यी दलहरु जो सरकारमा जान ठूलो दौडधुपमा छन्

काठमाडौं १६ भदौ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिपरिषदमा कांग्रेस, माओवादी केन्द्र, राप्रपा र नेकपा संयुक्तका नेता सहभागी छन् ।  सरकारलाई समर्थन भने १६ दलले गरेका छन् ।

प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेका संघीय गठबन्धनमा आबद्ध मधेसी दलले सरकारमा तत्कालै नजाने बताएका छन् । फोरम लोकतान्त्रिक उपप्रधानमन्त्रीसहितका मन्त्रालय नपाएपछि सरकारबाहिरै छ । साना मन्त्रालय मात्र प्रधानमन्त्रीसँग रहेका कारण ती मन्त्रालयमा फोरम लोकतान्त्रिक जाने सम्भावना कम छ ।

प्रधानमन्त्री कार्यालयसहित ३१ मन्त्रालयमध्ये अहिले बााकी चार मन्त्रालयमा साना दलका नेताहरू मात्र जान सक्ने अवस्था छ । तर, एक–दुई सिट भएका साना दललाई मन्त्रालय दिने–नदिनेमा प्रधानमन्त्री अनिर्णीत छन् ।

‘प्रधानमन्त्रीले बााकी चार मन्त्रालयमा कुन पार्टीका कसलाई मन्त्री दिने भन्नेमा अहिले खासै छलफल गर्नुभएको छैन,’ प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाआबद्ध दलहरू तत्काल सरकारमा जाने मनस्थितिमा छैनन् । उनीहरूले संविधान संशोधनपछिको चुनावी सरकारमा भने सहभागी हुनसक्ने बताएका छन् ।

मोर्चामा आबद्ध सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने, ‘मधेसी मोर्चा सरकारमा सहभागी हुने सम्भावना छैन ।’ अहिले खाली रहेका चारवटा मन्त्रालय पनि मोर्चाका लागि पर्याप्त छैनन् ।  भने, ‘तत्काल मन्त्रिपरिषद् विस्तार भइहाल्छ भन्ने देखिएको छैन ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया