युगकवि र जूवा कविता

स्वयम्भू शाक्य

मनुष्यको जीवन अनौठो छ । यो अनौठोभित्र धेरै कुराहरू बुझ्न गा¥हो छ । आकाशको तारा जस्तो, जुनेली रातको शीत जस्तो, महासागरको गहिराई जस्तो, आकाशको क्षितिज जस्तो कस्तो कस्तो गन्दा गन्दैं हराए जस्तो यो जीवन आपैंmमा के हो ? बुझ्न कठिन छ । जन्म र मृत्युको संगममा थुप्रैं दिन र रातको कथा छ । आगो र पानीको ब्यथा छ । हो शत्रु कहिल्य पनि आप्mनो हुन सक्दैन । तैपनि युगकवि सिद्धिचरण श्रेष्ठले वैरीलाई पनि किन हाम्रो भनिएको होला ? हिजो त मित्र थिएँ । आज किन शत्रु भए ? हिजो त शत्रु थिए तर आज किन मित्र भए ? त्यसैले आकाश जस्तो मन लिएर जन्मेपछि शत्रु नैं किन नहोस् उसको पनि भलो होस् भनी हामीले चिताउनु पर्छ ।
भनिन्छ, धेरै शत्रु रगतको नातामा पलाउँदोरहेछ । तिम्रो प्रगति हेर्न नसकेर, तिम्रो उन्नति सुन्न नसकेर, प्रतिस्पर्धामा सधैं हारेर भूसको आगो बले भैंm शीतयुद्धले शत्रुको जन्म हुँदोरहेछ । शत्रु आपैmमा घिन लाग्दो शब्द हो । यो घिन लाग्दो शब्दभित्र प्रतिशोधको व्यापार हुन्दोरहेछ । आज मरे भोलि दुई दिन भने पनि मनभित्र किन प्रतिशोधको भावना जन्मिरहन्छ ? सरल अनि निर्मल भएर मान्छे किन बाँच्नलाई गा¥हो मानिरहेछ ? बैरीले हाम्रो चित्तलाई छिया छिया पारेर, काटेर, फलेर अनि कोमल अङ्गलाई काम नलाग्ने बनाएर किन सधैं कमजोर पार्छ ? कमजोरीलाई लुछ्ने मात्र होइन, कमजोरीलाई फोर्ने मात्र होइन, कमजोरीलाई दार्ने पनि किन भैरहेछ ? त्यसैले वैरी प्राणीहरूका लागि विष जस्तो हुँदोरहेछ । विषादी शिशीमा बिर्को नराखे गन्धले पनि प्राणीहरूलाई मार्दोरहेछ ।
हाम्रो महाशत्रु जुवा हो भनी थाहा पाउँदा पाउँदै हामी किन जुवाप्रति आक्रषित हुन्छौं ? अनुचित र हानीकारक छ भनी थाहा पाउँदा पाउँदै हामी किन जुवा खेल्छौं ? रीसको ज्वाला भनी थाहा पाउँदा पाउँदै क्रोधको अग्नीमा हामी किन होमिन पुग्छौं ? महारिपु भनी थाहा पाउँदा पाउँदै शत्रुको काखमा हामी किन सुत्छौं ? त्यसैले जो बुद्धिमानी छ उसले कहिल्यै पनि जुवा खेल्दै खेल्दैन । चाहे लाभ नै किन नहोस् कुखेलमा मान्छेले इच्छा राख्नु हुँदैन । आउनुस् भनेर जति बोलाए पनि इच्छानुसार जति खुवाए पनि हाम्रो आँखाले जति बाटो सफा देखे पनि आखीर ईंटाभट्टामा लगेर एकदिन हामीलाई आगोको मुस्लोमा हाल्ने छ । जुवाले आप्mनो इच्छा पूरा गरेर मनुष्यलाई सुलीमा चढाउँने छ । त्यसैले युगकवि सिद्धिचरण श्रेष्ठले आप्mनो मनको बह यसरी पोख्दछन् ।
हाम्रो महारिपु विदारक चित्तलाई
क्रोधादिको प्रिय जुवा भनि जान भाइ
खेलेर लाभ कति छैन जुवा कुखेल
तस्मात् अवश्य प्रिय वर्ग, जुवा नखेल ।
जो बुद्धिमान नर हो त्यसले कदापि
खेल्दैन निश्चय जुवाकन लाभ ठानी
यस दुष्टले हृदय खिन्न तुल्याइ ज्यादा
आ आ भनी विविध आपत दिन्छ सौदा ।
खाडल डरलाग्दो हुन्छ । बाटोमा हिँड्दा हिँडदै कतै खाडलभित्र खस्छ भनी डराउनु पर्ने हाम्रो बाध्यता छ । कहिले उम्किन नसक्ने, भोक भोकैं मृत्युलाई अङ्गाल्नु पर्ने त्यो विवर्शता भित्र मान्छेको जीवन चकनाचुर हुनेछ । त्यसैले हे मित्र हो, वैरीरूपी त्यो जुवाले हाम्रो हिम्मतलाई छिन्नभिन्न मात्र होइन् सोच्नैं नसक्ने खाल्टोमा जाकेर ढुङ्गा र माटोले पुरिदिन सक्छ । लोभले लाभ लाभले बिलाप भने भैंm त्यो लोभी मनलाई कहिल्यैं नचुड्ने फलामको डोरीले बाँडेर घिसारेर पनि लान सक्छ । पापीको संज्ञा दिएर मान्छेहरूले धिक्कार्न खोज्छ । परिवारलाई दुःख दिएर त्यो दुःखको आँशुले तड्पी तड्पी मर्नु पर्ने हुन्छ ।
मर्नु, जन्मको अर्को रूप हो । यो जुनीबाट बिदा भएर अर्को जुनीमा बाँच्नु हो । त्यसैले यो जुनीमा हामीले राम्रो काम गर्नु पर्छ । नराम्रो होइन । मृत्युको बेला यो आत्मा दुःखी भएर जानु भएन । यो त स्वभाविक प्रकृया हो । नदीले निद्रा लाग्यो भनेर कहिल्यै सुत्दैन । दिनले अब म आउँदिन भनी कहिल्यैं बिदा हुँदैन । यो त निरन्तर पृथ्वी प्रलयकाल नहुन्जेलसम्म चलिरहने प्रकृया हो । आगो तातो भएर आप्mनो धर्म निभाउन खोज्छ । पानी तिर्खा लागेको बेला प्यास मेटाउँन पिउँने गरिन्छ । त्यसैले हामी बैरीसँग हिँड्न होइन । बैरीलाई त दोबाटोमा भुलाएर हामी आप्mनो बाटो लाग्नुपर्छ । होइन भने तिमी युधिष्ठिरलाई सोधेर हेर, जुवा के हो भनी सकुनीलाई पनि बुझेर हेर, संसारको अगाडी चिरहरण हुने सीतामाताको त्यो कालखण्डलाई पनि सम्झेर हेर, जुवा के हो ? जुवा भित्र के हुँदोरहेछ ? एउटै परिवारभित्र रगतको होली खेल्दोरहेछ । त्यसैले जुवा पाजी हो । यो पापीलाई हामी सबै मिलेर तिलाञ्जली दिनु पर्छ । सदा सदाका लागि जुवालाई हामीबाट बिदा दिनुपर्छ ।
हे मित्र, हिम्मत पनि सब छिन्न पार्छ
हाम्रो शरीरकन खाडल भित्र जाक्छ
लोभादि रञ्जु गरि इन्द्रिय चित्त बाँधी
पापी तुल्याउँछ अनि यसले नछाडी ।
वेश्यासरी बुझ जुवा पनि दर्जनीय
यो दुष्ट हो प्रिय सखे ! अति शोचनीय
हामीहरू सब मिली यस पाजिलाई
आओ तिलाञ्जली गरौं दिल उच्च पारी ।
जुवा खेल्नु लोभ बढ्नु हो । एउटाको जीत अरु सबैको हार हो । त्यसैले यो जीत र हारमा प्रतिशोधको भावना हुन्छ । नजितेसम्म आप्mनो सर्वोस्व नहारेसम्म त्यो आँखाले यो आँखालाई देख्नै सक्दैन । मोहनी लगाए जस्तो एकहोरो भएर तन्त्रमन्त्रले मान्छेलाई तानेर लगे जस्तो न भोक लाग्छ न प्यास लाग्छ । ऊ त एउटा कुरामा आँखा भएर पनि अन्धो भैंm हिँडिरहन्छ । न यता न उता कता कता बाटो हराएर रन्नभूलमा परेको मान्छे जस्तो हुन्छ । कुहिरोको काग जस्तै हुस्सुले छोपेको डाँडा जस्तै न घाम लाग्छ न पानी पर्छ । न दिन हुन्छ न रात पर्छ । ऊ त मस्त बाटोमा सुतेको मान्छे जस्तो न पीर छ न लाज छ । लोकलाज के हो भनी थाहा नपाउने मान्छेलाई मान्छेको रूपमा हामीले कहाँ लिन सकिन्छ ? केवल आप्mनो मात्र अहित होइन घरपरिवारलाई पनि भूमरीमा पारेर दुःख दिनु मान्छेको नियतमा ठूलो प्रश्न चिन्ह खडा हुन्छ । त्यसैले आपूm जित्नु अरुलाई हराउनु हो । जुवा खेलेर अर्काको सम्पत्ति थुपार्नु हो । घरपरिवारले खाई नखाई जोगाएको सम्पत्ति एकै छिनमा गुमाउनु शनिश्चरको दशा लाग्नु हो । आप्mनै परिवारभित्र आँखाको लागि आँशु मुटुको लागि व्यथा दिनु हो । त्यसैले मैले जितेर मात्र होइन तिमीले पनि जित्नुपर्छ । मैले जित्दा तिमीलाई के हुन्छ ? तिमीले जित्दा मलाई के हुन्छ ? यो त आगो जस्तै हो । मलाई पोल्ने आगोले तिमीलाई पनि पोल्न सक्छ । तिमीलाई पोल्ने आगोले मलाई पनि पोल्न सक्छ ।
मान्छे पागल बन्न केही बेर लाग्दैन । कुबाटोमा लागेर जीवन बरबाद भएको यो मुटुले हेर्न नसकेपछि, मन र मस्तिष्कमा तार चुडेर काम नलाग्ने भएपछि , आँशुले जिउँदै मान्छेलाई पोल्न थालेपछि , समाजले त्यसलाई धिक्कार्न थाले पछि मान्छे पागल हुन कतिबेर लाग्छ र ? मान्छेले आप्mनो बाटो बिराए पछि बाँच्नुको अर्थ के हुन सक्छ र ? आप्mनैं अहितमा आपैmले नै काम गरेपछि आप्mनै खुट्टामा अपैmले नै बन्चरोले हाने पछि जुहारीले भीख मागेर खाएको पनि हामीले हेर्नु पर्छ । आपैm जीवनमा एकछाक खानको लागि कसैले देला कि भनी आशैं आशमा बाँच्नुपर्छ । धिक्कार छ त्यस्तो जीवन जसले कुलतमा लागेर जीवन बरबाद पारेको छ । धिक्कार छ त्यस्तो जीवन जसले आप्mनो परिवालाई आगोमा होम्न खोज्दैछ । धिक्कार छ त्यस्तो जीवन जसले बाँच्नु भन्दा मर्नु नैं जाती छ । धिक्कार छ त्यस्तो मान्छे जसलाई ईश्वरले पनि देख्न नपरोस् भनी आँखा चिम्लेर बसेको छ ।
खेल्दा जुवा जनहरूकन लोभ बढ्छ
जित्यो भने अरुहरूकन दुःख हुन्छ
हा¥यो भने हृदय आप्mनु दुःखी गराई
आप्mनै गरि अहित बस्नु गधा जनाई ।
कैय्यन मनुष्य भवमा यसले गरेर
सिल्ली बनेर मन माफिक गर्छ हेर
कोही गएर परको घर मागिहिड्छ
देला कि केहि भनि आशा गरि रहन्छ ।
जुवा जितेर के गर्नु ? त्यो धन–सम्पत्ति त लुटेर ल्याएको पापको कार्य हो । जुवा खेलेर के गर्नु ? अर्काको रगत र पसिनालाई आप्mनो भनी के भन्नु ? अमंगल जुवा खेलेर हामीले के पाउँनु ? मंगलै नभएको बस्तु घरमा के भित्र्याउँनु ? अशान्ति र कलहलाई घरमा राखेर के गर्नु ? जब कि सुख र शान्ति परिवारमा छैन भने के पाउँनु ? त्यसैले हामीले केही पाउँनका लागि केही दिनु पर्छ । दिनभरी मेहेनत गरि कमाएको पैसाले मान्छेलाई सुख र शान्ति प्राप्त हुन्छ भने हे भगवान् मान्छेलाई तिमी किन लोभी बनाउँछौं ? बिन्ति तिमीले बनाएको त्यो लोभीपापी मनलाई जरैदेखि उखालेर सदाका लागि आजैबाट फालेर दुनियाँलाई चकित पारिदेऊ । त्यसैले जुवा नखेल प्रिय त्यो त कुखेल हो । लुटेरा हो ।जुवारी हो । अलच्छिन हो । अमंगल हो । पापी हो । अनैतिक हो । फोहोर हो । हत्यारा हो । आँशु हो । समग्रमा त्यो त नरभक्ष हो ।
हामीलाई त्यस्तो मान्छे चाहिँदैन, जसले मान्छेले मान्छेलाई खान खोज्छ ? हामीलाई त्यस्तो मान्छे चाहिँदैन जसले मान्छेको दुःख र ब्यथालाई कहिल्यै पनि बुझ्न खोज्दैन ? यो त पापीहरूको कुरो हो । पाप हामीलाई चाहिँदैन किनकी पापीले जगत्लाई कहिल्यै उद्धार गर्नै सक्दैन । म भन्दा अरु कोही ठूलो छ भनी कहिल्यैं सोच्नै सक्दैन ।खोलामा जतिसुकै पानी निकाले पनि कहिल्यै पनि खाडल हुँदैन । यो त हिउँ जस्तो चिसो कथा हो । हिउँ पग्लेर पानी बने पछि, मन पग्लेर दानी भए पछि, यो संसारमा के चाहियो र ? जसरी खोलामा मन लाग्दो पानी लिए पनि खोला कहाँ सुक्छ र ? यो त इनारको पानी हो । शुद्ध आत्माभित्र गहिरो माया बसे पछि मान्छेले कहाँ बिर्सन सकिन्छ र ? त्यसैले भनिन्छ, सत्यलाई आगोले भष्म पार्न सक्दैन । सत्य सत्य हो । सत्य कहिल्यै मरेर जान्दैन । यो त संसारको प्रतीक हो । अटल विश्वासमा बाँधिएको सिक्री हो । जहाँ असत्य छ त्यहाँ सत्य पनि जन्मेको हुन्छ । जहाँ सत्य छ त्यहाँ असत्यले पनि राज्य चलाउँन खोज्छ । त्यसैले जुवा असत्य हो । यो गतिलो होइन । मान्छेलाई अधोगतितिर लाने मार्ग हो । अध्यारोमा सुरुङ्ग भित्र राखेर आपूmले भने जस्तो मान्छेलाई चलाउँने दानव हो ।
जुवा विश्वासै गर्न नसक्ने ठग र बेइमानीहरूको झुण्ड हो । इन्द्रजालले फसाए जस्तो जे देख्दा पनि त्यही ठीक लाग्ने घिनलाग्दो खेल हो । त्यसैले जुवा कहाँ जनहित हुन सक्छ र ? गतिलो नभए पछि अधोगतितिर नगए कहाँ जान्छ र ? मनले नमाने पछि मुखले कहाँ खान सक्छ र ? विश्वास नै नभएको जुवारीलाई कसले पो विश्वास गर्छ र ?
जित्नु जुवा लुटिलिनू सरि पाप कार्य
तस्मात् नखेल प्रिय वर्ग, जुवा नखेल
भाई, अमङ्गल जुवा सुन बिन्ति मेरो
एकै भनी बुझ जुवारी अनि लुटेरो ।
जस्तै झिकेर जल खाडल हुन्न खोलो
खेली जुवा जन हुँदैन कुनै गतिलो
लुच्चा ठगा जनहरू बहुधा जुवारी
विश्वास क्यै पनि नगर्नु जुवारीलाई ।
जुवारीलाई धनको भिखारी भनिन्छ । किनकि उसको आँखाले जहिले पनि अर्काको धन सम्पत्ति खोजिरहेकै हुन्छ । वास्तबमा सम्पत्ति हामीहरूलाई धेरै आवश्यकता छैन । धेरै आपैmमा नराम्रो हो । चिनी पनि तितो भए जस्तो भाँडोमा नअतिए पोखिने गर्दछ । त्यसैले हामीलाई सम्पत्ति त्यति मात्र भए पुग्छ जति हामीलाई आवश्यकता होस् । आवश्यकता भन्दा बढी भएमा लोभले लाभ लाभले बिलाप भए भैंm आप्mनै परिवार गुमाउँनु परेको पीडा कति कष्टकर हुन्दो हो ? त्यसैले चाहिने भन्दा बढी भए पछि, पोख्नु बाहेक अरु के पो हुन सक्छ र ? आवश्यकता भन्दा बढी भए पछि मान्छे बिग्रनु बाहेक कहाँ सप्रिन्छ र ? त्यसैले जुवारीले धनको लोभमा भिख मागेर खानुमा हामीलाई कुनै आश्चर्य छैन । यो त नीति नियमको कुरो हो । सीमाना भन्दा पर गए पछि, भाँसिएको ठाउँमा खुट्टा हाले पछि, नीति नियम भन्दा बाहिर गए पछि, लोभै लोभमा सानो चित्त भई मत्ति बिग्रेर कुलतमा लागे पछि त्यो मान्छे भिखारी नभए कसरी अमिर बन्न सक्छ ? विश्वास टुटेर, विश्वास गुमाएर सबैको अगाडी नाङ्गै भए पछि बाँच्नुको अर्थ के हुन सक्छ र ? त्यसैले ऊ निर्बल छ । जसको आँतमा शक्ति छैन । कुहेको काठ जस्तो भित्र–भित्रै मक्किसकेको छ । जतिसुकै बलियो भए पनि केहि क्षणमा शक्तिहिन भएर निर्बल भएर ढलिहाल्छ नी ? क्रोधले क्रोधित भए पछि, रीसको आगो मनभित्रैं दनदनी बलेपछि, त्यस्तो मान्छेलाई यो संसारमा कसले विश्वास गर्छ र ? आपैm सल्केर खरानी भएको मान्छेलाई फेरी किन दीपमा लगेर सल्काउँनु प¥यो नि ? त्यसैले जुवारी क्रोधी हो । निर्बल, तुच्छ अनि अविश्वासी हो । भिख मागेर हिँड्ने धनको लोभि हो । अशक्त भएर जताततै लडेर हिँड्ने बेइमानी हो ।
मनुष्यको जूनी धेरै नै बिचित्र छ । यो बिचित्र भित्र थुप्रै चित्रहरू कोरेको छ । कहाँ, कसले कोरेको हो थाहा छैन ? यहाँ त आप्mनै नातामा रगत चुसिन खोज्छ । सानोलाई ठूलोले निर्मम यातना दिई आप्mनो काबुमा राख्न खोज्छ । दास जस्तो कसैको इच्छामा हिँड्नु पर्ने । लाश जस्तो कसैको इच्छामा जल्नु पर्ने यो कस्तो नियती हो, ईश्वरले पनि बुझ्नै नसक्ने ? जालमा माछा फसे जस्तो मान्छे महाजालमा फस्दैछ । कसैको पासोमा नचाहँदा नचाहँदै कोही आत्महत्या गरि मर्नेछ । कुल्चेर अङ्गभङ्ग पारेपछि जीवनभरी कसैले यातना दिनेछ । त्यसैले यो मान्छेको जीवनमा बाँच्न गा¥हो छ । आँशुलाई तुच्छ ठानी सबैको मूल्य अवमूल्यन गर्दैछ । हा, हामीले जुवालाई तिलाञ्जली दिनैपर्छ । न कि जुवाले हामीलाई तिलाञ्जली देओस् ? यो त आ–आप्mनो कुरो मात्र होइन । यो विचित्र संसारको कहानी हो । राम्रोलाई राम्रो भन्न सक्नुपर्छ । नराम्रोलाई नराम्रो भन्न सक्नुपर्छ । कसैको लैलैमा लागेर होइन । कसैको लोभ लालचमा हिँडेर होइन । सत्य सत्य हुनुपर्छ । कुलतलाई हामीले जिउँदो लाश हुनु भन्दा अगावै तिलाञ्जली दिनै पर्छ । चिहानमा राखेर लाशलाई आगो सल्काए जस्तै यो मान्छेको मनभित्र पनि चिहान बनाई यो कुलतलाई आ–आपूmले जलाउँन सक्नुपर्छ । त्यो त्यही ठाउँ हो । जुन ठाउँलाई ठाउँविषे भनिन्छ । त्यो ठाउँमा त हामी भुलेर पनि जानु हुँदैन । आप्mनो जीवनलाई माया गर्ने मान्छेहरू त्यो ठाउँलाई त आँखाले पनि हेर्नु हुँदैन । आखीर विष न हो । विष पिएर अमृतको काम कहिल्यै हुँदैन । यो त आपैmले बुझेर टाढा बस्नु पर्ने कुरो हो । आप्mनै जीवनलाई चाँडै तिलाञ्जली देला भनी हामी सबैले बुझ्नु पर्ने कुरो हो । त्यसैले आज मैले जे रोपे भोलि त्यसको फल खाने हो । राम्रो–नराम्रो आपूmले जस्तो कर्म ग¥यो त्यसैको फल भोग्ने हो ।
मनलाई चोखो बनाई राख्नु पर्छ । हरियो दुबो रोपी समय समयमा पानी दिन सक्नुपर्छ । नत्र यो पापी मन लोभ लालचमा फसेर सदाका लागि कुलतमा फस्ने सम्भावना धेरै हुन्छ । चाहँदा नचाहँदै किन हो कुन्नी यो लोभी मनले मान्छेको जीवन किन फसाउँन खोज्छ ? बुझ्दा बुझ्दै पनि किन हो कुन्नी यो लोभी मनलाई मोहनी किन धेरै लगाउँछन् ? थाहा नभएर के भो ? थाहा दिएर पनि यो लोभी मन किन कुलतमा आशक्त हुन्छन् ? गुलियो होइन, तितो भएर पनि, किन तितोलाई नै गुलियो छ भनी पिउँन खोज्छन् ? धिक्कार छ तिमीलाई यो अमूल्य जीवन किन खेर फाल्छौं ? सोच आज हिजोको जस्तो होइन । सोचमा अलि तिमीले परिवर्तन ल्याईदेऊ ।
क्रोधी र निर्बल अनि धनको भिखारी
हुन्छन् अशक्त अति प्राय सबै जुवारी
हाम्रो मनुष्य जूनीमा बढिया बिचित्र
जल्ले जुवाकन तिलाञ्जली दिन्छ मित्र ।
यो खेल खेल्छ जुन ठाउँविषे मनुष्य
जाँदे नजानु त्यस ठाउँविषे अवश्य
तिम्रो पनि हृदय लोभी भएर जाला
लोभी बनीकन तिमी यसमा फसौला ।
हामी लोभी भएर अर्काको सम्पत्तिमा आँखा लगाउँनु ब्यर्थ छ । किनकि हामीलाई थाहा छ अर्काको सम्पत्तिमा चिहाएर हेर्नु पाप हो । दृष्कृति हो । भयाबह क्रुर कार्य हो । भनिन्छ, पाप धुरीबाट कराउँछ । घुमिफिरी रुन्जाटार भने जस्तै समयचक्रले कुनै दिन आपैmमा पनि बज्रपात हुन सक्छ । हिजो अरुलाई सरापेको आज आपूmलाई परे जस्तै यो त डरलाग्दो कुरो हो । त्यसैले अर्काको रगत र पसिनाको सम्पत्तिमा आँखा गाड्नु पाप हो । जिउँदै जलाएर कसैको सम्पत्ति हात पार्नु जस्तै हो । त्यसैले हे भगवान् ! यस्तो घिनलाग्दो सोचको जन्म कहिल्यै नहोस् । अर्काको के छ भन्ने हाम्रो मनमा कहिल्यै नपलाओस् । फाटेको नै किन नहोस् आप्mनै मात्र प्यारो होस् । अर्काको सम्पत्तिमा जिन्दगी भर कहिल्यै पनि आँखा नपरोस् । हामीले नराम्रो होइन सधैं राम्रो मात्र सोच्नु पर्छ । ताकि ईश्वरले पनि एक दिन हामीलाई वरदान दिन बाध्य होस् । सृष्टिको यो अनुपम उपहारमा हामी मान्छेहरूको प्रत्येक अङ्गअङ्गहरूले सृष्टिको चाहनानुसार काम गर्न सकोस् । मन चोखो मात्र बनाएर हेर, मन निर्मल मात्र बनाएर हेर, मन धर्मकाँटा जस्तो बनाएर हेर, मन खोला जस्तो मात्र बनाएर हेर त्यसभित्र के छ ? आपूmले आपैmलाई खोजेर हेर ? के रहेछ अनि के हुनु पर्ने हो ? कतै हामी ब्यर्थ समय फालेर पश्चाताप हुने त होइन् ? त्यसैले हामीले अङ्कगणितमा हिसाब गर्दा यसमा धेरै फाइदा छ । असारमा धान रोपे जस्तै मुठ्ठीबाट पाथी फले जस्तै मलाई मात्र होइन तिमीलाई पनि चाहिन्छ । सुख र शान्तिको लागि आप्mनै परिश्रमले पेटभरी खान लाउँन पुग्नु पर्छ ।
यो कुरा सत्य हो । जुवाले आज मात्र होइन इतिहासको कालखण्डमा थुप्रैं डरलाग्दो घटना भएको छ । बिग्रिएर, भत्किएर, मासिएर अनि मात्तिएर मनुष्यको जीवन ब्यर्थै भाँसिएको छ । केही गर्नु पर्ने यो जीवनमा देखेको, सुनेको अनि भोगेको कुराले हामी आपैm सचेत हुन नसके कालखण्डले हामीलाई धिक्कारेर विवेकहिन प्राणी भनिने छ । त्यसैले यो डरलाग्दो अनि भयङ्कर घिनलाग्दो जुवालाई हामीले छोएर होइन फालेर यथार्थसँग आत्मसाथ गर्न सक्नु पर्छ । जसले जुवासँग प्रेम गर्छ उसलाई हामीले मुख्याईको संज्ञा दिई यथार्थ बुझाउनु पर्छ ।

लोभी बनेर अरुको धन हर्नु ब्यर्थ
हो पाप, दुष्कृति, भयावह क्रुर कार्य
निष्पक्ष साथ मन निर्मल पार्न छोडी
के फायदा छ गुण यस् कृतिबाट हाई ।
बिग्रीसके कति मनुष्य परी जुवामा
हा हा कुनै मरिगए गरि आत्महत्या
यस्तो भयङ्कर जुवाकन बेस ठान्नु
मुख्र्याइँ हो अति भनेर यथार्थ बुझ्नु ।
हे मित्र हो, जुवालाई हामीले सनातन हो भनेर कसरी भन्न सक्छु ? हिजो खेलेकैं आधारमा आज पनि खेल्नुपर्छ भनी म कसरी भन्नु ? यो पापीहरूको छलकपट खेललाई हामी किन राम्रो मानौं ? हत्या, हिँसा अनि असत्यहरूको झुण्डलाई हामी किन इमान्दार भनौं ? पुर्खाहरूले भूल गरेकैं आधारमा हामीले किन भूलसुधार नगरौं ? सनातन होइन कुबिचारलाई हामी किन अँगालेर राखौं ? यो मन फाट्ने त्यो जुवालाई किन लोभी पात्र किन नभनौं ? जोगी बनाई आप्mनो स्वार्थसिद्ध गर्नेलाई धिक्कार छ भनी हामी किन नभनौं ? कोटी छ बिन्ति जुवा कहिल्यैं नखेल सदा–सदाका लागि नैं विमेल गराई देऊ किन नभनौं ? विष भनी थाहा पाउँदा पाउँदै पिउँनेलाई अमृत हो भनी हामी कसरी भनौं ? अहित छ भनी बुझ्दा बुझ्दै पनि त्यो असत्यको बाटोमा हामी किन हिँडौं ? फोहोरैं फोहोर छ दुर्गन्धले सास लिनैं नसक्ने त्यो ठाउँमा हामी किन बसौं ? मान्छेलाई किन पशु बनाउँछ । दैव सुकर्मको बाटो फर्काई देऊ ? एउटा मान्छेको जुनी लिनको लागि हामीले पूर्वजन्ममा कति पुण्य ग¥यौ ? लोभलालच किन हुन्छ ? दैव यो भवसागरलाई सोधे हुन्छ । मान्छेले आजकल किन होला दासप्रथा भैंm शासन गर्छ ? रोक रोक सागर बग्दैछ, कसले पो रोक्न सक्छ ? थेक थेक भत्किन लागेको त्यो पर्खाललाई कति मात्र टेको देऊ ? एउटा चोला मेटाएर अर्को चोला कहिल्यै पाउँछ ? दुःख सुख जे भएनी बाँचिएर हेर ! आत्महत्या गर्नु भनेकैं आत्मग्लानी हुन्छ, मर्नै परे कुलतमा होइन देशकैं माटोमा प्राण त्याग । सपूत बनी यो धर्तिको छातीमा जुनी जुनीसम्म बाँचेर हेर ? छोटो जीवन लामो यात्रा मान्छेको जुनीमा किन ? सम्झिन खोज्दा कहाँ कहाँ डोरीले अल्झेर किन लड्छ ? हुन्न हुन्न जुवाको खेल यति नै अति भ्रष्ट पार्छ, त्यसैले होला कोहि पागल बनी यो संसारलाई भुलेर हिँड्छ । मान्छेको जीवन यस्तै भएर होला यो जीवनलाई कर्कलाको पानी भन्ने गरिन्छ । आँखा चिम्लन नपाउँदै कतै पोखिएर यो जिन्दगी बर्वाद हुन्छ कि भनी डर लिनु स्वभाबिकै हो । त्यसैले हिजो जे ग¥यो । आज पनि त्यही हुनुपर्छ भन्ने सोचलाई कति ठीक–बेठीक भनी हामीले छुट्याएर हेर्न सक्नु पर्छ । किनकि तराजुले न्याय र अन्यायलाई छुट्याएर नतौलिने हो भने त्यो धर्मकाँटाको अर्थ के हुन्न सक्छ र ? त्यसैले सनातनको अर्थ नराम्रो काम भए पनि संदाका लागि अंगाल्ने होइन । यो त समय परिस्थितिले तौलेर छुट्याउन सक्नुपर्छ । होइन भने ठीकलाई बेठीक भनी किन परिभाषित नगरौं ? बेठीकलाई पनि ठीक छ भनी भावपूर्ण अर्थ किन ब्यक्त नगरौं ?
हे मित्र ! यो स्थिति सनातन हो भनेर
लुच्चा जुवाकन कदापि नखेल्नु हेर
जस्तै सनातन भए पनि पाप हो यो
देखिन्छ भूल यसमा पुर्खाहरूको ।
यसले तुल्याइकन यो मन लोभ पात्र
जोगी तुल्याउँछ दिईकन कष्ट मात्र
कोटी छ बिन्ति कहिले पनि यो नखेल
हे मित्र, योसँग कदापि नराख मेल ।
जुवा झगडाको बीऊ हो ।मनको आनन्दलाई उडाई दिने विनाशकारी तत्व हो । परस्पर वैरभाव उत्पन्न गराउँने शनिश्चर हो । घरपरिवारलाई उजाड बनाई दिने आँधीबेरी हो । पीडै पीडाको घाऊ हो । सुन्न पनि नसक्ने अशुभ समाचार हो । संगत गुनाको फल हो । छलकपटको खेल हो । मृत्युलाई चाँडै बोलाउँने माध्यम हो । सर्वनास गर्ने कुलतको खेल हो । हत्या हिन्सामा लाग्ने बाटो हो । भित्र भित्रै जलेर मार्ने क्यान्सर हो । दुष्ट र अधर्मको खेल हो । जति दण्ड दिए पनि नपुग्ने अपराध हो । आपत् विपतको खाडल हो ।बेइज्जतीको मार्ग हो । घोच पेचको निशान हो । अर्काको सम्पत्तिमा आँखा लगाउँने खेल हो । आनन्दलाई नाश गर्ने बैगुणी हो । धर्म छाडेर अधर्मतिर लाग्ने पापी हो । आप्mनो सम्पत्ति आपैmले विनाश गरि समग्ररूपमा बुद्धिलाई बिर्को लगाउँने खेल हो । त्यसैले जुवाले मनको आनन्दलाई पाखा लगाएर सर्वनाशलाई भित्र्याउन खोजेकोले होला यहाँ जुवाको बिरोध हुँदैछ । आ–आप्mनै कटुताले भएर होला परस्परमा वैरीभावको सृजना हुँदैछ । हार्नु मात्र पर्छ भित्रीमन जलेर आगोको मुस्लोमा कोही जुवारी जिउँदै जलेर भष्म भएको हामीले देख्न सकिन्छ । राम्रो नराम्रो भएर गुलियो अमिलो बनेर, मीठो–नमीठो भएर, आज सबैले जुवारीलाई धिक्कार्न थालेको छ । कठै त्यो जीवन बालुवामा पानी हाले जस्तो, डर र त्रासको अध्यारो गुफा जस्तो, बालुवै बालुवाको घर जस्तो, कस्तो कस्तो जताततैं खाडलै खाडल जस्तो, त्यो जुवाडेको जीवन आज विकराल समस्यामा उभिएको छ । जले जल्न दिए हुन्छ । मर्छ भने चाँडै मारिदिए हुन्छ । यो के को दुश्मन, आप्mनै काखीबाट शत्रु पलाएर होला आप्mनै रगतको होली खेल्नलाई तयार हुँदैछन् । मान्छेलाई धेरै दुःख दिन थाले पछि जो कोहीले पनि अन्तर आत्माले सराप्न खोज्छन् । कोही प्रवल दुश्मन भएर मान्छेले हजारौं दाऊ खोज्न थाल्दछन् । त्यसैले यो आपत् र विपतको अशुभ समाचार हामीले कहिल्यै पनि सुन्न नपरोस् । जसको इज्जतै छैन, त्यसको बेइज्जती गर्नु हामी आपैंm मुर्ख बन्नु हो । त्यसैले यो आपत् र विपतको खाडललाई हामीले कतैबाट माटो ल्याएर पुर्नु छ । हिँड्दा हिँड्दै कोही मान्छे खस्छ कि भनी समाजले सबैलाई खबरदारी गर्नु छ । दण्ड त अवश्य दिनुपर्छ जसले अपराध गरेको होस् । मन मस्तिष्कमा चेतना नफर्केसम्म हामी सबै मिलेर पालैं पालो कुर्नु छ ।
यस्ले गराउँछ परस्पर वैरभाव
आनन्द आदि मनको पनि गर्छ नाश
हा¥यो भने हृदय खूब जलेर भित्र
मर्ने तयार पनि हुन्छ कठै सुमित्र ।
हुन्छन् सराप सिरका जति दाउ यसमा
ती हुन् सबै प्रवल दुश्मन तुल्य पक्का
बेइज्जती विपत खाडल भित्र गाड्ने
यो दुष्ट हो, अधर्म हो दिनु दण्ड पर्ने ।
मान्छेको चित्त न हो । सधैं स्थिर भई एकचित्त भएर बस्न सक्दैन । त्यसैले यो चित्तलाई हलचल गर्न नदिनका लागि आत्माको डोरीले बलियोसँग बाँडेर राख्न सक्नु पर्छ । चित्तले खेजेको प्रश्नमा शुद्ध आत्माले उत्तर दिन सक्नुपर्छ । तर्क–बितर्क गरेर इतिहासका कालखण्डका कथाहरू सुनाएर चित्तलाई शान्त बनाई राख्न सक्नु पर्छ । आगोले किन पोल्छ होला ? पानीले किन भिज्छ होला ? मान्छे किन जन्म हुन्छ होला ? मान्छे किन मृत्यु हुन्छ होला ? यही सत्यलाई चित्तको अगाडी राखी संसार चिनाई दिनुपर्छ । तब मात्र यो चित्त शान्त अनि कोमल भएर हिलोमा पनि कमलको पूmल फुल्न थाल्छ । त्यसैले यो चित्त बिगे्रर अर्काको सम्पतिमा लोभ लालच राखेर जुवा जिते पनि यो जीत आप्mनो होइन आप्mनै जीवनको हार हुनेछ । विष जस्तै जीऊने बाटो नै भत्काएर त्यो उल्लु जुवाले मान्छेको बुद्धि र बिवेकमा किन बिर्को लगाउँन खोज्दैछ ? यो संसारमा सागर बिष जस्तै किन होला मान्छेलाई कष्ट दिन खोज्दैछ ? झन झन कमजोर अनि आत्मग्लानी पारेर यो सुन्दर जीवनलाई किन चाँडै नर्कमा पु¥याउँन खोज्दैछन् ?
थाहा छैन, थाहा पाएर पनि किन मान्छे कुलतमा जान चाहन्छ ? त्यसैले हामीले अर्ती मात्र दिएर पुग्दैन । हाम्रो सोचाईमा पनि पुनः बिचार गर्नु आवश्यक छ । किनकि कुलत आपैmमा समस्या हो भनी बुझ्दा बुझ्दै पनि कुलतमा फस्नेहरूलाई हाम्रो समाजले अलिकता न्याय दिएको भए हुन्थ्यो । छिरछिर दुरदुर नगरेको भए हुन्थ्यो । बास बस्नका लागि अलिकता ठाउँ दिएको भए हुन्थ्यो । धेरै कचकच नगरी बितेका कुरालाई केही समय नकोत्याई दिएको भए हुन्थ्यो । समग्रमा उसको कुरा समाजले नकाटिदिए हुन्थ्यो ।
यो कुरो सत्य हो । पानी ओरालोमा बग्ने गरिन्छ, उकालोमा होइन् । उकालोमा त कोही कसैले पानी बोकेर लग्नु पर्छ । होइन् भने यो त कसैलाई सरापे जस्तो मात्र हुनेछ । त्यसैले भित्री खोट्लेर इतिहास बुझेपछि मात्र निदानको माध्यम के हुन सक्छ सोच्न सकिन्छ । परिश्रमको कमाई मात्र आप्mनो हुन्छ । विना परिश्रमको कमाईमा अपनत्व हुन सक्दैन । त्यसैले सजिलै कमाएको पैसा सजिलै खर्च हुन्दो रहेछ । न माया छ न मनमा पीर छ । पीर त रगत र पसिनाको कमाई हुन्छ । दशचोटी पैसा गनेर मनमनैं योजना बनाउँनुमा हुन्छ । त्यसैले दिन रात जुवा खेलेर अर्काको धन सोर्नु अर्काको परिवारलाई मार्नु हो । भान्छाको चुलो निभाउनु हो । एउटा पापीले अर्को पापीको रगत र मासुको व्यापार गर्नु हो । एउटा जुवारीले अर्को जुवारीको घरमा आगो लगाउनु हो । त्यसैले धिक्कार छ । त्यसरी कमाएको पैसामा लक्ष्मीको वास हुनै सक्दैन । अनैतिक अनि अमर्यादित ठाउँमा ईश्वरको वास कहाँ हुन सक्छ र ? त्यसैले त्यो त एक दिन नासिएर जानेछ । चोर लागेर रित्तै पारेर लग्ने छ । आगो लागेर भष्म हुनेछ । आँधीबेरीले उडाएर कता कता लग्ने छ ।
सर्वस्व हर्छु भनि गर्जि जुवा कुखेल
पाए त हर्न पनि हर्छ जुवा नखेल
संसार सागर विषे अति कष्टकारी
उल्लू जुवा प्रबल यो बुझ बुद्धिहारी ।
पाइन्छ जो धन जुवा दिन रात खेली
नासिन्छ एक दिन त्यो सब चोर लागी
आगो कि भूषहरूको भय हुन्छ त्यस्मा
भन्ने कुरा सकल नीति कहन्छ खासा ।
हामीलाई थाहा छ । हाम्रो समाजमा जुवा जुका बनेर मान्छेको रगत चुसिरहेको छ । थोपा थोपामा थुप्रै दुःख र कष्टहरू नलजिले भोग्नु परेको छ । भूलेर पनि काबुविषे रमानामा नानारङ्गको कुराहरूले अनि सोच्दै नसोचिएका विकृतिहरूले यहाँ थुप्रै मान्छेहरू वियोगमा परिरहेका छन् । नृप नृपशु भएर दास बनेपछि राम राम भन्नु बाहेक हामीले के गर्न सकिन्छ र ? बुद्धि र विवेकलाई मान्छेले कुल्चिएर हिँडेपछि हामीले अर्ति बाहेक अरु के दिन सक्छु र ? त्यसैले पत्नी बियोग भएर बस्नुमा कति कष्ट हुन्दोरहेछ त्यो त बियोगान्तले मात्र थाहा हुने कुरो हो । एउटा ऐना चकनाचुर भई फुटेपछि फुत्नुको पीडा कति हुन्छ भन्ने कुरा उसलाई मात्र थाहा हुने कुरो हो । त्यसैले फुट्नु आपैmमा बेमेलको कुरा हो । मेल नभए पछि फुट्नु स्वभाविक हो । यो कुरा सत्य हो । तातो र चिसोले चर्केर जानु यो संसारको नियम हो । त्यो नियम भित्र हामी बाध्य भई बस्नुपर्छ । उम्किन पाउँदैन । जतिसुकैं राम्रो मनमोहकारी प्रियतमा नै किन नहोस्, महाभारतको द्रौपद्री जस्तो द्रोपदी काण्डल नै किन नहोस् । त्यस काण्डभित्र आगो मिसिएको छ । त्यो काण्डभित्र चिसो हिँउले साथ दिएको छ । त्यो काण्डभित्र लोभ लालच छ । त्यो काण्डभित्र ईष्या र घृणाको भावना छ । त्यो काण्डभित्र सुरवीरहरूको पाखुराको बल सुकेको छ । त्यो काण्डभित्र दिनमैं सूर्य अस्ताएको छ । त्यो काण्डभित्र असत्यको जित भएको छ । त्यो काण्डभित्र भविष्यमा रगतको होली खेल्ने योजना छ । त्यसैले यो काण्ड भारी भएर बोक्न नसक्नुछ । अनर्थभित्र थुप्रैं अर्थहरू लुकेर बसेको छ । भोलिका लागि थुप्रैं घटनाहरू समालेर राखेको छ । रगत पिउनेदेखि रगतले नुहाउनेसम्म संसारमैं कहिल्यै नहुने घटनाहरू त्यो काण्डभित्र लुकाई राखेको छ ।
भोलिले आजलाई निल्न खोज्दैछ । दिन र रात एक आपसमा युद्ध गर्न खोज्दैछ । नरसंभारको लागि महाशत्रु बनेर एकले अर्कालाई मान्छेको मासु चपाउँन खोज्दैछ । खै ज्ञानी ? खै पराक्रमी ? खै बाहुबल ? खै शस्त्र अस्त्र ? अब त पञ्चपाण्डबहरू जोगी बनेर बनवास तिर जान खोज्दैछ । भनिन्छ, बत्ती निभेर होला, अध्यारो हुन थालेको छ । पिलीपिली बलिरहेको बत्तीले क्रमशः सास लिन गा¥हो मानिरहेको छ । हामीले जति आशा गरे पनि थोपा थोपामा आशा चुहेर क्रमशः निराशाको बाटोमा हिँडाउँन खोज्दैछ । मरुभूमि जस्तो उजाँड अनि हेर्दै दिक्क लाग्दो ठाउँमा आज द्रौपदीको घरजम हुन थालेको छ । त्यसैले यो यस्तो प्रणाली हो जहाँ मान्छेहरू टुक्रा टुक्रा हुनेछ । जोगी भएर कसैको घरमा भिक्षा माग्ने छ । प्रतिशोधको भावनाले भोलिको दिन कुर्नु छ । मान्छे मान्छे भित्र थुप्रैं रगतको खोला बगाउनु छ । त्यसैले होला मलाई कता कता भन्न मन लागिरहेको छ । हे युधिष्ठिर तिमी ज्ञानी हौँ । वीर हौँ । पराक्रमी हौँ । तैपनि किन सबै कुरा बुझेर पनि जुवा किन खेलेको होला ? आप्mनै धर्मपत्नीलाई पनि बस्तु सरह किन बाजी राखेको होला ? यो त अपराध हो । कसैको मञ्जुरी विना सिँगो मान्छेलाई जुवामा बाजी राख्दैमा त्यो बाजी कहाँ हुन सक्छ र ? आगो लागेको घरमा आऊ बस भन्दैमा को कहाँ बस्न सक्छ र ? शत्रुले जतिसकै प्रेमपूर्वक माया गरेर खुवाए पनि त्यो खाना के विश्वासले खान सकिन्छ र ? दाहा, ईष्या अनि प्रतिशोधले मात्र भरिएको ठाउँमा वैरीले जे भन्यो त्यसै गरि कहाँ हामी बस्न सकिन्छ र ? मौनव्रत बसे जस्तै पापीले धर्मको व्याख्या गरे जस्तै, मांसाहारीले साकाहारीको भोजन खाए जस्तै, अध्यारोले प्रकाश दिए जस्तै बुझ्नै नसक्ने यो युद्धभूमिबाट पञ्चपाण्डबसँग हार मानेर चुपचाप उठेर गएको भए के हुन्थ्यो ? त्यसैले पाप कौरबहरूको मात्र होइन । तिमीहरूले पनि गरेका छौं । पाप धुरीबाट कराएर होला सुनेका देखेका र भोगेका कुराहरूले आज सबैको मनमा पीर पार्दैैछन् ।
यस्कै भुलेर परि काबुविषे रमाना
भोग्नु प¥यो नलजिले पनि कष्ट नाना
दारादिको अनि वियोग सवार बन्नु
हा, हा, हरे नृप भईकन दास बन्नु ।
आप्mनैं खुबै प्रियतमा मनमोहकारी
ती द्रौपदीकन गराइ अनर्थ भारी
ज्ञानी पराक्रमी प्रतिष्ठित पाण्डवादि
जोगी समान हुनु हो यसकैं प्रणाली ।
सत्यलाई सधैं कुल्चिएर राख्न सक्दैन । एक दिन असत्यलाई च्याटेर सबैको सामु घाम जस्तै अगाडी बस्ने छ । त्यसैले हामी सबैले एउटै स्वरमा जुवाको कथा सुनाउनु छ । लुच्चा लफङ्गाहरूलाई हामीहरू सबैले मिली ईमान्दारीताको पाठ सिकाउनु छ । तिमी पठाउँदै गर म जुवारीहरूलाई खोजेर ल्याउँदै गरौँला । तिमीले आगो लागेको घरमा पानी हाल्दै गर, म डगुरेर कतैबाट पानी ल्याउँदै गरौँला । तिमीले सोचेर मात्र हेर, म संवाहक बनेर काम फत्य गर्दै गरौँला । तिमी दुःखीहरूलाई मलम लगाई देऊ, म लोभी आँखालाई मन्त्र गरेर सदाका लागि निरोगी बनाई दिउँला । आऊ हामी सबै मिलेर मात्र हेर, भोलि होइन आजै जुवालाई तिलाञ्जली दिउँला । समाजका विकृतिहरूलाई एक एक गर्दै हामीहरूले फालेर पठाउँला । तब मात्र हुन्छ हाम्रो देशको विकास नत्र कहाँ उकालो लाग्न सक्छ र ? त्यसैले देशोन्नति प्रवल हुनका लागि मेरो जन्मभूमिको जय हुन आवश्यक छ । हामी सबै नेपालीहरूको जय हुनका लागि हाम्रो आँखाको आँशु पुछ्नु आवश्यक छ । स्वच्छ, सुन्दर अनि सबै नेपालीहरूको भाग्य खोल्नका लागि सबैको हातमा इलम हुनु आवश्यक छ । निरन्तर बगिरहने खोला जस्तै कर्ममा विश्वास गर्नु आवश्यक छ । त्यसैले जय होस्, हामी सबै नेपालीहरूको कहिँ–कतै कसैलाई दुःख नहोस् । कर्म र भाग्य हामीहरूको सँग–सँगै बगिरहोस् । बुद्धि विवेकले सधैं काम गरोस् । कहिल्यै पनि त्यसमा बिर्को नलागियोस् । मुहानको पानी जस्तै जुनी जुनीसम्म कहिल्यै पनि नसुकियोस् । स्वच्छ रहोस् गगन जस्तो भाग्य खुलेर जगत नै सुन्दर बनोस् । मनमोहक भएर यो धरतीमा सधैं प्राणीहरू सबैको रक्षा गरियोस् । जय जय सबैको जय हाँसी खुशी बाँच्न पाईरहोस् ।
आओ सबै मिलिजुली सबमा सुनाऔँ
लुच्चा जुवाकन तिलाञ्जली गर्न लाऔँ
देशोन्नति प्रवल होस्, जय होस् सबैको
सम्पूर्ण स्वच्छ भइ भाग्य खुलोस् घराको ।
मान्छेको जीवन दुई दिनको घाम–छायाँ भनी बुझ्दा बुझ्दै पनि मान्छे किन कुलतमा लाग्दोरहेछ ? यो मन लोभी पापी छ भनी बुझ्दा बुझ्दै पनि मान्छे किन यो मनलाई त्यसै छोडी दिन्छ ? जुवा हो भनी बुझ्दा बुझ्दै पनि अर्काको सम्पत्तिमा किन आँखा लगाउँछ ? सत्य होइन भनी बुझ्दा बुझ्दै पनि असत्यलाई किन अँगालिन्छ ? दुःख कष्ट नदेऊ आज तिमी टाढा भई दिए पुग्छ । तिम्रैं संगतले यहाँ थुप्रैं मान्छेहरू जिउँदै आगो पिएर बाँचिरहेछ । जिउँदो मुर्छा भएर होला जिउँदै मलामी आईदियो । जिउँदो मान्छेलाई पनि जिउँदै दागबत्ती चढाई दियौ । रीस, राग, ईष्र्याहरूले रगत पिएर बाँचुँ भन्छ । घात–प्रतिघात मैं जीवन व्यर्थै बितेर गईगयो । कुलत हो यो छोड्नु पर्छ, हामी सबैले मिलेर भनौं । यो लत होइन यसलाई हामी तिलाञ्जली दिएर कतै पठाऔँ ।

प्रकासित मिति २०७८–१–२

फेसबुकबाट तपाईको प्रतिक्रिया