युगकवि सिद्धिचरणको जन्मजयन्ती विशेष कार्यक्रम गरी मनाइने

काठमाण्डौ १७ बेशाख २०७९।
युगकवि सिद्धिचरण श्रेष्ठ प्रतिष्ठानले युगकविको एक सय ११ औ जन्मजयन्ती आउँदो जेष्ठ ८, ९ र १० गते विशेष कार्यक्रम गरी मनाउने भएको छ । प्रतिष्ठानको अध्यक्ष वैरागी काँइलाको अध्यक्षतामा आज बसेको कार्यकारणी समितिको बैठकले सो निर्णय गरेको हो । जन्मजयन्तीको अवसरमा २०७९ सालमा प्रदान गरिने ‘युगकवि सिद्धिचरण पुरस्कार’ युगकविको परिकल्पना अनुसार हास्यव्यङग्यको माध्यमबाट विकृति, विसंगतीलाई चिर्दै जागरणको शंखघोष गर्न लागिपर्ने ‘सिस्नुपानी नेपाल’ नामक संस्थालाइ दिने निर्णय गरेको छ । साथै २०७७, २०७८ र २०७९ को ‘सिद्धिचरण युवा पत्रकारिता पुरस्कार’ क्रमश ओखलढुङगाका गुजरधन राइ, भोजपुरका पारसप्रकास राई र काठमाण्डौको ‘लाहाना मिडिया’लाई दिने निर्णय गरेको छ । प्रतिष्ठानका उपाध्यक्ष प्रा.डा मोहन लोहनीको संयोजकत्वमा रामबावु सुवेदी र शैलेन्द्र शाकारले पुस्कारको छनौट गरेका हुन् । उक्त पुरस्कार आउँदो जेठ ९ गते विशेष समारोहबीच वितरण गरिने प्रतिष्ठानले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया