रावणको मूल्य २ लाख १५ हजार, उचाइ ६० फिट

महोत्तरी २६ अशोज
महोत्तरीको सदरमुकाम जलेश्वरमा मङ्गलबार राति बडादशैंको अवसरमा रावणको पुतला दहन गरिएको छ। शङ्करचोक शिव तथा दुर्गा पूजा समारोह समितिको आयोजनामा २ लाख १५ हजारको लागतमा ६० फिट उचाइ भएको रावणको पुत्ला निर्माण गरी दहन गरिएको हो। सांसदहरु रामदयाल मण्डल र चन्देश्वर झाले सो धार्मिक कार्यक्रमको शुभारम्भ गरेपछि पूजा समितिका उपाध्यक्ष रोशन सिंह र जलेश्वर नगरपालिकाका कार्यकारी अधिकृत माघवेन्द्र चौधरीले रोकेटमा आगो लगाई रावण दहन गरेका हुन्। कार्यक्रममा हजारौको जनसहभागिता रहेको थियो। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया