राजस्व बढाउनेतर्फ ध्यान दिन अर्थमन्त्री महराको जोड
काठमाडौं २२ श्रावण
अर्थमन्त्री कृष्णबहादुर महराले अहिले भएको कर प्रणालीलाई परिवर्तन गर्दै लैजानुपर्ने बताएका छन् । आन्तरिक राजस्व विभागले आज गरेको एक कार्यक्रममा मन्त्री महराले सो बताएका हुन्। राजस्वलाई वृद्धि गर्न परिवर्तित कर प्रणालीको अवधारणा ल्याउनुपर्नेमा महराले जोड दिए। ‘कर संकलनको विषय जनतासँग जोडिनुपर्छ र यो पनि विषय बन्न जरुरी छ,’ महरा ले भने, ‘नयाँ संविधान जारी भएसँगै मुलुकलाई आर्थिक दायित्व बढेकाले राजस्व संकलन वृद्धिका लागि सबैले आफ्नो ठाउँबाट पहल गर्नैपर्छ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया