म्यानचेष्टर सिटीले च्याम्पियन्स लिग खेल्ने

काठमाडौं ९ भदौ,।  म्यानचेष्टर सिटी च्याम्पियन्स लिगको समूह चरणमा आफ्नो स्थान बनाउन सफल भएको छ ।

हिजो बुधबार राति भएको दोस्रो लिगमा सिटीले बुकारेस्टलाई १-० ले पराजित गरेको छ र समग्रमा ६-० को जित हात पारेको छ । पहिलो लिगमा म्यानचेष्टर सिटी ५-० ले विजयी भएको थियो ।

घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा सिटीका गोलकिपर जोए हार्ट सिजनमा पहिलो पटक फस्ट ११ मा परे । सिटीले बार्सिलोनाका क्लायडियो ब्राभोलाई अनुवन्ध गरेपछि हार्टले भने क्लब छाड्ने अनुमान गरिएको छ । सिटीका समर्थकहरुले खेलका क्रममा गोलकिपर हार्टको पक्षमा हुटिङ गरेका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया