मेगा बैंकले माग्यो ७७ जना जनशक्ति

काठमाण्डौ २२ श्रावण।

बैकिमा जागिर खान चाहनेका लागि  मेगा बैंकले असिस्टेन्ट लेभलदेखि मेनेजर लेभलसम्मको पदमा ७७ जना नयाँ जनशक्ति मागेको छ । मेगाले मेनेजर लेभलका लागि २, अफिसर लेभलमा २९ र असिस्टेन्ट लेभलमा ४६ जनाका आबेदन माग गरेको हो ।

मेगा माइक्रो बैकिङका लागि र भैरहवा शाखाको लागि  बैंकले २ जनाका मेनेजरको  माग गरेको हो  । सो पदमा १० वर्ष बैकिङ अनुभव हासिल गरेका, २ वर्षको सिनियर लेभलमा रहेर बैंकमै काम गरेको, ४५ वर्ष ननाघेको र व्यवस्थापन तथा अर्थशास्त्रमा कम्तीमा दोश्रो श्रेणीमा स्नातकोत्तर गरेकोले आवेदन दिन सक्ने जनाइएको छ ।

यसैगरी मेगाले अधिकृत तहका लागि २२ जना माग गरेको छ  । मुख्य कार्यालयस्थित कर्पोरेट अफिसको आइटी विभाग, इन्फ्रास्टक्चर फाइनान्सिङ, मानव संसाधान, क्रेडिट रिस्क, मेगा कर्पोरेट क्रेडिट, र लिगल डिपार्टमेन्टका लागि कुल ७ जना अफिसर मागिएको छ भने बुटवल शाखाका लागि १ जना माग गरियको छ  । यसैगरी बुटवलस्थित क्रेडिट रिस्क, रिलेशनसीप मेनेजर, क्रेडिट एडमिनिस्टेसनमा गरी ३ जना अफिसर मागिएको छ ।  ६ वर्ष कुनै पनि वाणिज्य बैंकमा काम गरेको अनुभव तथा सिनियर लेभलमा रही ३ वर्ष काम गरेकालाई यो पदमा प्राथमिकता दिइने जनाइएको छ । अफिसरका लागि व्यवस्थापन वा अर्थशास्त्र वा सम्बन्धित बिषयमा न्यूनतम दोश्रो श्रेणीमा स्नातकोत्तर वा स्नातक उतीर्ण गरेको ३५ वर्ष ननाघेकोले आवेदन दिन सक्नेछन् ।

यसैगरी बैंकले तेश्रो तहको अफिसरका लागि  ६ जना मागेको छ । कर्पोरेट क्रेडिट र क्रेडिट रिस्क, मार्केटिङ र न्यू प्रडक्ट डेभलपमेन्टमा काम गर्ने गरी ३ जना,बुटवल कार्यालयका लागि टेड फाइनान्स र रिलेशनसीप मेनेजर गरी २ जना र नेपालगञ्ज शाखाका लागि विजिनेश डिपार्टमेन्टमा १ जना जनशक्ति मागिएको हो । अर्थशास्त्र, व्यवस्थापन वा सम्बन्धित बिषयमा कम्तीमा दोश्रो श्रेणीमा स्नातक वा स्नातकोत्तर उत्तीर्ण गरी ५ वर्ष बैकिंग अनुभव प्राप्त गरी २ वर्ष समेत सिनियर लेभलमा काम गरेकालाई प्राथमिकता दिइने उल्लेख छ ।

यसैगरी दोश्रो तहको अफिसरका लागि बैंकले ४ जना जनशक्ति मागेको छ । एसएमई बैकिङ र इन्टरनेट अडिटमा ३ जना र वीरगञ्ज शाखाका लागि १ जना मागिएको हो  । ३५ वर्ष ननाघेको, व्यवस्थापन वा अर्थशास्त्र वा सम्बन्धित बिषयमा कम्तीमा दोश्रो श्रेणीमा स्नातक वा स्नातकोत्तर उत्तीर्ण गरी ५ वर्षे बैकिङ अनुभव र त्यसमध्ये २ वर्ष सिनियर लेभलमा काम गरेको अनुभव प्राप्तले आवेदन दिन सक्नेछन् ।

पहिलो तहको अफिसर पदमा ८ जना मागिएको छ । यीमध्ये कर्पोरेट अफिसमा ४ जना, बुटवल, भैरहवा र पोखरा शाखामा ३ जना र बुटवलको क्षेत्रीय कार्यालयमा क्रेडिट एडमिनिस्टिे«सनमा १ जनाले काम गर्नुपर्नेछ । ३५ वर्ष ननाघेको, व्यवस्थापन, अर्थशास्त्र वा सम्बन्धित बिषयमा कम्तीमा दोश्रो श्रेणीमा स्नातक वा स्नातकोत्तर गरी ४ वर्षे बैकिङ अनुभव प्राप्त गरी १ वर्ष सिनियर लेभलमा काम गरेकालाई प्राथमिकता दिइनेछ ।

बैंकले ४६ जना जनशक्ति चौथो तहको असिस्टेन्ट लेभलमा माग गरिएको मध्ये २ जना बुटवलका लागि, काठमाण्डौ,कावासोती, तौलिहवा, मनिग्राम, सुनवल, तानसेन, रामपुर, वालिंग भैरहवा, पोखरा, नेपालगञ्ज, तुल्सीपुर र जितपुरको शाखाको विजिनेश डिपार्टमेन्टका लागि १५ जना र कावासोती, तौलिहवा, मनिग्राम, सुनवल, तानसेन, वालिंग र जितपुरको शाखामा अपरेसन विभागका लागि ७ जना जनशक्ति मागिएको हो  ।

अर्थशास्त्र, व्यवस्थापन वा सम्बन्धित बिषयमा कम्तीमा दोश्रो श्रेणीमा स्नातक वा स्नातकोत्तर गरेका, ३० वर्ष ननाघेका, कुनै वाणिज्य बैंकमा ३ वर्ष काम गरेको अनुभव प्राप्तले सो पदमा आवेदन दिन सक्ने छन्  ।

तेश्रो श्रेणीको असिस्टेन्ट लेभलमा ४ जनशक्ति मागिएको छ । यस पद १ काठमाण्डौका लागि र बाँकी ३ कर्पोरेट अफिसका लागि मागिएको हो । यो पदमा चौथो श्रेणीको असिस्टेन्टको झै शिक्षा र उमेरको सीमा यथावत रहेपनि वाणिज्य बैंकमा २ वर्ष काम गरेकाले आवेदन दिन सक्नेछन् ।

दोश्रो तहको असिस्टेन्ट पदमा बैंकले ६ जना मागेको छ । एकजनाले कर्पोरेट अफिस, नारायणघाट शाखाको विजिनेश डिपार्टमेन्टमा एकजनाले, र विराटनगर, वीरगञ्ज, धादिङ र वालिङ शाखाको अपरेशनमा रहेर ४ जनाले काम गर्नुपर्नेछ । यो पदमा २९ वर्ष ननाघेका, सम्बन्धित बिषयमा स्नातक वा स्नातकोत्तर गरेका र बैकिंग क्षेत्रमा २ वर्ष अनुभव प्राप्त गरेकाले आवेदन दिन सक्नेछन्

यसैगरी पहिलो श्रेणीको असिस्टेन्ट पदमा  २ जना कर्पोरेट अफिसका लागि, ३ जना क्षेत्रीय कार्यालय बुटवलको क्रेडिट एडमिनिस्टेसन र रिलेसनसीप अफिसरको रुपमा र बाँकी ७ जना विराटनगर, पोखरा, नेपालगञ्ज, नारायणघाट र तुल्सीपुर शाखाको अपरेसन विभागमा गरि १२ जना मागिएको छ । आवेदन दिन चाहनेले आगामी भदौ १ गतेभित्र आवश्यक कागजात पेश गरिसक्नुपर्ने जनाइएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया