मेलम्ची खानेपानीको पाइप फुट्दा थापाथलीमा सडक अवरुद्ध स्थानीयको घर र पसलभित्र पानी

काठमाडौं, फागुन २०, २०८१ । काठमाडौँको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेपछि थापाथली आसपास पानीले भरिएको छ । विहानको समयमा पाइप फुट्दा उक्त क्षेत्रमा जताततै पानी भरिएर सडकसमेत अवरुद्ध भएको छ । कतिपय स्थानीयको घरभित्रै पानी पसरे असर गरेको छ भने कतिको पसलभित्र पानी पसेको छ । विहानको समयमा सडक पानीले भरिँदा केहीबेर सडक अवरुद्ध भयो । सडक पानीले भरिएपछि सडकमा गुड्ने सवारीसाधनलाई समेत असर परेको थियो ।
उक्त क्षेत्रमा के कस्तो कारणले पाइप लाइन फुटेको सो पत्ता लगाइ पाइप मर्मत गरेर जतिसक्दो चाँडो पानी सञ्चालन गर्ने तयारी भइरहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “पाइप फुटेर क्षति भएको छ । के कारणले पाइप फुटेको हो । त्यसको एकीन कारण पत्ता लगाई यथाशिघ्र पाइप मर्मतपश्चात पानी वितरण कार्य सुरु गरिने छ ।” यसअघि पनि बबरमहल क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको काम गर्ने बेलामा खानेपानीको मुख्य पाइप लाइन फुट्दा सो क्षेत्र जलमग्न थियो । त्यस क्षेत्रका सरकारी कार्यालय डुबानमा परेका थिए ।
खानेपानीको पाइप फुट्नुको कारण पत्ता लगाइ जतिसक्दो छिटो समाधान गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख कार्यकारी निर्देशकले जानकारी गराउनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया