यूनाइटेड इन्स्योरेन्स कम्पनीको २६औं वार्षिक साधारणसभा सम्पन्न
काठमाण्डौ ८ माघ २०७७
यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. को २६ औं वार्षिक साधारण सभा साल माघ ७ गते होटल हिमालय कुपण्डोल, ललितपुरमा सम्पन्न भएको छ ।
सभामा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५।०७६ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७६ साल आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसंग सम्बन्धित अनुसूचिहरु पारित भयो । आर्थिक वर्ष २०७६–०७७ का लागी बाह्य लेखा परिक्षक मदन निरौला एण्ड कं चार्टर्ड एकाउण्टेण्ट््लाई नियुक्त गरिएको छ ।
कम्पनीको विशेष प्रस्ताव अन्तर्गत बीमा समितिको स्वीकृति बमोजिम संस्थापक समूह र सर्व–साधारण समूहको शेयर स्वामित्व संरचना परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने निर्णय सर्वसहमतिले पारित भयो।
कम्पनीको आ.व.२०७७–०७८ को वित्तीय विवरणमा कुल बीमाशुल्क आम्दानी रु.४८,८०,३३,४४५.६२ रहेको छ । खुद बीमा शुल्क आम्दानी रु.२३,०७,५२,४२६.२० रहेकोमा खुद नाफा रु २,२२,१२,१०२.५३ रहेकोछ । यस कम्पनीको लगानी गत आ. व. को तुलनामा ३.९३ प्रतिशतले बृद्धि भई आषाढ मसान्तमा रु.६९,८४,४२,१३१.७४पुगेको छ । आ.व. २०७५–०७६ मा कम्पनीको कुल कारोवार गत आ. व. २०७४–०७५ को तुलनामा २.२५ प्रतिशतले वृद्धि भई रु.४८,८०,३३,४४५.६२ बीमाशुल्क आर्जन गरेको कम्पनीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया