यस्ता छन् पौडेलका चार प्रस्ताव

काठमाडौँ ७ श्रावण

१. बजेटआश्रित विधेयक पारित गराउने

संसद्मा १५ जेठमा आर्थिक वर्ष ०७३/७४ को बजेट पेस भएको थियो । विनियोजन विधेयक सदनबाट पारित भएको छ । बजेटआश्रित राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक र आर्थिक विधेयक सदनबाट पारित हुन बााकी छ । यी तीन विधेयक पहिलो चरणमा पारित गराउने प्रस्ताव छ ।

२. अविश्वास प्रस्ताव फिर्ता लिने

दोस्रो चरणमा प्रधानमन्त्री केपी ओलीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने विकल्प छ । कांग्रेस, माओवादी केन्द्र र नेकपा संयुक्तले संसद्मा २९ असारमा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

३. प्रधानमन्त्रीले तत्काल राजीनामा दिने

बजेटआश्रित विधेयक पारित र अविश्वास प्रस्ताव फिर्ता भएपछि तेस्रो चरणमा अल्पमतमा परिसकेका प्रधानमन्त्री केपी ओलीले राजीनामा दिने प्रस्ताव गरिएको छ ।

४. नयाँ सरकार गठन प्रक्रिया सुरु गर्ने

प्रधानमन्त्री ओलीले राजीनामा दिएसँगै नयाँ सरकारको निर्वाचन प्रक्रिया पनि एकसाथ अगाडि बढाउने प्रस्ताव छ । प्याकेज सहमतिअनुसार सरकार गठन र संविधान कार्यान्वयनमा एमालेले पनि सहयोग गर्नुपर्ने पौडेलको प्रस्ताव छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया