युगकविको आँखामा—साँझमा हिमालयको दृश्य
स्वयम्भु शाक्य
दिन ढल्किएर साँझ भैसकेको छ । त्यो पश्चिम तर्फ रातो रङ्गको सूर्यास्त थकित भएर सूर्य गिरीरहेको छ । गा¥हो छ, अस्ताउँनु आपैmमा कष्टकर हुन्दोरहेछ । सकि नसकी नचाहेर पनि संकटको त्यो घडीमा प्राण त्यागे जस्तो हुन्दोरहेछ । त्यसैले गगन डराएर होला सूर्यास्त बेला रातो मुख लाएर बस्ने गरिन्छ । चराचुरुङ्गीहरू निदाउँनका लागि आफ्नै गुँडतिर हिँड्न खोज्दैछ । एकछिन न हो गरुडले सर्पलाई निले जस्तै शक्तिहिन बनेर आजको रवि पहाड बाटोेको गर्दै समुन्द्रमा डुबल्की मार्न खोज्दैछ ।
हो, सूर्यास्त भोलिको प्रतीक हो । सूर्यास्त आजको अन्तिम दिन हो । त्यो लाल लाल सूर्यास्त अधि नै लुकिसके छ । त्यसैले त्यो रातो अग्नि हो कि नकि लालीगुराँस सुन्दर, शान्त अनि विशाल नभले भोलिको प्रतिक्षा गर्दैछ ।
सूर्योदय आजको प्रतीक हो । सुनौला किरणसंगै यो धरतीमा प्राणीहरूको लागि रवि ईश्वर हो । निदाइरहेका प्राणीहरूलाई आँखा उघार्नु जगत कल्याण गर्नु हो । त्यसैले आजको महत्व छ । यो महत्वभित्र सूर्यास्त पनि पर्दोरहेछ । युगैयुग अविरल बग्ने नदी जस्तो चन्द्रसूर्य पालै पालो निदाउँदो रहेछ ।
त्यो लाल लाल रंगको कुन बस्तु हो रे !
सूर्यास्त हो, थकित सूर्य गिरीरहेको ।
सूर्यास्त होइन्, उ ता अघि नै लुकिको
त्यो अग्नि हो कि त गुराँस फुलिरहेको ।
साँझ अस्ताउन लागेको घाम भएकोले होला गगन त्यसै रातो हुन्दोरहेछ । मेरो रवि अस्ताचलमा सुत्न जाँदा क्षितिजले सधैं सिन्दुर लाएकै हुन्छ । ठूलो छ त्यो पद्माकर जहाँ पद्महरू हाँसी खेलिरहन्छ । मन लोभ्याउने त्यो सुमनमा हेर कसले रङ्ग लगाएको होला ? बत्तिस लक्षणले युक्त भएकी अविनाशी परीलाई प्रकृतिले नै श्रृंगार गरी यो धरतीमा पढाएको हुन सक्छ । त्यसैले क्षितिज सिन्दुर हो । सिन्दुर भाग्यमानीको सौभाग्य हो । इच्छाले चित्ताए जस्तो सबथोक पाउने भाग्य हो । गगन विशाल छ । त्यो विशाल गगनभित्र मान्छेहरूले कल्पनै कल्पनामा डुबल्की मार्न सक्छ । त्यही गगनभित्र मान्छेहरूले आफ्नो सत्यता खोज्ने गरिन्छ ।
हो,सत्यलाई अँगाल्ने हो भने जे छ त्यही भन्न सक्नु पर्दछ । मीठोलाई पनि नमीठो भनी कसरी पो भन्न सकिन्छ ? यो त आत्माले स्वीकार्ने कुरा हो । मन पापी हुन सक्छ तर आत्माले कहिल्यै पनि पापकर्म गर्न सकिँदैन । आत्मा ईश्वर हो । मृत्युपर्यान्त उडेर जाने बस्तु हो । न छोएर छुन सक्छ न हेरेर हेर्न सक्छ । यो त मुटुको स्पन्दन हो । लाखौं लाख तन्तुहरूलाई क्रियाशील गर्ने अनौठो चीज हो । त्यसैले आत्मा अमर छ । यो आत्मालाई प्रकृति नै चलायमान गर्दोरहेछ ।
सुन्दर प्रकृतिको उपहार हो । श्रृंगार मन लोभ्याउने आँखाको चित्र हो । त्यसैले प्रकृतिको उपहारमा न कसैले श्रृंगार गरिदिनु पर्छ न कसैले सिकाउनु नै पर्छ । यो त आपैm उत्पत्ति हुने प्रकृतिको नियम हो । आँखा लोभ्याउने मन डुलाउने युगैयुगसम्म चल्ने सृष्टिको खेल हो ।
सिन्दर हो क्षितिजको अथवा मोहीको
त्यो पद्म हो सुमनमा रङ्ग लाउनेको
श्रृंगार हो प्रकृतिको अथवा परीको
त्यो कल्पना गगनमा रहने त्यही हो ।
आज गगनलाई सिंगार्नु छ । ठूलो निधार भएर होला गगन भाग्यमानी रहेछ । विधिबाट तयार भएको स्वर्णहार, त्यो विधिबाट तयार भएको दिव्यहार कहिल्यै नफुकाली सधैं लगाएर हेर । स्वर्ग जस्तै भएर सुखै सुखको यो जगत् हुनेछ । प्रकृति आपैmमा ठूलो छ । हरेक कुरामा अलोकित शक्ति छ । हामीले चाहेर कहाँ पाउन सकिन्छ ? हामीले नचाहेर कहाँ हराउन्छ । यो त निरन्तर चलिरहने प्रकृतिको देन हो । दिनरात, रातदिन जस्तै फलाममा खिया लाग्नु स्वभाविक छ । त्यसैले यो अलौकित शक्तिभित्र के छ के छैन हामीले थाहा पाउन गा¥हो छ । गगनले हिरा र मोतीको माला लगाएको दिव्यचक्षुले मात्र हेर्न सकिन्छ ।
सिंगार्नलाई नभको सुविशाल भाल
यो स्वर्णहार विधिबाट भयो तयार
त्यो दिव्यहार कहिल्यै नफुकाल व्योम
यै रूपमा छ जग स्वर्गसरी लगाम ।
लाली लिएर होला त्यसको रस थोपा थोपामा चुहेर रङ्गवालाले आफ्नो चित्रमा रङ्ग पोत्न खोजिरहेछन् । प्रकृतिले नै पस्किएर होला त्यो मद मस्त गालामा रङ्गले पोतेर सुन्दर बनाउँन लागिपरेछन् । हेर्दै प्राण पलिस्था गरी हिँड्न लागेको सजिव जस्तो क्या राम्रो बाल रविको सुन्दर अनुपम चित्रकलालाई हेरेर कविले आफ्नै आँखाले चित्र खिच्न खोज्छन् । त्यसैले होला आमा यो मत्र्यलोकतिर मस्त निद्रा लागेर झरेको बेला के थाहा, के भैरहेको छ त्यो त आमालाई नै सोध्नु पर्छ ।
हो, प्रकृति आपैmमा सुन्दर छ । नदी र नालाहरूको कलकल आवाजले अनि चराचुरुङ्गीहरूको आफ्नै बोली बचनले यो हरियाली कति मीठो हुन्दोरहेछ । विहान सुनौला किरणसंगै उषाले आँखा खोल्दा अनि बेलुकी साँझ आजलाई विदा लिएर अस्ताचलमा सुत्न जाँदा यो आकाशमा कस्तो कस्तो सपना देख्दोरहेछ ।
लाली लिएर त्यसकै रस रङ्गवाला
रँगाउने प्रकृतिले मद मस्त गाला
त्यो चित्र बाल रविको कविले खिचेको
त्यो मत्र्यलोकतिर नीद मुमा झरेको ।
विधाताले सौन्दर्यको मसी लिएर विशाल जमीनमा पैmलिरहेको कोमल त्यो बाक्लो लहरामा बसी आफ्नै शैलीमा रसपूर्ण गाना लेखिरहेछ । यो धर्तीमा कहिल्यै नसकिने त्यो मधुरभावपूर्ण गाना यो आकाशलाई साक्षी राखेर प्राणीहरूले गाउन गईरहेछन् । नबुझेर के भो ? नबुझेको कुरा पढेर केहि सिक्नुछ । सिक्नु ज्ञान प्राप्त गर्नु हो । नबुझेको कुरा बुझ्नु हो । बुझेको कुरा अझ सुष्मरूपले गहिरिएर भित्र पस्नु हो । त्यसैले यो धर्तीमा विधाताले रचेको त्यो गानाभित्र प्राणीहरूको जन्मदेखि अन्त्यसम्मको कहानी छ । भाग्यदेखि अभाग्यसम्मको जीवन छ । अक्षय र अविनाशी रीति रीवाजहरूको चलन छ । त्यसैले यो सौन्दर्यको मसी कहिल्यै नसुक्ने प्रकृतिले बनाएको रङ्ग हो । न पुच्छेर पुच्छिन्छ न मेटेर मेटिन्छ । यो त विधाताको खेल हो ।
सौन्दर्यको मसी लिएर विशालतामा
लेखिरहेछ विधिले रसपूर्ण गाना
गाना त्यही, नभ त्यही नजिकै छ सारा
गाऔं, पढौं मधुर भाव लिई सहारा
सुकेको मन मस्तिष्कहरूमा मलजल गरी हरियो बनाउँनका लागि पुस्तक एउटा औषधी बन्न सक्छ । मात्रा मिलाएर औषधी खानका लागि पुस्तकको सार हेर्न सक्नु पर्दछ । त्यसैले पुस्तक बुद्धि र विवेकको खानी हो । ज्ञान र विज्ञानको अथाह सागर हो । माया र ममताको प्रेमको संगालो हो । रङ्गीविरङ्गी मनको कुरा हो । आपूmले चाहेको खोजेर पाउने विधा हो । कठिन से कठिन कुरा सजिलै बुझाउन सक्ने साथी हो ।
भनिन्छ पुस्तक जीवनको आँखा हो । बाटो हिँड्नेहरूको लागि मार्गदर्शन हो । नैतिक अनैतिकताको पाठ सिकाउने गुरु हो । भ¥याङ बनेर उकालो चढाउने सिँधी हो । त्यसैले यो सुख्खा मन मस्तिष्कमा अलिकता पानीले भिजाएर मलजल दिएपछि कहाँ त्यसै ओइलेर जान्छ र ? स्वच्छ सुन्दर हराभरा प्रकृतिमा विधाताले रसदार काव्य लेखेको देख्दा हामीहरूले पनि एकछिन पढेर हेरेको भए हामीले पनि सुबोध पाउन सकिन्छ ।
प्रकासित मिति २०७७–७–२४
फेसबुकबाट तपाईको प्रतिक्रिया