राम्रो र हाम्रो नेविसंघ बनाउनको निमित्त अध्यक्षमा मेरो उमेदवारी

जीत जङ बस्नेत, अध्यक्षको शसक्त दाबेदार
निर्वतमान महामन्त्री, नेविसंघ

१) नेविसंघको महाधिवेशन नजिकिएको छ । तपाइ अध्यक्षको लागि दाबेरदार हुनुहुन्छ । कसरी तयारी गर्दै हुनुहुन्छ ?

नेविसंघको महाधिबेशन भनेको २५ बर्षमा जम्मा ४ पटक भएको छ । बुटवल महाधिबेशन, विराटनगर महाधिबेशन ०५३ सालमा, चितवन महाधिबेशन २०५७ सालमा र ०६३ सालमा आएर नेपालगञ्ज महाधिबेशन गरी २५ बर्षमा भएको जम्मा महाधिबेशन ४ ओटा महाधिबेशन हो । नेविसंघको महाधिबेशन आउँदो साउन २३, २४ र २५ गते काठमाण्डौमा हुदैछ । यो महाधिबेशन ८ औ चोटी तोकिएको महाधिबेशन हो । रञ्जीत कर्णजी अध्यक्ष भइसकेपछी ७ चोटी स्थगित भइसक्यो । ४ वटा थाहा भएन । ३ चोटी चाँही २–३ दिन अघि, एक साता अघि गरेर ७ औ चोटी स्थगीत भइसकेको छ । यो आठौ पटक हो । अब चुनौती के छ भने महाधिबेशन गर्नैपर्ने छ । पार्टी सभापतीले, नेपाली काङग्रेसको केन्द्रिय कमिटिको बैठकले ५ महिना भित्र अबिधेशन गर्नुस् भनिसकेको छ । तरुण दल, महिला संघ लगायत अन्य भातृ संगठनहरु बनिसकेको स्थीति छ । त्यो भएको हुनाले रञ्जीतजीले नेविसंघको पनि महाधिबेशनको मिति तोक्नु भएको छ । हामी हिजो विवादको क्रममा जहाँ थियौ । आज पनि त्यँही छौ । एक स्टेप अघि बढेको छैन । हामीलाई के लाग्छ भने यो अबिधेशन हुनैपर्छ । अबिधेशन भनेर उदघाटन हुने मात्र होइन की उदघाटन भइसकेपछी बन्दसत्र हुनैप¥यो । आघामी दिनमा के गर्ने भनेर एजेण्डाहरु आउँछन् । त्यसपछी भोटिङ पनि हुनुप¥यो । तर हामी चाँही त्यो दिशामा अग्रसर हुनैपर्छ भनेर पार्टी सभापतीले भन्नु भएको र हामीले भनेको एकै ठाँउमा छ । तर रञ्जीत कर्णजीले अबिधेशन गराउनु हुन्छ । अथवा केन्द्रिय केही साथीहरुले अबिधेशन गराउँछन् भन्नेमा म आशाबादी छैन । तर हामीले डो¥याएर लैजानु पर्छ । किनभने ६४ जिल्लाको विभाग त छँदैछ । ११ जिल्ला जहाँ अबिधेशन भएको छैन । सबैले ११ जिल्ला विभाजित जिल्ला भनेका छन । विवादित जिल्लामा हामीले केन्द्रिय प्रतिनिधि पठाएर अबिधेशन हुने दिशामा अग्रसर गराउनुपर्छ । तर धेरै चुनौतीका बाबजुत पनि अबिधेशन गर्नैपर्छ ।

२) तपाइको टीम कस्तो हुनेछ ?
टीमको कुरा गर्दा अहिले टीम चाँही भएको छैन । म अहिले भर्खर जिल्लाबाट फर्किए । फेरी दुइ चार दिनमा जिल्ला जान्छु । जिल्लामा साथीहरुलाई भेट्ने कार्यक्रम छ । म लगभग ५०–६० जिल्लामा पुग्छु । धेरैचोटी पुगेको छु । र, अहिले अबिधेशनको मुखमा जाँदा फाइदा पनि हुन्छ । र, हामी सबै जना साथी बसेर समावेशी ढंगको विधान बनाउने छौ । दुभाग्य कस्तो र कसरी निर्वाचन प्रक्रियामा जान्छ भन्ने अझै थाहा छैन । अध्यक्ष र महामन्त्रीको त प्रत्यक्ष निर्वाचन हुन्छ । त्यसमा केही फरक पर्दैन । तर उपाध्यक्ष कसरी हुने हो ? कती हुने हो ? कस्तो किसिमको हुने हो ? प्रदेशबाट कसरी निर्वाचित भएर आउने हो ? यो बारे केही खाका बनिसकेको छैन । केन्द्रिय समितिले ४–५ वटा खाका बनाएको छ । हामी त भातृ संगठन हो । तर त्यो पेश गर्न नसकिएको स्थीति छ । भोलीको दिनमा पार्टीले नै विधान बनाएर दिनसक्छ । कस्तो खालको विधान आउँछ हामी त्यो तयारीमा छौ । जस्तो महिला, जनजाती सबैलाई समेटेर समावेशी, मधेशका मुद्धाहरुलाई पनि लिएर जानु पर्ने भएकोले सबैलाई समेटिएको खालको हामी बनाउँछौ ।
jit jung

३) तपाइ उठिसकेपछी तपाइका ऐजेण्डा के छन ? विधार्थी आन्दोलनलाई कसरी बढाउनुहुन्छ ?
तपाइलाई प्रस्ट भन्दा अरुले धेरै कुरा गर्छु भनेर नगरेका विगत छन । धेरै कुरा ल्याएर के गर्ने ? जस्तो मेरो धेरै कुरा छैनन । संगठनमा इमानदारीपुर्वबक काम गर्ने, इमादारीपुर्वक संगठन गर्ने, किनभने मैले काम गरेको धेरै बर्ष भयो । म इमानदारी साथ संगठनमा काम गर्छु । विभिन्न पदमा बसेर काम गरेँ । त्रिविको नेविसंघ विधार्थी भएर पनि काम गरँ । मैले त्यहाँ आफनो सक्षमता देखाएँ के गर्न सक्छु के गर्न सक्दिन भनेर ।

मैले धेरै कुरा गर्छु भन्दिन । इमानदारीताका साथ काम गर्छु । इमानदारीताका साथ संगठनलाई अघाडी बढाउँछु । संगठनमा आफनोपनको भावना छैन अहिले । रोल्पाको साथीको टाउको फुट्दा काठमाण्डौमा बसेको साथीको टाउको फुटेको आभास हुनुपर्छ । म संगठनमा आफनोपन ल्याउँछु । संगठनमा भाँडभैलो छ अहिले । गुण्डागर्दी छ । म अनुशासित संगठन बनाउछु । गुण्डागर्दै रोक्छु । अर्को कुरा म अध्यक्ष भएँ भने मेरो संगठनमा कसैले कसैलाई पनि चन्दा लिने अवस्था ल्याउँदीन । र, चन्दा लिन पनि पाइदैन । चन्दा नलिएपछि के हुन्छ भने क्वालेटी शिक्षाको विषयमा हामीले कलेजलाई दबाब दिन सक्छौ । भिषिलाई, शिक्षामन्त्रीलाई दबाब दिन सक्छौ । अब स्ववीयु निर्वाचन भएको छैन । कस्तो विडम्बना । ५–६ बर्ष देखि भएको छैन । विधार्थीको भिवष्य अन्यौल छ । म स्ववियु निर्वाचन गराउँछु । म एक्लैले सक्छु ।

किनभने विधार्थी संगठन पछि ल्याएर म एक्लैले गर्न सक्छु । त्यति तयारीका साथ म अघाडी बढछु । र, म स्ववियु निर्वाचन गराउन सक्छु । त्यो भएर मैले भने नी यी भित्र सबै कुरा पर्छन । संगठनलाई कसरी चलाउने भन्ने हामी भातृ संगठन भएपनि पार्टीको गाईडलाइन अनुसार पार्टीलाई पनि हामी दौडाउन सक्छौ । कतिपय अवस्थामा हाम्रो विधार्थी संगठनले आफनै मातृ पार्टीलाई पनि हामी अघि दौडाउन सक्छौ । हिजो कतिपय भातृ संगठनले मातृ संगठनलाई दौडाएकै हुन ।

सब भन्दा ठुलो कुरा इमानदारीता हुनुपर्छ । अर्को कुरा मैले तपाइलाई भनिहालेँ सिआइबीले नक्कली सर्टिफिकेटको विषयमा कहिले डाक्टर समात्ने, कहिले इन्जिनियर सामात्ने, कहिले पाइलट समात्ने । विधार्थी संगठन पनि भोलीका कर्णदार हुन् । देश त हामीले बनाउने हो नी । नक्कली सर्टिफिकेटधारीहरुले देश बनाउन थाले भने के हुन्छ ? डाक्टरले एउटाको ज्यान लिएको छ । इन्जिनियरले १० जनाको ज्यान लिएको छ । हामीले त लाखौलाख जनताको भविष्य कोर्नु छ । यो विधार्थी संगठनहरुमा पनि सिविआइले छानविन गर्नुपर्छ । किनभने विधार्थी संगठनहरुमा गएर बुझनु पर्छ तपाइ बुझनुस् । किनभने विधार्थी संगठन भित्र नक्कली सर्फिकेटधारी र त्यसको कारोबारीहरु छन । सरुवा बढुवा, विदेश, संगठनको नेतृत्वका लागि सिहंदरबार किन जाने ? मन्त्रालय मन्त्रालय किन धाउने ? हो कुनै मेरो काम छ भने विधार्थीलाई फोन गर्न सकिन्छ । पार्टी सभापतीलाई भन्न सक्छु । कुनै महासमिति सदस्यलाई भन्न सक्छु । विधार्थी नेता हुने, मन्त्रालय मन्त्रालय जाने , पैसा लिने, पेट्रोल हाल्न पैसा लिने, आर्थिक साहयता लिने यसले गर्दा विधार्थी संगठन कमजोर भएन र ? आज चाँही आयल निगममा पेट्रोलको मुल्य बढाएको विरोधमा आन्दोलन हुन्छ । आन्दोलन दुइ दिनमा टुङिन्छ । आन्दोलन गरेर कहिल्यै पैसा घटाएको रेकर्ड छ ? त्यो बोलीहरु सबै कोठा भित्र सिमित भएका छन । बाहिर आउन सकेन । कसैलाई विश्वासै छैन । विधार्थी संगठनहरुले साँचिच्कै हाम्रो लागि आबाज उठाएको भनेर विश्वास जनतामा छैन । किनभने यहाँ गेम भयो । चलखेलहरु भए । त्यो भएर यो राकियो । विधार्थी संगठन अघाडी बढ्न सक्यो भने यी सम्पुर्ण कुराहरु रोक्न सकिन्छ । र, म धेरै कुरा गर्दिन । यही ऐजेण्डा लिएर म साँचिच्कै राम्रो नेविसंघ, हाम्रो नेविसंघ, सबै नेपालीहरुको नेविसंघ बनाउछु । नेविसंघको आवाज एउटा बन्द कोठा भित्र पनि नसुनिएको ती आवाहरु जनताहरुमा पु¥याएर ए साँच्चीकै नेविसंघ है । नेविसंघले इमानदारिताका साथ काम गरेको रहेछ । नेविसंघले हाम्रोे भविष्यको लागि काम गर्दो रहेछ । सामाजिक सुरक्षाको बारेमा कुरा गर्दो रहेछ । राजनीतिक सुरक्षाको बारेमा, यो इमानदार है संगठन भनेर म यो संगठन बनाएर देखाउन चाहन्छु । यति चाँही म गरेरै छाड्छु ।

४ ) यस निर्वाचनमा प्रतिस्पर्धीहरु माझ तपाइले जित्ने ठयाक्कै आधार के छन त ?
म विधार्थीहरुमाझ गएको धेरै भयो । ९–१० बर्ष भइसक्यो म अध्यक्षको लागि उमेदवार भएको । मलाई लाज पनि लाग्छ, महामन्त्री भएर संगठन विस्तार गर्ने ४ जना महामन्त्रीमा एक जना महामन्त्री म पनि हो । तैपनि प्रदिप पौडेलजी अध्यक्ष हुनुहुन्थ्यो । पार्टी एकीकरण भएपछि कल्याणजी पार्टी निर्वतमान अध्यक्ष हुनुभयो । मैले संगठन विस्तार गर्ने र अध्यक्षलाई सघाउने काम गरेको हुँ । शैक्षिक मुद्धाहरुमा कतिपय अवस्था डिफर राखेर पनि आएँ । आफनो साथीहरुलाई कसरी बचाउनु पर्छ भन्ने, आफनो साथीहरुलाई कुन हैसियतमा राख्नुपर्छ भन्ने, साथीहरुलाई कसरी अघि बढाउनु पर्छ भन्ने मैले महामन्त्री हुँदा गरेको का हुन् । अहिले त्यो महामन्त्रीको पनि महामन्त्री पद अध्यक्ष भएको हुनाले म चाँही अध्यक्ष पदमा उमेदबार भएको छु । धेरै आधारहरु छन । विधाथीहरुलाई म सुरक्षा दिन सक्छु ।
५ ) मतदाता विधार्थीहरुलाइ के भन्न चाहनुहुन्छ ?
देशब्यापी एउटै मात्र सन्देश दिन चाहन्छु । विधार्थीहरु पहिले आफु अनुशासित हुनुप¥यो । हिजो माओवादी कालमा हामीले माओवादीले गरेका कृयाकलापका विरोध गर्यौ । घर जग्गा कब्जा गरेको, टाउको फुटाएका, हात खुटटा भाँचेका, मान्छे मारेको विरोध गरेर आयौ । भने नेविसंघ अब त्यो रुपमा जानु हुदैन । नेविसंघले अब राजनीतिक ऐजेण्डा भन्दा शैक्षिक ऐजेण्डा लिएर अघि बढनुपर्छ । कसरी विधार्थीको भविष्य अब नेपालमा हुन्छ, शिक्षामा विभाजित विधार्थीहरुको भविष्य सुरक्षित गर्ने किनभने अब यो ग्लोबल मार्केट हो । परम्परागत रुपमा नेविसंघ अघाडी बढ्न सक्दैन । पहिला आफु अनुशासित भएपछि हामीले अरुलाई अनुशासन सिकाउन सक्छौ । संगठन भित्र भएका गुण्डागर्दी बन्द गर्नु प¥यो । जो नेतृत्वमा जान सक्छ । जो नेतृत्वमा आउन सक्छ । जो पढेलेखेका छन् ती विधार्थीहरुले नेतृत्व लिनुप¥यो ।
६) जस्तो नेविसंघ चुनाव–सुनाव आएपछि मात्र सक्रिए हुन्छ भन्छन नी बाहिर त ?
विडम्बना त्यो होइन । नेविसंघ एक्टिभ संगठन हो । तर के भयो भने केन्द्रिय समिति इनएक्टिभ भइदियो । क्याम्पस क्याम्पसमा साथीहरुले काम गरिरहेका छन । जेन–तेन उहाँहरुले धानी रहनु भएको छ । आठ चोटी त अबिधेशन हुन सकेन । नेतृत्व जहाँको त्यही रह्यो । २५ बर्षमा १३ चोटी महाधिबेशन गर्नुपर्ने हामीले ४–५ चोटी मात्र महाधिबेशन गर्न सक्यौ । नेतृत्व अघाडी बढनै सकेन । नेविसंघ भनेको त खोला जस्तो सरर बग्नु पर्छ । बग्न हामी सकेनौ । हामी जाम भएर बस्यौ । यो मात्रै उपाय हो की महाधिबेशन पछी हाम्रो जेनेरेशनका नेताहरु हामी चाँही नेतृत्वमा आउँछौ । अध्यक्ष र महामन्त्री मात्रै यो नेतृत्वमा आउने हो । अरु सबै नयाँ पुस्ताहरु आउने हो । त्यो भएको हुनाले नेविसंघको आबाज बन्द कोठामा सिमित हुन भएन । नेविसघको आवाज बन्द कोठामा भएको अब परिवर्तन गर्नु पर्छ । ती आवाजहरु बाहिर ल्याउनुपर्छ ।
७ ) अत्यमा विजनेसपाटी डटकम मार्फत के भन्न चाहनुहुन्छ ?
अबको दिनमा कुन नेताहरुले आजको दिनसम्म के गरेको छ । उसको सकारात्मक र नकारात्मक पक्षहरु के के छन ? उसले साँच्चकै विधार्थी संगठन धान्न सक्छ की सक्दैन भन्ने कुरा ख्याल गरौं । मेरो हकमा म आजसम्म कुनै विवादमा आएको छैन । आफनो इमान बचाएर राखेको छु । विधार्थी आन्दोलनको निम्ती सकेको योगदान गरेको छु । त्यसकारण म विधार्थी साथीहरुलाई उमेदबारको समग्र बायोडाटा केलाएर मात्रै कसलाई नेतृत्वमा पठाउने हो निर्णय गर्न आग्रह गर्छु । धन्यबाद ।

 प्रस्तुति रिसब गौतम 

फेसबुकबाट तपाईको प्रतिक्रिया