मौलाउँदै गएको विकृत प्रेमलिला र प्रेम दिवश

सगिता सुबेदी

सालिन्दै घुमिफिरी आउने ‘प्रेम दिबश’ले हाम्रोे नेपाली समाजमा पनि बिगत केहि बर्षयता देखि बिभिन्न तवरले र्चचा परिर्चचा पाउन थालेको छ । प्रेम दिबशलाई मनाउने र यस प्रति सबैको बेग्ला–बेग्लै मत देखिएता पनि हाल यसमा बिकृतिले तिब्र रुप लिएको होकि जस्तो लाग्न थालेको छ । स्कुलमा पढ्न जानसक्ने देखि लिएर युवा यूवतीहरुलाई प्रेम दिबशले राम्ररी प्रभाव पारेको देखिन्छ ।
कुनै पनि युवा यूवती बिचको निश्चल प्रेमलाई निरन्तरता दिन भनांै या आफ्नो हृदयको कुरा हृदयको आन्तरीक रोजाईको ब्यक्तिसँग राखिने प्रस्ताव या बिशेष कुराकानीका लागि बिशेष दिन मानिन्छ । जहाँ पबित्र र निश्चल प्रेम हुन्छ । प्रेम दिवशको उत्सबले कसैलाई महाजोडि बनाउँछ, अनि कसैका लागि घातक । शायद पोहोर–प्ररार प्रेम दिबश मनाए पनि यो साल मुटु टुक्रनेहरुका लागि प्रेम दिबशसँगै नमिठो अनुभुति बटुल्न विवश हुनुपर्यो होला । निश्चल प्रेम गर्नेहरुका लागि ३६५ दिन नै प्रेम दिबश बन्नसक्छ । अबिवाहितहरुलाई मात्र होइन् बिवाहित जुनसुकै महाजोडीले पनि प्रेम दिबशलाई महत्व दिन सक्छन् ।
प्रेम दिवशको दिनमा प्रेमको सम्मान हुनुपर्ने हो तर चोखो र निश्चल प्रेमको धज्जी उडाउने छल प्रपन्चक हरुले मौलाउँदै आएको आजको प्रेम लिला । याद गर्नुहोस् तपाईहरुलाई दिएको सुन्दर रातो गुलाबको फुल भित्र अदृश्य भिषणता हुनसक्छ । कुनै ब्यक्तिगत, सामाजिक या दलगत स्वार्थ बोकेर २–४ दिन, बर्षको लागि प्रेमको प्रस्ताब पो हाकि याद गर्नुहोस् । यसो गर्नुभो भने हजुरहरु जीबनको कुनै मोडमा गएर मात्र एक्लो हुनुपर्नेछ । जतिबेला पैसाको गड्डी मिल्ला तर चोखो र निश्चल प्रेमको आभाष हैन बरु विगतको स्मरणले तड्पदै बाँकि जीबन जिउनु पर्ला । चोखो र निश्चल प्रेम गर्ने हरुका लागि काँडा बन्नुहुनेछ र साँचो प्रेम गर्नेहरु एक कदम पछाडि हट्नु पर्नेछ ।

चल्ति अनुसार प्रेम दिबश एउटा पबित्र दिन बनोस् । पोहोर परार र यो साल फाटेका मनहरु जतन गरि टाल्ने कोहि मित्रसँग आउँदा प्रेम दिवशमा खुशि लिएर आओस् । आफ्नो प्रियमन, आफान्तहरुसँग मिठो कुराकानी र टाढा भए सम्झना छाड्न नबिर्सनु होला । आगामी दीनहरुको प्रेम दिबशले आम नेपाली जनजीबनमा मिलन र खुसिको कोसेली लिएर आओस् प्रेम दिवसको शुभकामना छ ।

प्रकाशित मिति २०७४-११-२

फेसबुकबाट तपाईको प्रतिक्रिया