युगकवि सिद्धिचरण श्रेष्ठका पागल कविता


स्वयम्भू शाक्य

मान्छेको मन बिग्रेपछि सबै कुराहरू बिग्रिन्दो रहेछ । त्यसैले होला यो देह मात्र होइन मस्तिष्कलाई पनि गलत बाटोमा लगेर चौबाटोमा त्यसै छोडिदिँदो रहेछ । थाहा छैन, कुन बाटो कहाँ पुग्ने हो ? यो विक्षिप्त मस्तिष्क सुनसान रातमा भौतारिन्दै हिँडेपछि मान्छेहरू यसलाई पागल भन्दो रहेछ । हो, पागल बहुला हो । सन्की हो । मानसिक असन्तुलन हुने मान्छे हो । मनोरोगी हो । असामाजिक र अनैतिक कार्य गर्ने व्यक्ति हो । अपमानित तर निर्दोष मान्छे हो । तैपनि हाम्रो समाजले पागललाई किन मान्छे गनिन्दैन ? यो त हाम्रो समाजको उपज हो । यो त हामीले बनाएको मान्छेभित्रको मान्छे हो । त्यसैले हामीले मनलाई आफ्नो बसमा राख्न सक्नु पर्दछ । होइन भने मनोव्यथाले ब्याकुलतामात्र छाएर तनाब र चिन्ता मात्र होइन मानसिक रोग लागेर पागल पनि बन्दो रहेछ ।
आज युगकवि सिद्धिचरण श्रेष्ठले यौटा पगलीलाई नियाल्दै आफ्नो मन खलबल भएको कुरा पोख्दैछन् । पगली जे जस्तो किन नहोस् आखीरमा ऊ मान्छे हो । उसको खल्ला बल्लाले कुनै अन्याय र अत्याचार बिरुद्ध उठेका सामूहिक आवाज जस्तै आज होहल्ला मचाई रहेकी छिन् । किनहोला, त्यो त पगलीलाई मात्र थाहा होला । उसलाई के भैरहेको छ । यो समाजले किन बुझ्न चाहन्दैन ? उसले बोलेको भाषा समाजले बुझ्दा बुझ्दै पनि किन बुझ पचाई रहेका छन् ? त्यसैले होला, युगकवि सिद्धिचरण श्रेष्ठलाई मादक पदार्थको सेवनबाट उत्पन्न भएको नशाले उन्मुक्त भए जस्तै आज भाव बिह्वल भएर आपूm पनि पागल बनेर पागलको पागली वाणी बुझ्न कोशिस गर्दै छन् ।
अनौठो छ ! यो संसार, मान्छेको मन यति धेरै किन ब्याकुल हुने होला ? चिन्ता, दुःख, भय र शोकले मन किन अशान्ति हुने होला ? मदकलले मदलाई किन नचिनेको होला ? त्यसैले आज यो मन विकल छ । मान्छेहरू ठेगाना नभएर ढलपल ढलपल गर्दै कुन बाटो कहाँ पुग्ने हो? अँध्यारो अनि त्यो चिप्लो बाटोमा लक्ष्य विना हामी कहाँ हिड्ने हो ? आखीर बिशान्ति न हो । बिशान्ति भित्र थुप्रै शान्तिहरू पाउन सकिन्छ । जहाँ लक्ष्य छ, खोज छ, चाहना छ, समर्पण छ। त्यहाँ प्राणीहरूले बिशान्ति पाउन सकिन्छ । बिशान्तिभित्र दुःख छ, सुख छ, संकल्प छ, बलिदान छ । केवल पागल भनी हेप्ने मात्र होइन पागलको बाणीभित्र पनि महावाणी छ । भविष्यवाणी छ, आकाशवाणी छ, अमरवाणी छ । समग्रमा आदर्श वचन छ । त्यसैले होला युगकवि सिद्धिचरण श्रेष्ठ आपूm पनि पागल बनेर पागलसँग कुराकानी गर्दैछन् । पागलको सुख र दुःख भित्र आपूm पनि हराउँदै छन् ।
पागली ! जे होस् तेरो खलबल
पार्छ मलाई मदले बिह्वल
पागललाई पागल बाणी
बिशान्ति कहाँ लक्ष्य ननाधी ।

मीठो आपैmमा स्वादिष्ट छ । मधुर, गुलियो र स्वादिलो बनेर आज मीठू चरीले नौलो गीत गाउँदै छन् । अहिलेसम्म कसैले नगाएको नवीन गीत गाएर भर्खरै हामीहरूलाई सुनाउँदै छन् । शुभ दिनको कामना गर्दै थुपै्र लक्ष्यहरू बाँड्दै छन् । किनहोला, यो त मीठू चरीलाई मात्र थाहा होला । किनकि आजसम्म कसैले नगाएको सुनौलो गीत गाएर मान्छे मान्छेभित्र मान्छे किन खोजिरहेका छन् ? शुभ होस्, मंगल होस् अनि कल्याणको कामना गर्दै जगत्को उद्धार होस् भनी मीठू चरीले आफ्नो इच्छा किन जाहेर गरेको होला ? उसलाई के थाहा, यो भवसागरमा मान्छेहरूलाई कति गाह्रो छ । तैपनि मीठू चरीले किनहोला कर्णप्रिय नौलो गीत गाएर मान्छेहरूलाई किन ब्यूझाएको होला ? आखीर यौटा चरो न हो । जसले नौलो गीत किन गाउनु पर्ने हो? सूर्यको सुनौलो किरणले यो धरतीमा प्राणीहरूका लागि बिछ्यौनाको रूपमा सुख र समृद्धि मात्र होइन स्वच्छ र हराभरा किन दिएको होला ? वन जङ्गल र हरिया पहाडहरूमा वीणाको त्यो मुग्धमय झङकृत आवाजले मन र मस्तिष्कमा मात्र होइन जीवनको लक्ष्यलाई पनि प्रतिबिम्वित किन गरेको होला ? त्यसैले भनिन्छ, त्याग नै यो संसारमा सबैभन्दा ठूलो कुरो हो । त्यागले यो मनलाई तरल बनाउँछ । जहाँ जुनसुकै ठाउँमा राखे पनि सजिलै संग अटाउँन सक्छ । त्यस्तो त्यागी मनमा कहिल्यै पनि न चिन्ता हुन्छ न दुःख हुन्छ । यो त निर्मल झरनाको पानी जस्तो हो । जहाँ पलपलमा कर्तव्य छ । मीठो मुस्कानसँगै पगली झरनाको आफ्नै व्यथा छ ।
मीठू चराको नौलो गाना
स्वर्ण किरणको स्वच्छ बिछ्यौना
वनको गिरिको झङकृत वीणा
त्यागी बढ्ने पगली झरना ।

तिमीलाई थाहा छ कि छैन, म पनि पागल हुँ । किनकि हाम्रो समाजले मलाई पनि पागल भन्ने गर्छ । पानी परेको बेला होसगुर्मरैं होला मैले पनि छाता हातमा लिएर हिँडेको छु । जुत्ता लगाउदा फरक जुत्ता लगाई धेरै पटक म पनि सडकमा हिँडेको छु । तिमीहरू रमाई हेरेको बेला म सधैं रुने गर्छु । मृत्युदेखि तिमीहरू डराएको बेला म सधैं मृत्युलाई निल्न खोज्छु । त्यसैले आजसम्म मैले जे देखेँ त्यहि भन्दै आइरहेको छु । चाहे नेल लगाएर काल कोटरीमा बस्न नपरोस् । चाहे अत्याचारीहरूका अगाडी शिर नझुकाई जीवन नै बलिदान गर्न नपरोस् । म चाहन्छु, यो स्वतन्त्र आकाशमा उडेर केहि बोल्न चाहन्छु, केहि सुन्न चाहन्छु, केहि लेख्न चाहन्छु । केहि पढ्न चाहन्छु ।
म पागल हुँ, म पागल भएर बाँच्न चाहन्छु । हे पगली ! तिम्रो र मेरो यौटै लक्ष्य रहेछ । त्यसैले हामीहरू दुबै मिलेर यौटै स्वरमा यौटै तालमा मीठू चरी भैंm नौलो गीत किन नगाऊँ ? वन, पाखा र पखेरोमा बसी हामी दुई जनाले किन अभिनय नगरौं ? यो समाज त हाम्रो लागि होइन रहेछ । जहाँ न्याय र अन्याय छुट्याउन सक्दैन । जहाँ आँखा भएर पनि देख्न सक्दैन । जहाँ कालोलाई कालो भन्न सक्दैन । जहाँ स्वार्थ विना काम गर्न सक्दैन । त्यस्तो समाजलाई हाम्रो समाज किन भनौं ? हाम्रो समाज त छुट्टै छ । जहाँ जसले जे देख्छ त्यहि भन्छ । जहाँ मान्छेमा भेद हुँदैन । जहाँ पानी जस्तो रंग हुँदैन । त्यस्तो समाज पो हामीलाई चाहिन्छ । त्यसैले हामी एक आपसमा मिल्नु पर्छ । अरुले कहिल्यै नगाएको गीत गाएर बाँच्नु पर्छ ।
म त पागल हुँ, तँपनि त पगली
पागल पगली दुई साथ मिली
एकै स्वरमा, एकै लयमा
गाऔं वनको यो अभिनयमा ।

डाँडाकाँढा पर्वत पाखाहरूबाट झरेको झरनाले थुप्रै बाधा अवरोधहरूलाई पन्छाएर हजारौं पत्थरहरूसँग अन्तिम चुम्बन गर्दै आजसम्म झरनाहरू झर्दैछिन् । मीठो लयमा गुणगुणाउँदै मीठू चरीले भैंm नौलो पालो गीतहरू गाउँदै छिन् । प्रेम, माया र स्नेहले होला पत्थरसँग अन्तिम चुम्बन गर्दै आपूm बाटो लाग्न खोजेको कुरा बताउन खोज्दैछन् । पगली ! यो त मेरो अन्तिम लक्ष्य होइन । यो त मेरो शुरुवात हो । जीवनको शुभारम्भमा यो त मेरो प्रथम मिलन हो । यहाँ के के हुँदो रहेछ, यहाँ के के नहुँदो रहेछ मलाई के थाहा, जब बगेर अनुभव गर्न बाँकी नै छ । त्यसैले पत्थरसँग अन्तिम चुम्बन गर्दै झरेको झरना हुँ म । मेरो जीवन धेरै लामो छ । यताउता कता कता बगेर आखीर म पनि एक दिन सागरमा मर्नु छ ।
पगली ! तिम्रो जन्ममा यो धरतीको सार छ । हामीलाई के थाहा, तिम्रो चालमा के छ ? तिम्रो हालमा के छ ? तिम्रो भावमा के छ ? तिम्रो साथमा के छ ? यो त कसले बुझ्न सकिन्छ र ? पगली ! छमछम बज्ने पाउजु हो कि, श्रृङ्गारका लागि लगाउने चाँदीका झुम्केदार कल्ली हो ? चनक चनक तेजले चम्केर ताल, लय र भावमा तिम्रो नृत्यले आज मान्छेहरू तिमी प्रति आकर्षक भैरहेका छन् । तिमीले के गर्छौ भनी सबैको चाहना बढिरहेका छन् ।
पत्थरहरूसँग अन्तिम चुम्बन
कसरी अन्तिम यो प्रथम मिलन
पगली ! बुझिदिनँ तेरो चाल
छम छम बज्ने नूपुर भार ।

हामीलाई थाहा छ, सबै जातका गीतहरूमा लोकसाहित्यको संगालो बोकेको हुन्छ । जहाँ प्रेम छ, घृणा छ, घटना छ, सद्भाव छ । त्यसैले यो त चञ्चल लहरी हो । जहाँ विश्वास छ, उज्ज्वल छवि छ, त्यहाँ आशाहरू पलाउनु स्वभाविक हो । किनकि उज्ज्वल छविले हरेक पल पलमा नयाँ टुसाहरू पलाउने गरिन्छ । यो असिमित छ । जसको सीमा हुन सक्दैन, त्यहाँ असिमित हुनु स्वभाविक हो । जहाँ छेकवार छैन त्यहाँ खुल्ला हुन स्वभाविक हो । जहाँ बन्धन छैन त्यहाँ स्वतन्त्रता पाउनु स्वभाविक हो । जहाँ तिर्खामेटिन्छ त्यहाँ सन्तुृष्टि हुनु स्वभाविक हो । त्यसैले पगली ! यसरी उसरी त्यो कसरी उठ्छन्, हाम्रो नजरले हेर्नु बाँकी नै छ । तिम्रो गतिमा आज धेरै वेग छ । यो कसरी भयो ? यो किन भैरहेको छ ? यो त हेर्नु अभैm बाँकी छ । पगली ! यो संसारलाई कसले बुझ्न सकिन्छ र ? यो अनौठोभित्र थुप्रै अनौठोहरू लुकेर होला आज यो संसारभित्र थुप्रै अनौठोहरू गर्भमा लुकेर बसिरहेका छन् । न तिमीले पढ्न सक्छौं न हामीले हेर्न सक्छौं । यो त पानी जस्तो छ । तरल भएर कलकल बगेको आवाज मात्र सुन्न सकिन्छ ।
चञ्चल लहरी उज्ज्वल छवि लौ
सीमा यै हो भनीकन पगली
उठ्दछ क्यारे यसरी उसरी
तेरो गतिमा यो के कसरी ।

तिम्रो पछि पछि लागेर होला यो मन किन हो कुन्नी सधैं तिम्रै पछि मात्र लागूँ जस्तो लाग्छ । किन होला, यो मनलाई तिम्रो लयले तानेर होला टुनामुना गरे जस्तै सधैं पछि पछि मात्र जाऊँ जस्तो हुन थाल्छ । यो के भएको हो ? यो के हुन लागेको हो ? यो कसरी भएको हो ? यो किन भएको हो ? यौटा लयमा यो जीवन किन झुम्न थाल्छ ? पगली ! भनी थाहा पाउँदा पाउँदै मेरो मन पनि किन पागल बन्छ ? पागलै पागलको बस्तीमा पनि कतैं लयहरू हुन्छ र ? बिचारै बिचारहरूको बस्तीमा पनि के पागलहरू बस्न सक्छ र ? यो त छिन छिनमै उठ्छ, छिन छिनमै बस्छ । छिन छिनमै सुत्छ । छिन छिनमै खान्छ । यी अनियन्त्रित विचारहरू कहाँ गएर टुंगिने हो ? त्रिवेणीले यौटा छुट्टै आकार लिए जस्तो यो त तीन नदीको संगम हो । यौटा छुट्टै नदी बन्नका लागि विचारहरूको प्रवाह हुनु पर्ने हो । त्यसैले यो पागल मन किन पगलीलाई नै खोजिरहन्छ ? विचारमाथि विचार थप्दै पत्रे चट्टान जस्तै किन बाँच्न चाहन्छ?
पछि लाग्दा पनि तेरो लयमा
पगली ! मेरो पागल मनमा
क्षण क्षण उठ्दछ कसरी कसरी
यी अनियन्त्रित विचार भमरी ।

मानव जाती सभ्यताको प्रतीक हो ।यो जगत्मा विवेक विनाको मान्छे हुनै सक्दैन । किनकि मान्छे हुनका लागि विवेकको आवश्यकता हुन्छ । जसलाई निकाल्ने हो भने मान्छे पशु बन्छ । त्यसैले मान्छे, मान्छे बाहेक पशु कहिल्यै बन्न सक्दैन । यो नै सभ्यताको पहिलो पाऊ । ऊ नाङ्गै जन्मिन्छ तर समाजमा लोक लाजले बाँच्ने गरिन्छ । चाहे बस्नका निम्ति झुपडी नै किन नहोस्, आफ्नो प्राण रक्षाका लागि दुई चार मुठ्ठी खोले खाएर पनि बाँच्न सकिन्छ । भनिन्छ, मान्छे वनमा जतिसुकै रमाए पनि आखिर उसको बस्ती घरै रहेछ । किनकि वन जङ्गल ऊर्जाको स्रोत भए पनि मान्छे फेरि आदिम अवस्थामा फर्किन चाहन्न । उसलाई उसैको बस्ती प्यारो छ । जतिसुकै वन जङ्गलमा घुमे पनि जतिसुकै वन जङ्गलमा सुते पनि आखिर मान्छे न हो मान्छे भएको ठाउँमा ऊ बाँच्न चाहन्छ । ऊ मर्न चाहन्छ ।
मान्छेको जीवनभर विनाको कर्कलाको पानी जस्तो छ । यो मन सधैं रोए पछि जतिसुकै बलियो भए पनि मान्छेलाई मनरोगले निर्बल बनाएर लैजाने गरिन्छ । माटोमा पानी धेरै भएर हिलो भए जस्तै मनमा हिलै हिलोले भरे पछि निकास कहाँ पाउन सकिन्छ र ? त्यसैले मान्छे बन्नु छ भने नदी जस्तै सलल बग्नुपर्छ । किनार जतिसुकै छिया छिया भए पनि लक्ष्य यौटै बनाउन सक्नु पर्छ । तब मात्र मान्छे भएको सार हुने छ । होइन भने पगली ! चिन्तै चिन्ताले मान्छे मर्ने छ । दुःखै दुःखले मान्छे जिउने छ । भयै भयले मान्छे काम्ने छ । शोकै शोकले मान्छे मर्ने छ । मन अशान्त भएर ब्याकुताले छाउने छ । आपूm हिड्ने गोरेटो बिर्सेर बीचमैं रनभूलमा पर्ने छ । त्यसैले पगली ! तिमी विह्वल लयमा गीत कहिल्यै नगाईदेऊ । किनकि त्यो गीतमा मरुभूमि छ । त्यो गीतमा काँढैकाँढाको कथा छ । त्यो गीतमा निदाउन नसक्ने व्यथा छ । त्यो गीतमा हावापानी बिनाको जीवन छ । पगली ! यो मानव जीवनमा निरसले होइन सधैं हँसिलो मुहार लिई जीवन जीउनु पर्छ ।
आखिर म त हुँ सभ्य जगत्कै
घुम्दछु वन–वन तर हुँ घरकैं
रोदन ल्याउँछ निर्बल मनले
गाऔं पगली ! विह्वल लयले ।

कर्कलाको पानी जस्तो हाम्रो जीवन आज छ भोलि नहुन पनि सक्छ । हावाले पातलाई हल्लाए पछि पानीको के भर रहन्छ र ? त्यसैले यो जीवन दिन र रातको छोटो संगम रहेछ । जहाँ अधिकार भन्दा धेरै कर्तव्यहरूको बोध हुनुपर्छ । विवेक र नैतिकताका प्रत्येक पाइलाहरू तराजुमा जोखेर हिँड्नु पर्छ । त्यसैले हाम्रो जीवन दुई दिनको क्षणिक बहाली मात्र हो । जहाँ असंख्य मान्छेहरू जन्मेर मरिने गरिन्छ । माटो बनेर नदीको तीरमा बस्दा मान्छेहरू किन रोदनले मुटु छिया छिया पार्न खोज्छ ? हामीलाई थाहा छ आज हामी बाँचिरहेको छु । भोलि कालले हामीलाई बोलाए पछि हामी चित्तामा गएर सुत्नु पर्छ । हाम्रो त के भर छ र, हामी त जुनसुकै बेला मर्न सक्छु । यो छोटो जीवनमा धेरै कर्तव्यहरू गर्न सकिएन भने न त हामीहरूले सुख पाउन सकिन्छ न सन्ततीको नै जीवन सुखमय बन्न सकिन्छ । त्यसैले आऊ हामी हामीभित्र समाहित होऔं । होइन भने आज मैले भोगेको व्यथा भोलि तिमीले पनि भोग्नु पर्छ । आज म मरेर जलिरहँदा भोलि तिमी पनि त्यही चित्तामा बस्नुपर्छ । आखिर केही समयको कुरो न हो । समयले बोलाए पछि मान्छेले नचाहेर पनि माटो बन्नु पर्छ । यो छोटो जीवनमा बाँच्नका लागि थुप्रै जञ्जालहरूलाई तोडेर आफ्नै सुरमा एक्लै गुण–गुणाउँदै गीतहरू गाउँदै हिँड्नु हाम्रो बाध्यता हुन सक्छ । हामी वारीबाट गीत गाउला भोलि त्यही मान्छे अदृश्य बनेर पारीबाट गीत गाउने छ । वारी र पारी आ–आफ्नै संसारमा रमाएर कोही हाँस्ने छ, कोही रुने छ । त्यसैले पगली ! म पागल भएको बेला मेरो मन चञ्चल हुनु स्वभाविक हो । मैले यो संसारबाट न केही लिनु छ न केही दिनु छ । लिनु र दिनु शून्यमा हराए पछि साँचै मान्छेहरू आपैंm पागल बन्दो रहेछ । मनमा विकारहरू केही नभएपछि मान्छे खुशी भएर हिँड्न खोज्दा समाजले किन हो कुनी चञ्चल मनलाई पागल भनी बोलाउँदो रहेछ ।
जग दुई दिनको, क्षणिक बहाली
रोदन देखि लाग्छ बहाली
गाउन दे है जग जन्जाल
पागल हुँ म त चञ्चल चाले ।

मान्छेको मन न हो । आपूmलाई दुःख परेपछि यो मन किन हो कुन्नी त्यसै त्यसै गगनमा उडेर जान्दो रहेछ । सपनामा केही पाउनका लागि गगनमा उडेर यो धरतीमा हेर्दो रहेछ । किन होला, मन ब्याकुल भएर होला । किन होला, सपनामा पनि विपना देख्ने इच्छा भएर होला । किन होला, दुःखको बेला मान्छे सिमलको भूवा बनेर होला । किन होला, कहिल्यै पूरा नहुने इच्छा सपनामा भए पनि पूरा गर्न होला । त्यसैले यो भाव धरतीमा मात्र होइन आकाशमा उडेर आपूm निदाएको हेर्न चाहन्छ । विपल भएको देख्न चाहन्छ । आपूm हिँडेको हेर्न चाहन्छ । शोकमा डुबेको देख्न चाहन्छ । अनौठो छ, यो मनलाई अहिले पनि कसैले नाप्न सकेको छैन । जहाँ कति गहिरो छ । व्यापक छ, यो त आपूmले आपैmलाई नाप्ने हो । आपूmले आफ्नै मनलाई डोरीले बाँध्ने हो ।
पगली ! आज हामी यौटै स्वरमा किन गीत नगाऔं । जुन गीतमा यौटै लय र भाव होस् । जुन गीत अहिले पनि कसैले गाएको छैन, त्यस्तो नौलो गीत हामी दुईजना पागलहरू मिलेर किन नगाऔं । वन जङ्गलमा मात्र होइन मानव जीवनकै प्रथम अभियानका लागि पगली ! यो नौलो गीतले अन्धकारलाई चिर्न सूर्यलाई किन विहानी हुन चाँदै नबोलाऔं । सुनौलो किरण छरेर पन्क्षीहरूको मधुर स्वरमा हामी पनि निद्राबाट किन नउठ्औं । त्यसैले पगली ! हामीले शुभ विहानीका लागि भए पनि नौलो गीत गाउनु पर्छ । प्राणी जगत्का लागि भए पनि नौला कुराहरू गर्नु पर्छ । त्याग र तपस्या गर्नका लागि भएपनि चेतना पैmलाउनु पर्छ । तसर्थ पगली ! हामीले त्यस्तो यौटा नौलो गीत गाऊ, जसमा प्रेम छ, मिलन छ, बलिदान छ, करुणा छ । मानव जीवनका लागि यौटा बाटो बनाउन सकौं । इच्छा र आकांक्षा त धेरै होला तर त्यसको गहना लगाउँन सकौं । यौटा नयाँ, नौलो, नवीतम सोच बनाएर त्यसको लहनाले मान्छेहरू विजयी हुन सकौं । यो नै हाम्रो पागलहरूको जीत हुने छ । पागलहरूले देखाएको बाटोमा मान्छेहरू हिँड्ने छ । पगली ! आज मेरो स्वरमा स्वर मिलाएर गीत गाईदेऊ । जुन गीतले आगो देऊन् । जुन गीतले पानी देऊन् । जुन गीतले करुणा देऊन् । जुन गीतले नूतन देऊन् ।
विह्वलतामा त्यो सपनामा
उड्दछु फेरि भाव गगनमा
एकै स्वरमा एकै लयमा
गाऔं वनको यो अभियानमा ।
गाऔं पगली ! गाऔं गान
प्रेम मिलनको हो बलिदान
आकांक्षा हो त्यसको गहना
नूतन, सुन्दर त्यसको लहना ।

पागल विक्षिप्त मान्छेहरूको रूप हो । न हामीले चिन्न सक्यौं, न हामीले बुझ्न सक्यौं । मान्छे किन पागल बन्दो रहेछ ? पागल भएर मान्छे किन विक्षिप्त भएर हिड्न खोज्छ ? थाहा छैन, यो त मनरोगी हो । हाम्रो समाजलाई काम नलाग्ने मान्छे हो । विकृती रविसंगतिमा जिउने प्राणी हो । बौलाहा भएरमन मस्तिष्कबाट टाढिएको मान्छे हो । त्यसैले त्यस्ता पागलहरूलाई हाम्रो समाजमा कुनै स्थान छैन । किनकि त्यो मान्छे भएर पनि मान्छे होइन । त्यो त जिउँदो मुर्दा हो । चाँडै मर्न नसकेको हाम्रो समाजले अपेक्षा गरेको मान्छे हो ।किनहोला, मान्छे किन पागल बन्छ ? आखिर ऊ मान्छे हो । मान्छे कहाँबाट पागल बन्न शुरु गर्छ ? कसले पागल बनाउन कोशिस गर्छ ? के ले आघात पारेर पागल बन्छ ? पागल बनाउन कसको धेरै हात हुन्छ ? यो त समाजले बुझ्नु पर्ने कुृरो हो । जसले बुझ्नु पर्ने हो उसले नबुझे पछि यो त कहिल्यै ननिभ्ने आगो बनेर बलिरहेको छ ।

प्रकासित मिति २०७९–५–६

फेसबुकबाट तपाईको प्रतिक्रिया