युनियन मेवा हाइड्रो लिमिटेडले साधारण शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल
काठमाण्डौ २१ मंसिर २०८१–
लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडले युनियन मेवा हाइड्रो लिमिटेडको सर्वसाधारणमा बिक्री गरिने रु.१००÷— अंकित दरका रु.३५,३८,६०,५००÷—रकम बराबरको ३५,३८,६०५ कित्ता साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र युनियन मेवा हाइड्रो लिमिटेडकोे तर्फबाट अध्यक्ष किरण मल्लले हस्ताक्षर गरेका छन् ।
युनियन मेवा हाइड्रोले ताप्लेजुङ जिल्लाको मिक्वा खोला गाउँपािलकामा रहेका २३ मेगावाट क्षमताको मेवा खोला जलबिद्युत आयोजना निर्माणाधिन करिब ३५ प्रतिशत कार्य सम्पन्न भईसकेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया