राजदूत भागबन्डा मिल्यो

काठमाडौँ २४ पौष
सत्तासाझेदार माओवादी केन्द्र र कांग्रेसबीच १३ मुलुकमा राजदूत नियुक्ति सिफारिसबारे भागबन्डा मिलेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पटक पटक भएको छलफल र वार्तापछि राजदूत नियुक्ति सिफारिस कोटाको टुंगो लागेको हो। यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ। प्रधानमन्त्री स्रोतका अनुसार ६ देशमा कांग्रेसले, ४ देशमा माओवादी केन्द्रले, २ देशमा राष्ट्रिय प्रजानन्त्र पार्टीले र एक देशमा साना दलको तर्फबाट राजदूत सिफारिस गर्ने सहमति भएको छ। प्रधानमन्त्री दाहालले १३ मुलुकमा राजदूत सिफरिस गर्दा दुवै पार्टीले ५०-५० प्रतिशत भागबन्डा गर्नुपर्ने अडान राख्दै आएका थिए । कांग्रेस शभापति देउवाले भने संसद्को ठूलो दलको नाताले राजदूत सिफरिस गर्दा कांग्रेसलाई ६० प्रतिशत कोटा दिइनुपर्ने अडान लिएका थिए । त्यसैका कारण राजदूत नियुक्ति सरिफारिसमा सहमति जुट्न सकेको थिएन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया