युद्ध सुरु भएयता कति फेरियो युक्रेन ?

किभ । हालैका दिनमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध रोक्न र त्यहाँ शान्ति स्थापना गर्नमा जोड दिइरहेका छन् । गएको हप्ताको सुरुमा अमेरिका र रुसी अधिकारीहरूले युक्रेनी शान्ति वार्ताका क्रममा साउदी अरबमा भेटघाट गरेका थिए । 

तर यो भेटघाटमा युक्रेनबाट कुनै पनि प्रतिनिधि आएका थिएनन् । अमेरिकाको रवैयाबाट युक्रेन मात्रै होइन सारा युरो जिल्ल थिए । यसको अर्थ खुट्याउन लागि परेका थिए । रुसले युक्रेनमाथि पूर्ण स्तरमा आक्रमण सुरु गरेको फेब्रुअरी २४ मा तीन  वर्ष पूरा भयो । यस क्रममा युक्रेनले ठुलाे भूभाग गुमायो । 

तर यो भेटघाटमा युक्रेनबाट कुनै पनि प्रतिनिधि आएका थिएनन् । अमेरिकाको रवैयाबाट युक्रेन मात्रै होइन सारा युरो जिल्ल थिए । यसको अर्थ खुट्याउन लागि परेका थिए । रुसले युक्रेनमाथि पूर्ण स्तरमा आक्रमण सुरु गरेको फेब्रुअरी २४ मा तीन  वर्ष पूरा भयो । यस क्रममा युक्रेनले ठुलाे भूभाग गुमायो । 

पश्चिमी देशहरूबाट पाइरहेको सैन्य सहयोगका कारण केही भूभाग फिर्ता लिन युक्रेन सक्षम पनि भएको छ । दसौँ लाख युक्रेनीहरू विस्थापित भएका छन् । हजारौँ मारिएका छन् । हजारौँ घाइते भएका छन् । युक्रेनमा यी तीन वर्षमा आएका परिवर्तन यी चार ग्राफिक्समा बुझौँ ।

युक्रेनले गुमायो ११ प्रतिशत जमिन 

युद्धको सुरुमा युक्रेनले किभबाट अन्यत्र सेना पठाएको थिएन । तर पछि उत्तर पूर्वी खार्किभ र दक्षिणी खेर्सन क्षेत्रका हिस्सामा जित हात पार्यो । तर पूर्वी क्षेत्रमा दोनेत्स्क र बख्मुतमा निकै क्षति बेहोरेको थियो । २०२२ मा आक्रमणयता युक्रेनले आफ्नो ११ प्रतिशत भूभिमा नियन्त्रण गुमाएको सीएनएनले इन्ष्टिच्यूट फर द स्टडी अफ वारको डेटा विश्लेषणको क्रममा फेला पारेको छ । २०१४ मा द्वन्द्व सुरु भएयता रुस र रुस समर्थिन पृथकतावादीको हातमा गुमाएको भूमिको कुरा गर्ने हो भने यो अनुपात १८ प्रतिशतसम्म पुग्छ ।

युक्रेनमा रुसको कब्जालाई तीन चरणमा व्याख्या गर्न सकिन्छ । 

२०१४ 

यो वर्ष रुसले गैरकानूनी रूपमा क्रिमियालाई युक्रेनबाट अलग्याएको थियो । दोनबासको हिस्सा रुस समर्थित पृथकतावादी समूहले गरेका थिए । दुवै क्षेत्र आजको दिनमा पनि रुसको कब्जामा छ । 

२०२२

फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि भएभरको शक्ति लगाएर आक्रमण थाल्यो । यस क्रममा उत्तरको ठुलो हिस्सा कब्जा गर्‍यो । तर पछि युक्रेनले केही हिस्सा फिर्ता लियो । दक्षिण र दक्षिण पूर्वमा पनि रुसले लडाई जारी राखेको छ । 

२०२५ 

तीन वर्षसम्मको लडाइँपछि अहिले रुसको कब्जामा युक्रेनको १८ प्रतिशत भूभाग छ ।  एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया