रामदेवको योग शिविरमा पुगेर प्रधानमन्त्रीले यसरी गरे प्रसंसा

काठमाडौं १२ मंसिर।

रामदेवको योग शिबिर पुगेर प्रधानमन्त्री ‘प्रचण्ड’ले योग र उद्योगलाई जोड्न सकेको भन्दै योग गुरु रामदेवको प्रशंसा गरेका छन् । रामदेव भेट्न आइतबार वीरगञ्ज पुगेका प्रधानमन्त्री प्रचण्डले मानव जीवनमा योगको धेरै ठूलो महत्व रहेको समेत  बताए । पतञ्जली योग समिति नेपालको आयोजनामा वीरगञ्जमा रामदेवले सञ्चालन गरेको योग विज्ञान शिविरलाई आइतबार दिउँसो प्रचण्डले प्रमुख अतिथिका रुपमा सम्बोधन गरेका थिए ।

उनले योग र उद्योगलाई जोड्न सक्दा मानव जीवन पद्दति र सम्वृद्धिमा धेरै ठूलो टेवा पुग्ने धारणा राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले मधेस, पहाड, हिमाल जोडेर संविधान कार्यान्वयनका लागि सरकार प्रयत्नशील रहेको पनि बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया