युनाइटेड इदी-मर्दीको आईपीओे चैत्र १० गतेदेखि

काठमाडौं, ३ चैत

युनाइटेड इदी-मर्दी एण्ड आर वि हाइड्रोपावरले चैत १० गतेदेखि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ। आयोजना प्रभावित स्थानीयवासीका लागि कम्पनीले ४ लाख २० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो।

 इच्छुक लगानीकर्ताले आईपीओमा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ।  छिटोमा चैत्र २४ र ढिलोमा २०७७ वैशाख ९ गतेसम्म आईपीओमा आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

कम्पनीले ४ लाख २० हजार कित्ता स्थानीयलाई र ६ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गर्नेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया