युगकवि सिद्धिचरणलाई नयाँ समयमा चिनाउने पुस्तक
शिवकुमार श्रेष्ठ (शिवांसु)
नेपाली साहित्यमा थप एउटा इट्टा थपि धनि बनाउन लाग्नु भएका साहित्यकार, समिक्षक तथा समालोचक स्वयम्भु शाक्यका कालजयी अंजार अमर कृतिका रुपमा समिक्षा गरिएको निवन्धले भरिएको पुस्तक क्रान्तिका अग्रदूत युगकवि सिद्धिचरण सार्वजनिक भएको छ ।युगकवि सिद्धिचरण श्रेष्ठका विभिन्न खण्डकाव्य र कविताहरुको बडो राम्रो ढंगले प्रस्तुत गर्नु लेखकको कार्य कौशल दर्शाउछ ।
यस पुस्तक सरल, मृदुभाषा र सरर वगेको र जोसुकैले सजिलै पढनु र वुझन सक्नेछ ।
यसमा साहित्यकारको पौरखी हात र कलमको अद्वतिय क्षमता प्रदर्शन भएको अनुभूति गर्न सकिन्छ । यस पुस्तक पढ्दा आफैलाई हराएको अनुभूति हुन्छ । यस कृतिमा खण्ड ‘क’ र ‘ख’ गरि दुई खण्डमा सिद्धिचरणका अमर कृतिका खण्डहरु उल्लेख र विवेचना गरिएको छ । खण्ड ‘क’को अछुत कवितामा के ल्याल्यौ यो आफ्नो भाइ बहिनी कुन पनि नछुवाई…… कसरी मेरो मन्दिर पस्छौं थुनेर ढोका अरुलाई । साह्ै मार्मिक ढंगले समिक्षा प्रस्तुत गर्नु भएको छ । त्यस्तै कवि देवकोटालाई नामक कविता पनि मन छुने र हृदय विदारक छन । पहिलो खण्डमा ६४ वटा निवन्धहरु छन भने दोश्रो खण्ड मा ५ वटा निवन्धहरु छन । त्यसमध्ये सिद्धिचरण र जुनकिरीमा प्रियसीको स्मृतिमा हराएका कवि सिद्धिचरणका कविता ‘यो भेटमा छ कति मार्मिक दिव्य ज्ञान ….विर्को मिलेर अब जीवन भो अमूल्य
संसारको अधिक दुर्लभ वस्तुतुल्य ।’ आदि विषयमा समिक्षा गरि लेखिएको कृति पढनिय छ । यस पुस्तकको प्रकाशक सुन्दर स्वदेश पब्लिकेशन काठमाडौंले बजारमा ल्याएको हो । यस पुस्तकमा ५४० पृष्ठहरुमा समिक्षा समावेश छन भने बजार मूल्य १ हजार छ । यस पुस्तकमाथि युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष बैरागी काइलाले मतव्य जाहेर गर्नुभएको छ । पुस्तकको ऐतिहासिक महत्वबारे युग कविद्धारा रचित सिर्जनाका अध्येयता डा. फमिन्द्रराज निरौलाले पुस्तकको प्रकाश पार्नुका साथै टिप्पणी गर्दै प्रस्तुत कृति युगकविका प्रतिनिधि रचनाहरु अध्ययन गरिएको सुन्दर कृति हो भन्नु भएको छ । त्यसैगरि युगकवि सिद्धिचरण प्रतिष्ठानका संरक्षक रविचरण श्रेष्ठ युगकवि सिद्धिगरणका केहि कविता र खण्ड काव्य हरुको विषयमा चिन्तन र विवेचना गरि ल्याएको कृति एउटा ऐतिहासिक दस्तावेजको रुपमा रहने बताएको छ ।
यस पुस्तक लेख्न लेखकलाई २ वर्ष कथिन परिश्रम र मेहनतका साथ लगनशील भइ कलम चलाएको फलस्वरुप तयार भएको बताउनुहुन्छ । लेखकका मनै पगाल्ने र पुस्तक लिई पढ्न थालेपछि एकाग्र भई पढ्न मन लाग्ने शैलीमा समिक्षा लेख्नु भएको छ । अन्तमा, लेखक स्वयम्भू शाक्यको सुस्वास्थ्य, दीर्धायुको कामना गर्दै आगामी दिनमा अझै नेपाली साहित्यमा कलम चलाउने जागर चलोस र अझै निखार आवोस भन्दै हार्दिक शुभकामना । क्रान्तिका अग्रदूत युगकवि सिद्धिचरण कृति सधै अजर–अमर रहोस् । इति
फेसबुकबाट तपाईको प्रतिक्रिया