मौद्रिक नीतिका घोषणा कार्यान्वयन गर्न राष्ट्र बैंकको परिपत्र

काठमाडौं १७ साउन २०८१

केन्द्रीय बैंकले मौद्रिक नीतिमा उद्घोष गरेको व्यवस्था कार्यान्वयन गर्न परिपत्र जारी गरेको छ । आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिका केही व्यवस्था कार्यान्वयन गर्न केन्द्रीय बैंकले सर्कुलर जारी गरेको हो ।

नयाँ व्यवस्थाअनुसार नयाँ आर्थिक वर्षदेखि बैंक तथा वित्तीय संस्थाले असल कर्जामा १.१ प्रतिशतमा प्रोभिजन गर्नुपर्नेछ । गत आर्थिक वर्षसम्म १.२ प्रतिशत प्रोभिजन हुँदै आएकामा अबदेखि ०.१ प्रतिशत बिन्दुले घटाइएको हो ।

मौद्रिक नीतिको सो उद्घोष गत आर्थिक वर्षदेखि नै लागु हुने अपेक्षामा बैंकहरु रहेपनि नयाँ आर्थिक वर्षदेखि मात्र लागु हुने गरी राष्ट्र बैंकले परिपत्र गरेको छ । अर्थात् यो व्यवस्थाले बैंकहरुको गत आवको नाफामा कुनै फरक पार्नेछैन ।

नयाँ व्यवस्थाअनुसार असल वर्गमा वर्गीकरण गरिएका कर्जा तथा बिल्स खरिदको लागि बक्यौता साँवा रकमको आधारमा १.१ प्रतिशतमा प्रोभिजन गर्नुपर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया