल्नु र हाँस्नु नै पेट भित्रको कथा रहेछ । मान्छेको जीवनमा दिन र रातले आयु छोत्याए पनि किन मान्छेहरू अधर्मी काम गर्दोरहेछ । मृत्यु देखेर के भो ? आज धन, दौलत र शक्तिको दम्भ फुलिरहेछ । फुल्नु पनि ओइलाउँनु हो । हामी सबैले बुझ्नुपर्छ । काल आएर खुट्टामुनि उभिएर हेर्दा यो संसारमा म बाहेक अरु मान्छे नै छैन जस्तो लाग्छ ।
के गर्न सक्छन् नै उनीहरूको
जसले जगत् नाटक छन् बुझेका
खाए पनि पूmर्ति गरी बिचित्र
खेल्छन् र हाँस्छन् खुब पेटभित्र
यो संसार पापीहरूको मात्र होइन् धर्मात्माहरूको पनि हो । त्यसैले पाप त्यसैले मात्र गर्न सक्छ जसको हृदयमा धर्मको भाव कहिले हुँदैन । हामी त मान्छे हौं । मानव भएर बाँच्नका लागि हिउँ जस्तो चोखो मन लिएर नदी भैंm बग्न सक्नुपर्छ । जसको शक्ति उसैको भक्तिमा मात्र बाँच्ने हो भने हामीलाई हिँस्रक जनावर भन्दा के फरक पाउन सकिन्छ ? त्यसैले म तिमीलाई सधैं पुकारी रहन्छु । यो भवसागर नै पुण्यधाम हो भनी भनिरहन्छु । आनन्दले हर्षित भएर त्यो मनोहर भित्र अति उत्तम रहेछ । पुण्य–पुण्य महा पुण्य यो तपोभूमिमा थुप्रै दिब्यज्ञान लिएर हिँडिरहेछन् । आज मात्र हेरेर के गर्नु । भोलिको लागि पनि हामीले हेर्नुपर्छ । पाप र धर्म घाम र छायाँ जस्तो, आगो र पानी कहिले ननिभ्ने दीप जस्तो के हो के हो पाप र धर्मको मिलन कहिल्यै हुने हो ? यो त सम्भव छैन । असम्भव कुरो हो । यो संसारमा धर्ती र आकाश एकै ठाउँमा कहाँ राख्न सकिन्छ ? पूर्वबाट उडाउँने सूर्य पश्चिममा कहाँ उडाउन्छ र ? पश्चिममा अस्ताउँने सूर्य पूर्वमा कहिले निदाउन्छ र ? त्यसैले असम्भवभित्र सम्भव कहिल्यै हुनै सक्दैन । आकाश खसेर यो धर्तीमा कहिल्यै पर्नै सक्दैन । यो पाप र धर्मको कुरो हो । न्याय र अन्याय जस्तो तराजुमा जोखेर होइन् आ–आफ्नो आत्माले खोज्ने अन्तर बस्तु हो ।
यो शीर आज किन झुकिरहेछ ? बोलाई बोलाई किन मेरो बाटो कहाँ छ भनी सोधिरहेछ । धन दौलत मलाई चाहिँदैन् भाइ मरेपछि स्वर्गमा पुग्न पाए हुन्थ्यो ।
संसार यो पाप भए त के र
गर्थे तँलाई म सदा पुकार
संसार यो हो तर पुण्य–धाम
आनन्दले पूर्ण महाललाम ।
हामी दुई दिनको लागि यात्रामा हिँडेको मान्छे हौं । हामीलाई त के छ र, जहाँ जानु छ त्यही पुगेर विश्राम लिइन्छ । नदी जस्तै सागरमा नमिलेसम्म आफ्नै बाटोमा बगेर गन्तब्यमा पुग्न खोज्छौ । यो त निरन्तर चलि रहने प्रकृया हो । सृष्टिभित्रै मृत्यु पलाए जस्तै हो । को जान्छ त्यहाँ जहाँ जानेहरू शुन्य शुन्यमा छ । कष्ट र तापले मान्छेहरूलाई धेरै दुःख छ । त्यसैले जानी बुझी दुःख सकेसम्म निवारण गर्न सक्नुपर्छ । तब मात्र हामीले अलौकिक सुख प्राप्त गर्न सकिन्छ । शुन्य–शुन्यभित्र हराएर सबैले मानवीय सेवा गर्न सक्नुपर्छ । बुझ्नु, सबै कुरा खोज्नु हो । खोजेर नपाउने कुरालाई हामी अदृश्य भनिन्छ । तर यहाँ आत्मचक्षुले खोज्नुपर्छ । दुःख, व्यथा र कष्टहरूलाई शुन्यमा हराउँन सक्नुपर्छ । होइन् भने यो भौतिक संसारमा माया र मोहको बन्धनले सुखको लेश मात्र पाउन सक्छ । कहाँ कहाँ कता कता यस्तो मनोज्ञ स्थलमा एक्लै हिँडेर को कहाँ पुग्न सकिन्छ ? हिँड्ने बाटो हजारौ भए पनि एउटै बाटो हामीले रोज्नु पर्छ । हजारौं बाटोमा हिँडेर के भो गन्तव्य कहाँ, कसरी हामी पुग्न सकिन्छ ? विबेकभित्र विबेक लगाई म किन नहिँड्ऊ । सानो नलीभित्र पनि म कसरी सागर बगाउँन सकौं ? खै के हो के हो म त यस्तै भन्न सकिन्न । मनोज्ञ स्थलमा आज किन कोही भेटिदैन ?
जाने यहाँ शुन्य छ कष्ट ताप
छैनन् नजाने सुख लेश मात्र
यस्तो मनोज्ञ स्थलमा तँ एक
हिँड्छस् कसो रत्ति नली विबेक ।
हामीलाई थाहा छैन, यहाँको महिमा के हुन सक्छ र ? नजानेर होला हामीले कहिल्यै पनि के हो भनी बुझ्नै चाहेनौं । बुझ्नु कठिन रहेछ । मर्नु कहाँ सजिलो छ र ? यो देहबाट प्राण उडेर जाने बेला तीन त्रिभुवन देखिन्छ होला । त्यसैले यो त मरे पछि मात्र थाहा पाउने कुरो हो । यो लोकबाट परलोक गए पछि हामीले के गर्नुपर्छ थाहा हुने कुरो हो । त्यसैले गा¥हो छ । आँखा ओछ्याएर मात्र हेर्नुपर्छ पत्थर जस्तै सा¥हो छ । युगौंयुगदेखि बालुवामाथि बालुवा भई पत्रे चट्टान बन्दोरहेछ । सारै कडा फुटाउँनै गा¥हो यसमा युगौंयुगको मेहनत छ । त्यसैले कहाँ त्यसै सजिलै फुटाल्न सकिन्छ र ? समयले पगालेपछि फलाम पनि खिया लागेर टुक्रिन खोज्छ । टुक्रिनु र जोड्नु यो संसारको नियम हो । आजको दिन बिग्रेर होला असिना र पानीले सताउँला जस्तो छ । आकाश कालो भई बिजुली चम्के पछि मुसुलधारे पानी परेर प्राणीहरूलाई ओत लाग्ने ठाउँ खोज्न गा¥हो भो । त्यसैले हामी सोच बिचार गरेर हिँड्नु पर्छ । चिप्लो ओरालो ठाउँमा हिँड्न अप्ठेरो छ । गन्तब्यको लागि हामी सधैं हिडिरहनु पर्ने, चिर निद्रामा सुत्नु अघि हामी सबैले बुझ्नु पर्ने, यहाँको महिमा कति छ कति म एकलै बसेर कहाँ गुणगान गर्न सक्छु । पर्खेर बस्नु म पनि आउँछु त्यहाँ, जहाँ खाली छ उही म पनि बस्न सकुँ । गा¥हो सारो यो जिवन कहाँ छ सजिलो आँखा चिम्लेर हेर्नु अनि देख्छ मनले सबै कुरो ।
हामी नजानी महिमा यहाँको
खाली बन्यौ मर्न कहाँ सजिलो
पर्खेस् बनी पत्थर तुल्य साह्रो
भाँच्छौ कडा दन्त तमाम तेरो ।
देशको रक्षा र जनताको स्वतन्त्रता जोगाउँनका लागि थुप्रै वीर युद्धाहरूले आफ्नो ज्यानलाई आहुति दिएर यो भवलाई विभिन्न कालखण्डमा रक्षा गरेका छन् । भविष्य उज्वल होस् भन्नाका खातीर थुप्रैं ध्वजाहरू फर फराएर वीर योद्धाहरूले जीवन्तसम्म जिउँनका लागि आफ्नो कीर्ति पैmलाएका छन् । त्यसैले हे मृत्यु ! तैंले यो देह चपाएर के भो ? यो तुच्छ देहलाई म यही छोडेर जाने हो । मलाई कुनै माया र मोह छैन । यो देहलाई तिमीले जे गर्छौ गर मलाई कुनै परवाह छैन । तर मेरो आत्मालाई तिमीले कसरी मार्न सक्छौं ? असम्भव तिमीले मार्ने सक्दैनौ । म त अमर भएर भोलिको लागि बाँच्ने छु । कालखण्डको इतिहासमा सुनौलो अक्षरले नाम कोर्नेछु । त्यसैले यो धर्तीमा हामी जस्ता मान्छेहरू कति आए कति गए । कसले लेखा जोखा गरेको छ र ? यो धर्तीले रगत मागेको बेला आफ्नो ज्यान दिएर रगत पिलाउँनेहरूको भविष्यले पनि लेखाजोखा राख्ने गरिन्छ । त्यसैले हे वीर सपुतहरू हौं । दुई दिनका लागि बाँच्न आएका हामीहरू मृत्यु सँग डराएर के बस्नु हो । मर्नै पर्ने हाम्रो चोलामा मृत्युलाई हत्केलामा राखी हिँड्नु छ । सजाऔँ हामी यो भवलाई सबै मिलिजुली बनाऔँ । एक मुठ्ठी ढुङ्गा र माटोले पनि हामी पहाड बनाउँन सक्छौं । कति सुत्नु पर्ने होला बिहान भैसकेको छ । योद्धाले सधैं मृत्युलाई कुल्चिएर हिँड्ने गरिन्छ ।
जो वीरले यो भवको निमित्त
छाडी गए कीर्ति ध्वजा प्रशस्त
तैंले चपाए पनि देह तुच्छ
मर्दैन कैले पनि ऊ प्रशस्त ।
मान्छेको जीवन न हो, एक दिन मर्नु पर्छ भन्ने कुरो थाहा हुँदा हुँदै पनि मान्छे किन दम्भ र शक्तिको मात लाग्न खोज्छ ? आजभोलि भन्दा भन्दै आफ्नो पालो आएपछि मात्र मृत्यु देखेर किन रुन्छ होला ? तेरो मेरोमा मात्र जीवन बिताएर आज हामीले के पायौ किन नसोचेको होला ? साँझको बेला भई सक्यो अब यो जुनीलाई तिमीले त्यसै खेर फालेर अन्धकारमा यो आँखाको काम के होला र ? नदीको किनारामा सुतेको बेला धन सम्पत्तिले के गर्न आउँला ? बाँच्चुन्जेल आँखाले नदेख्ने ती पापीलाई कसले पो माया गर्छ खै ? मुखमा दागबत्ती नदिएसम्म यो शबले पनि कहाँ मुक्ति पाउँछ खै ?

 प्रकासित मिति २०७७–९–११

फेसबुकबाट तपाईको प्रतिक्रिया