मोदीले आज राति अमेरिकी राष्ट्रपति ट्रम्पसँग द्विपक्षीय वार्ता गर्ने

काठमाडौं १ फागुन २०८१ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका पुगेका छन् । दुई दिने भ्रमणका क्रममा उनी बिहीबार अमेरिका पुगेका हुन् ।
मोदीले आज राति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग द्विपक्षीय वार्ता गर्नेछन् । यसबाहेक, अमेरिका बसाइका क्रममा उनले धेरै व्यापारी नेताहरू र भारतीय समुदायका मानिसहरूलाई भेट्ने बताइएको छ । मोदीको प्रतिनिधिमण्डलले ६ वटा बैठकमा भाग लिनेछ । अमेरिका पुगेपछि मोदीले अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशक तुलसी गबार्डलाई भेटेका थिए ।
ह्वाइट हाउसका अनुसार मोदीले ट्रम्पसँग संयुक्त पत्रकार सम्मेलन पनि गर्नेछन् । ट्रम्पले यस वर्षको पछिल्लो समयमा अस्ट्रेलिया, भारत, जापान र संयुक्त राज्य अमेरिकाको चार पक्षीय समूह क्वाडको निर्धारित शिखर सम्मेलनका लागि भारत भ्रमण गर्ने सम्भावना छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया