यसरी हुदो रहेछ आर्थिक चलखेल गर्दै सेटिङमा विदेशीलाई भिसा !

काठमाडौँ १४ अशोज
अध्यागमन विभागबाट विदेशीलाई प्रवेशाज्ञा (भिसा) दिने प्रक्रियामा रकर्ड नै नराखी आर्थिक चलखेल गरेको पाइएको छ।
असोज ६ गते साउदी अरेबियन नागरिक अल्जरिन्द मोहमद हुसेनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानास्थलस्थित अध्यागमन कार्यालयले उनेको गैरपर्यटकीय प्रवेशाज्ञा शंकास्पद पाएको भन्दै प्रस्थान अनुमति पाइसकेपछि पक्राउ गर्दा त्यहाभित्रको विकृति र आर्थिक चलखेल छाताछुल्ल भएको खबर आजको अन्नपूर्णमा छापिएको छ।
अध्यागमनका केही कर्मचारीले हुनेसनलाई सेटिङमा भिसा दिएपछि त्यसको रेकर्डसमेत अध्यागमनमा नराखेको पाइएको छ ।
हुसेनले वयानका क्रममा आफूले भिसा लिँदा ८ सय अमेरिकी डलर तिरकेो बताएका छन् । तर भिसावापतको रकम कर्मचारीले दाखिला गरेका छैनन् ।
हुसेनले लिएको भिसाको अध्यागमनमा कुनै रेर्कडसमेत छैन । रेकर्ड नै नभएका हुसेनलाई विमानस्थल अध्यागमनका एक अधिकृतले विभागकै सेटिङमा प्रस्थान अनुमति दिएका थिए । अध्यागमन पार गरेर विमान चढ्ने क्रममा हुसेनलाई अध्यागमनका अधिकारीले पक्राउ गरेको स्रोतले बताएको छ ।
हुसेनलाई पठाउन विभागका केही कर्मचारीले विमानस्थल अध्यागमनका एक अधिकृतसँग सेटिङ मिलाएको स्रोतले बताएको छ । पैसामा कुरा नमिलेकाले सेटिङमा प्रस्थान अनुमति दिएका अधिकृतले हुसेनलाई पुनः अध्यागमन डेस्कमा बोलाएपछि होहल्ला भएको स्रोतले बताएको छ । अध्यागमनले हुसेनको प्रस्थान अनुमति रद्द गरी विभाग पठाएको छ । हुसेनसँग अध्यागमन कर्मचारीले मिलोमतोमा भिसाबापत आठ सय डलर र रेकर्ड नै नभएको भिसाबाट उडाएबापत थप केही सय डलर बुझेको स्रोतले बतायो ।
हुसेनले लिएको भिसाको रेकर्ड र भिसा शुल्कबापत तिरेको रकमको अध्यागमनसँग हिसाब छैन । एक वर्षको नन टुरिस्ट भिसाबापत ७ सय ४० अमेरिकी डलर तिर्नुपर्छ । हुसेनले लिएको ००१९५५ नम्बरको भिसाको रेकर्ड अध्यागमनमा नदेखिए पनि स्टोर शाखाले उक्त भिसा स्टिकर गैरपर्यटकीय भिसा शाखालाई दिएको पुष्टि भएको छ । नन टुरिस्ट शाखाका कर्मचारीले हुसेनलाई कुन प्रयोजनमा गैरपर्यटकीय भिसा दिएको भन्नेसमेत खुलेको छैन । नेपालमा विवाह वा अन्य कुनै काम गरेर बस्नुपर्ने विदेशीलाई नन टुरिस्ट भिसा दिने व्यवस्था छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया