युगकवि सिद्धिचरण श्रेष्ठ र मेरो नेपाल
स्वयम्भू शाक्य
जन्मभूमि प्राणीहरूको प्रिय थलो हो । त्यो थलो चाहे जति सुकै सानो किन नहोस् आत्मिय सम्बन्ध गाँसेको हुन्छ । दूधे बालकले टेकेको पाईलाका डोबहरू यो जिन्दगीमा नमरुन्जेलसम्म सम्झनाका रूपमा रहिरहने छ । हामीलाई थाहा छ, कर्मभूमि हातमुख जोड्ने थलो हो । परिश्रम गरि चुहाएको पसिनाको मूल्य हो । मीठो–नमीठो आफ्नो गच्छे अनुसार जिन्दगीमा हिँड्ने बाटो हो । त्यसैले हे धर्तीमाता म तिम्रो सन्तान हुँ । तिम्रो त्यो विशाल मायाले होला आज तिमैं्र मायामा म हिँडिरहेछु ।
मेरो देश सानै भएर के भो ? विश्वको आँखाको नानी हो । सुन्दरै–सुन्दरताको प्रकृतिको उपहार हो । हिमालै हिमालले हाँसेको तपोभूमि हो । त्यसैले बुद्ध जन्मेको मेरो देशले शान्तिको बिगुल फुक्नु पर्छ । महामञ्जुश्रीले बनाएको मेरो देशमा ब्रह्मा, विष्णु र महेश्वरले आशिष दिने गरिन्छ । विश्वकर्माले बास गरेको मेरो देशमा थुपै्रं अरनीकोहरू जन्मिनु पर्छ । जिउँदो देवता कुमारी रहेको मेरो देशमा साक्षात भगवान्ले शासन चलाएको हुनुपर्छ । मन्दिरै मन्दिरको मेरो देशमा भक्ती–भाव र श्रद्धाले मान्छेलाई हेर्ने गरिन्छ । चार्डपर्व र जात्राले हाँसेको मेरो देशमा स्वर्णकालको उपमा दिने गरिन्छ । तेत्तिसकोटी देवताले बास गरेको मेरो देशमा दैत्यहरू एकादेशको कथा बनिसकेको छ । सगरमाथाको मेरो देशमा नदी र नालाहरूको अपार संगम छ । त्यसैले मेरो देश नेपालमा पहाडै पहाडले ढाँकिएर होला विश्वकैं आँखा पर्दोरहेछ । धन्य मेरो जन्म अब त आमाको सेवा गरी यो जीवनलीला समाप्त पार्ने मेरो ध्येय छ । यो मेरो देशमा, जहाँ निर्वाणको मार्ग छ । प्यास लागेको बेला अघाउँन्जेलसम्म पिउँने अमृत छ । मन मस्तिष्कसम्म आनन्द पार्ने शंख र घण्टाको आवाज छ । दैत्यहरूलाई संग्राम पार्न भैरवहरूको लाम छ । त्यसैले यो स्वर्ग र तपोभूमिमा हामी नेपालीहरूको जन्म पुण्यको फल रहेछ ।
यो संसारको समयचक्र दिन–रातले गन्दोरहेछ । सुनौला किरणको शुभ प्रभातसंगैं हिमगिरिको त्यो चिसो हावाले थुप्रैं हिमगिरिहरूसँग अभिनय गरेर स्वच्छ, सुन्दर अनि स्वादिष्ट सुवास बोकेर प्राणी जगतमा रक्त सञ्चार गराउँदोरहेछ । चम्किलो अनि हँसिलो मुहार बनाउँन पवित्र गंंगाजल जस्तै शुद्ध, कञ्चन अनि अमृतमय पवनले निरोगी बनाउँन सहयोग पु¥याइँदोरहेछ । चि–चिसो आत्मालाई चाहिने अनुपम उपहार बनेर समयले मान्छेलाई हुँकाउँने मात्र होइन, ओईलाएर पनि पठाउँदोरहेछ । त्यसैले यो मनले मात्र होइन आत्माले खोज्नुपर्छ । जहाँ आफ्नो पाऊ राख्दा सुखसँग भोक र प्यास मेटाएर निर्माणको मार्गमा हिड्न सकिन्छ । त्यसैले सिद्धिचरण श्रेष्ठले आफ्नो मनका भाव यसरी ब्यतm गर्दछन्
मेरो देश मेरो नेपाल
प्रथम हिमगिरि माइत जहाँ अभिनय गर्छ लिइकन सुवास,
जसको सुन्दर शीतल मुहार गर्दछ पवित्रताको विकास
जहाँ पाऊ राख्नाले लाग्दछ निर्वाण सुखको तीब्र प्यास
मेरो देश, मेरो नेपाल ।
यो कुरा ध्रुबसत्य हो । प्रकृतिले सिंगारेको ठाउँमा हामी कसैले बुत्ता भर्नु आवश्यक छैन । कसैको गलामा नै सरस्वतीको बास छ भने उसले स्वर विधामा अझ पारगत गर्नु आवश्यक छैन । त्यसैले भनिन्छ, प्रकृतिले बनाएको हरेक कुरामा युगौंयुगदेखि आजसम्म सच्याउनु परेको छैन । तिमीले नदीलाई हेर, निरन्तर एकनाशले बगेको हुन्छ । तिमीले गगनलाई हेर, दिन र रात आफ्नै समयमा सूर्य र चन्द्र उदाएको हुन्छ । तिमी पशुपन्क्षीलाई सोधेर हेर, सबैले आ–आफ्नो नियमले बाँधिएको भन्छ । कतै बोट विरुवालाई गुनासो पोखेर हेर, प्रकृति आपैmले नै हामीलाई सृजित गरिएको भन्छ ।
लाग्छ यो जिन्दगी सानै बेलादेखि ग्वाला भएर होला घरको खतन पतनमा शिक्षा–दिक्षा भन्दा घाँस दाउरा धेरै गर्नु पथ्र्यो । साथी संगिनीहरू कोइलीको गीत सुन्दै कुञ्जभित्र बसेर मयुर नाचेको देख्दा लालाबालाहरू सधैँ हुरूकै हुन्थ्ये । जताततै हरियाली भएर होला यो रम्य तपोबनमा ऋषिमुनिहरूको ध्यान केन्द्र बनेको छ । ज्ञानको ज्योति बाल्नका लागि, ध्यानले शक्ति बढाउनका लागि परापूर्व कालदेखि चल्दै आएको हाम्रो सनातन मार्गलाई हामीले पुण्यमार्ग भन्न सकिन्छ ।
लहरा र रुखपातले ढाकिएको त्यो लालगृहमा बसेर कोइलीले आज मुक्तकण्ठले गीत गाउँदा ईश्वरले पनि एकचित्त भई आँखा चिम्लेर सुनिरहे । भोक प्यासमा हराउने ती स–साना ग्वाला बालकहरू पनि आज सोख सयलमा निर्धक्क निर्भय भई तानपुरा बजाईरहे । बोली नै मीठो प्रिय वचन कोइलीको स्वरमा आगो र पानीको वर्षा हुन्थ्यो । रमणीय त्यो कुञ्जमा आज सबै मिलीजुली बसेर होला यो धर्तीमा अलौकित शक्तिको जन्म भएछ । दिल खोलेर हेर, एकले अर्कोलाई आफ्नो मनको भाका पोख्दैछन् । सुख र दुःखका कुराहरू रसियाकै भाकामा गीत गाउँदैछन् । मीठो, स्वादिष्ट अनि रसमय त्यो लोकभाकाभित्र माया प्रितीका कुराहरू पनि गर्देछन् । गुम्सिएका धेरै कुराहरू आज फेरी दोहोरी प्रश्नोत्तरमा खोज्दैछन् । दिन बितेर के भो, रात त बाँकी नै छ । रात बितेर के भो, दिन त बाँकी छ । अत्यन्तै सुन्दर मनमोहक श्रृङ्गार रसमा दिलको गाथा खोल्दैछन् । लोभ्याउँने त्यो लाल लाल गाला गुलाफ जस्तै ढकमक्क फुल्दैछन् ।
के भो आज मनका कुरा उम्लेर किन पोखिरहेछ ? गाउँदा गाउँदै जति गाउँ पनि गाउँन अझ बाँकी नै छ । हेर्दा हेर्दे जति हेरे पनि यो आँखा अभैंm लोभ्याउँदैछ । गुलाफ हो यो सुन्दर पूmल काँढा बीच पनि फुल्दैछ । रातो राम्रो गुलियो मीठो कोकिलले किन आज बोलायो ? भन्नैं नसकिने त्यो मादक स्वर सुन्दै जाँदा आपैm हराउँन्छ ।
कोकिल कूजित कुञ्ज विहारी, साना साना गोपाल बाल
रसिया गाउँदै दिलको खोल, खाली हिँड्छन् जहाँ दिन रात
जसका रम्य लाल लाल गाल गुलाबलाई गर्ने कमाल,
मेरो देश, मेरो नेपाल ।
मेरो देश नेपालमा जहाँ सुन्दरता छ । सरलता छ । मादकता छ । शौर्यता छ । त्यसैले मेरो देशमा बसन्तको राज छ । नदी र नालाहरूको अथाह सम्पत्ति छ । कला र प्रकृतिको अनुपम सृजना छ । वीरयोद्धाहरूको पराक्रमी छ । सरल, स्वच्छ अनि निर्मल मानवीय गुणले युक्त नेपालीहरूको मन छ । कोहि कतै लडेछ भने उठाई दिने हामी नेपालहरूको चलन छ । कोही कतै भोकै भए, सहयोग गर्ने हाम्रो बानी छ । रातको बेला नै किन नहोस् अतिथि देव भवः भनी सत्कार गर्ने हाम्रो परम्परा छ । त्यसैले परोपकार हाम्रो संस्कार हो । माया र ममता हाम्रो शिक्षा हो । युगौंयुगदेखि चलि आएको सनातन हाम्रो दिक्षा हो ।
भनिन्छ, आत्मामा ईश्वरको बास हुन्छ । त्यसैले आत्मा ईश्वरको अंश हो । ईश्वरले जहिले पनि प्राणीजगतको उद्धार गर्ने काम गर्नेछ । उद्धार आपैmमा राम्रो हो । यो राम्रोभित्र नराम्रो कहिले हुनै सक्दैन । करुणाको आँखाले कहिले पनि नराम्रो सोच्नै सक्दैन । त्यसैले यो हृदयभित्र मानवताको बास छ । समान रूपले हेर्ने हामीहरूको आँखा छ । रगत र मासुको सम्बन्धमा हामी सबै एउटै गोत्र हो ।
भर्खर बैश चढेकी अलिकति काली यो श्यामा जस्तो, जताततै लतैलतामा मुक्त कण्ठले गीत गाउँने त्यो गाईने कोइली चरी जस्तो, हामीमा अपार माया भएर होला त्यो कोमल हृदयभित्र पनि कमलको पूmल बा¥हैमास फुल्दोरहेछ । त्यसैले हामीभित्र धर्म र कर्म एउटै हुनु पर्दोरहेछ । अर्जुन दृष्टि भैंm मान्छेहरूमा शीप र कौशलता सिक्नु पर्नेरहेछ । जसले आँखाको बोली बुझ्न सक्छ, उसले मात्र मेरो देश नेपालको इतिहास बुझ्न सक्छ । जसको न्यूनतम कोमल हृदय हुन्छ, उसले मात्र नेपालीहरूको हृदय पढ्न सक्छ । त्यसैले हामी माटोलाई छोई कसम खानुपर्छ । किनकि हामी पनि भोलि माटो भएर नै बाँच्नु पर्छ । मेरो देश नेपाल भनी गर्वका साथ भन्न पाउँदा हामी नेपालीहरूको निधारमा पसिना बगेको हुनुपर्छ ।
जहाँ सुन्दरता छ सरलतामा, मादकता शौर्यतामा
मानवता सब हृदयमा, कोकिल श्यामा लता–लतामा
अनि नूतनमा कोमलतामा, छ कर्यपटुता जनतामा
मेरो देश, मेरो नेपाल ।
मन्दिर ईश्वरको घर हो । त्यो घरभित्र ईश्वरको बास भएर होला मन्दिरमा हामीलाई आनन्दको अनुभूति प्राप्त हुन्छ । मनले शान्ति पाएर होला मन्दिरमा बसुन्जेलसम्म यो मन हलुंगो भई सीमलको भुवा जस्तै उडेको हुन्छ । कानमा गुन्जिने त्यो घण्टाको ध्वनिले होला मन मस्तिष्कसम्म अलौकिक आनन्द प्राप्त हुन्छ । त्यसैले मेरो देश नेपालमा हरेक कुरामा आहाद छ । सबैको प्रिय भएर होला मानवको मन्दिरमा शुद्ध निर्विषाद छ । न कालो न मैलो स्वच्छ, शान्त र विशाल भएर होला गंगा भैंm अतुतरूपमा बगेर गन्तव्यको बाटो पहिल्याउन खोज्छ ।
ईश्वरलाई चढाएको चोखो प्रसाद जस्तो प्रकृतिको यो अनुपम सुन्दर उपहारलाई नियालेर हेर्दा स्वर्गका बगैंचामा देवराज ईन्द्र पनि प्रफुल्ल हुन्छ रे । त्यसैले प्रकृति ईश्वरको वरदान हो । त्यो वरदानभित्र घनाजङ्गलमा पनि ऋषिमुनिहरूको बास हुन्दोरहेछ । आत्मज्ञान प्राप्त गर्नका लागि दिब्यचक्षुको सहारा लिन्दोरहेछ । त्यसैले मेदिनीको यो अनुपम श्रृङ्गारले विश्व जगतलाई नै मोहनी लगाएको छ । जति हे¥यो उति नै राम्रो यो संसारको ध्वनि नै उच्चतम संस्कृति रहेछ । मेरो देश प्रकृतिको सुन्दर बगैंचा हो । हामीहरू बगैंचाभित्र फुलेका पूmल हौं । कहिल्यै नटुट्ने युगौंयुगसम्म चलिरहने रगतको साइनोले हामीहरू सबै एउटै परिवार रहेछ ।
हामीले बुझ्नु पर्छ, मेदिनीको अनुपम श्रुङ्गार जस्तै सबै नेपालीहरूको मुहारमा खुशी ल्याउनु पर्छ । सुख, शान्ति र सु–संस्कारले मात्र परापूर्वकालदेखि चल्दै आएको संस्कृतिलाई रक्षा गर्न सकिन्छ । प्रिय, आत्माले मन पराउने बस्तु हो । मन पराएको कुरा सधैं आपूmसँगै बसोस् भनी चाहना गर्नु स्वभाविक हो । आँखामा टाँसिएको र मनमा कुदिँएको कुरा कहिले पनि बिर्सन सक्दैन । त्यसैले स्वर्गीय नन्दनमा मात्र होइन यो धर्तीमा पनि प्रकृतिको रमणीय प्रसाद जस्तै जो कोहीले अहिलेसम्म न त श्रृङ्गार गर्न सक्यो न त यो भवमा शंखनाद नै फुक्न सक्यो ? त्यसैले हामीमा जे छ त्यसैमा बाँच्न सक्नु पर्दछ । मेरो देश नेपाल हो यो हामी नेपाली भएर मर्न सक्नु पर्छ ।
जहाँ हर्दम प्रिय प्रिय आहाद, मानस मन्दिरमा निर्विषाद,
प्रकृतिको सुन्दरतम् प्रसाद, स्वर्गीय नन्दन वनको याद,
मेदिनीको अनुपम श्रृङ्गार, उच्च संस्कृतिको भावमय नाद ।
मेरो देश, मेरो नेपाल ।
नेपाल पहाडंै पहाड र हिमगिरिको देश हो । असंख्य नदी र नालाले भरिएको ठाउँ हो । सुन्दर स्वच्छ अनि हरियालीहरुको पवित्र स्थान हो । कर्मलाई विश्वास गर्ने हामी नेपालीहरुको भूमि हो । त्यसैले होला मेरो देश नेपालमा सृष्टिको विहानीसगैं अनुपम श्रृङ्गार छ । मन्दिरै मन्दिरमा आ–आफ्नो ठाउँमा ईश्वरको बास छ । भक्तिभावले मन सृजित भएर होला सबै नेपालीहरुमा साईनो छ । ढुङ्खा र माटो जस्तो एक अर्कोलाई भरथेक गर्ने टेको छ । शान्तिका प्रतिक गौतम बुध्द जन्मेर होला आज हरेक देशमा नेपालको चर्चा छ । शीरमा सगरमाथा हाँसेको देख्दा हामी नेपालीहरुको छाती फुलेको छ । न घेरैं चिसो न घेरैं तातो यहाँ प्राणीहरुलाई बाँच्न सजिलो छ । सुन्दर,शान्त अनि हरियालीमा नेपालीहरुको बाँस छ ।
प्रकासित मिति २०७७–९–२५
फेसबुकबाट तपाईको प्रतिक्रिया