यसकारण टिकेन ओली–प्रचण्ड गठबन्धन ?

काठमाडौं–२९ असार

आगामी सरकारले स्थायित्व प्राप्त गरोस् भन्ने मनसायसहित जारी संविधानमै त्यससम्बन्धी व्यवस्था गरिए पनि नयाँ संविधानपछिको पहिलो सरकार नै छोटो अवधिमै ढल्ने अवस्था आयो ।

सुधारिएको संसदीय व्यवस्था भनिने अहिलेका शासन प्रणालीमा सरकारले स्थायित्व प्राप्त गरोस् भनेरै प्रधानमन्त्रीविरुद्ध ६ महिनासम्म अविश्वास प्रस्ताव लैजान नपाइने संवैधानिक व्यवस्था छ ।

सहकार्य र गठबन्धनको संस्कारै कमजोर रहेको देशमा नयाँ सुंविधानपछि पनि किन अस्थिरताले निरन्तरता पायो त ? ‘प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अस्थिर चरित्रले,’ राजनीतिक विशेषक भन्छन्, ‘गठबन्धनका प्रमुख दुई नेताकै चरित्र टकराबले दुई दलबीच सत्ता सहकार्यनिम्ति भएको गठबन्धन ९ महिनामै टुटेको हो ।’

सरकारको नेतृत्व गर्दै आएको नेकपा एमालेले सहमति र समझदारी कार्यान्वयन नगरेको भन्दै एमाओवादीले मंगबार आफ्नो समर्थन फिर्ता लिँदै केपी ओली नेतृत्वको सरकारबाट बाहिरिने निर्णय लिएको हो ।

गठबन्धन बनाउँदा लिइएको दुबै दलबीच दीर्घकालमा पार्टी एकतासम्म हुने रणनीतिक साझेदारी पनि अल्पकालमै भंग हुन पुगेको छ । आजको नागरिक दैनिकमा खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया