यसकारण राजनीतिक सिन्डीकेट तोडौं !

लक्ष्मण गौतम
जब हामी भेटघाट हुँदा राजनितिक कुरा गर्छौ । तब हामी सबै भन्छौ–‘देश बिग्रियो यार, नेताहरुले देश सके । नेताहरु आफु आफु बने तर देश र जनता लुटे’ । आजको यो अवस्थामा नेकपाकै कतिपय अनुयायी एवं सुभचिन्तक मित्रहरु भन्छन् ‘यस्तो बेला पनि के भ्रष्ट्राचार गरेका होलान ? हाम्रो ब्यापार ब्यवसाय चौपट भैंसक्यो । तर हामीलाई जोगाउने राज्यको नीति खोई ?’ त्यस्तै खालका काँग्रेसजनहरु पनि भन्छन् –‘यत्रा–यत्रा काण्ड आउँदा पनि कांग्रेस किन चुप ? आज एमाले प्रतिपक्ष भएको भए २०५१ सालमा झै रेलिङ भाच्दै हिड्थे । कांग्रेसमा गतिलो नेतै भएन यार, यसरी त कांग्रेस सकिने भो’ । नेताको चाकडी गरेर जागिर खान पर्ने वा आफ्नो सक्षमताले नभई चाकडी गरेकै भरमा पद पाउनु पर्ने केही स्वार्थी कांग्रेसी बाहेक आज तमाम काँग्रेसीको मनमा उठेको प्रश्न नै यही हो ‘अब कांग्रेस सकिने भो’ ।

नेकपाले नराम्रो काम गरेकै भरमा जनताको आकर्षण काँग्रेसमा आउँछ भन्ने कुरामा पंक्तिकार पनि विस्वास गर्दैन । तसर्थ म यहाँ नेकपाको होइन् कांग्रेसकै कुरा गर्छु । मैले पद पाउनु पर्छ । म नेता बन्नुपर्छ । म अरु भन्दा माथि पुग्नुपर्छ । मैले पैसा कमाउनु पर्छ भन्ने कुरामा म विश्वास गर्दिन । म कांग्रेस बलियो हुनुपर्छ र यो देश कांग्रेस बाहेक अरुले बनाउन सक्दैन भन्ने कुरामा विश्वास गर्छु । त्यसैले मलाई कसैले बोकुन् वा पछारुन त्यसले कुनै अर्थ राख्दैन । म सधै आफुले देखेको सत्य कुरा बोल्ने प्रयत्न गर्ने छु । र, तपाईं हाम्रो पार्टी नेपाली कांग्रेस बलियो हुनु पर्दछ भन्ने बिचार बोकेर हिंड्ने कोशीस गर्नेछु । कांग्रेस कमजोर हुनु भनेको देश सकिनु हो । देशको कुरा छाडौ केही दिन अघी बुटवलमै २ हजार भन्दा बढीको भिड सडकमा उत्रियो र त्यो भिड मात्र एउटा मुद्दाले उढाएको थियो । मुद्दा थियो कोरोना भित्रको भ्रष्ट्राचार । यहाँ मैले भन्न खोजेको कुरा के हो भने जब मुद्दा ठीक हुन्छ । तब पब्लिक आफै पछि लाग्छन् । तसर्थ हामी नेपाली कांग्रेस आफ्नो स्वार्थ छाडेर देश र जनताका मुद्दा बोकेर हिंड्नुको बिकल्प छैन ।

२०४६ सालमा प्रजातन्त्र आउँदा म १० बर्षको थिए र त्यो बेला मैले देखेका उनै नेता आज पनि पार्टीको शिर्ष स्थानमै छन । सबै पार्टीको यही अवस्था छ । तर मैले माथि नै लेखेझै म अरु पार्टीको कुरा गर्दिन । किनकी म कांग्रेस अरु भन्दा फरक होस् र कांग्रेस अरु भन्दा बलियो होस भन्ने सोच राख्छु । बिकसित देशहरुको कुरा गर्ने हो भने कुनैपनि नेता २ कार्यकाल भन्दा बढी कुनैपनि पदमा बस्दैन । र, पो पार्टीमा नयाँ नयाँ मान्छे अनि नयाँ नयाँ सोचले ठाउँ पाउँछ । २०४६ सालमा प्रधानमन्त्री वा मन्त्री बनेको मान्छे फेरी २०७६ सालमा प्रधानमन्त्री वा मन्त्री बनी रहँदा देश र जनताले त्यही चाउरी परेको अनुहार र त्यही पुरानो सोच बाहेक अरु के पाउँछन ? तसर्थ राजनीतिमा पुस्ता हस्तान्तरणले महत्वपूर्ण अर्थ राख्छ । अब प्रश्न उठछ नयाँ अनुहार किन नआएका हुन त ? के नेपालको नयाँ पुस्ता राजनीतित गर्न योग्य नै छैन ? यसमा मेरो जवाफ हुन्छ –‘होईन नयाँ बिचार भएको योग्य नयाँ पुस्तालाई आउनै नदिएको हो’ ।

हरेक क्षेत्रमा झै नेपाली राजनीतिमा पनि सिन्डीकेट छ र यहाँ राम्रो बिचार भएका योग्य ब्यक्तीलाई वडामै च्यापेर माथि उठनै दिईन्न । लाटो देशमा गाँडो तन्नेरी भनेझै असक्षम, अयोग्य मान्छेलाई माथि लगेर ३० औ बर्षदेखी आफ्नो राजनीति सुरक्षित गरिएको छ र आज देश बन्न नसक्नुको प्रमुख कारण नै यही राजनितीक सिन्डीकेट हो । तसर्थ यदी देश बनाउने, पार्टी बनाउने हो भने यो राजनीतिक सिन्डीकेट तोड्नुको बिकल्प छैन । हिजो १८–१८ घण्टा सम्म लोडसेडिङ हुने देश यही हो । तर आज के त्यो अवस्था छ त ? उर्जा माफियाहरुले कुलमानलाई सिध्याउने कति कोशीस गरे । तर सफल भएनन् र त आज तपाई हामी उज्यालोमा बस्न पाईएको छ । एक जना कुलमानले नेपालको बिद्युतिय क्षेत्रमा परिवर्तन ल्याउन सक्छन् भने के तपाई हामी ईमान्दार भएर लाग्ने हो भने यहाँको राजनीतिक सिन्डीकेट तोड्न नसकिएला त ? अब पनि हामी हाम्रो सानो स्वार्थमा बिकीरहने हो भने भोली हाम्रा सन्तान पनि तेही खाडी,मलेसिया,भारत,युरोप,अमेरिका,अष्ट्रेलियाका गल्लीहरुमा भड्किन वाध्य हुने छन् । तसर्थ सँगठित हांै र राजनीतिक सिन्डीकेट तोडौं ।

गौतम नेपाल तरुण दल रुपन्देही जिल्ला सदस्य हुन्
प्रकासित मिति २०७७–३–९

फेसबुकबाट तपाईको प्रतिक्रिया